
चार पटकसम्म स्थगित भएको प्रतिनिधिसभा बैठक फेरि १० दिन पर सरिनुको मुख्य कारण कोरोना सङ्क्रमणलाई देखाइएको छ । वास्तविक कारण भने अरू नै रहेको स्रोतको दाबी छ । पाँच दलीय गठबन्धनको शनिबार बसेको बैठकपछि प्रतिनिधिसभा बैठक १० दिन पर सारिएको हो । सभामुखको आदेशले राति नै बैठक स्थगितको सूचना जारी गरिएको हो । कुनै पनि […]
कोरोना भाइरस संक्रमणका लक्षण देखिन्छ। रुघामार्गी लाग्छ । खोकीले सताउँछ । तर, धेरैव्यक्ति परीक्षण नगराई घरमै बस्ने प्रवृत्ति देखिएको छ। स्वास्थ्य केन्द्रमा गई परीक्षण नगर्दा संक्रमितको तथ्यांक यकिन छैन। जसकारण संक्रमणको चक्र तोड्न चुनौती थपिएको विज्ञ बताउँछन्। मापदण्डमा परेका सरकारी अस्पताल तथा प्रयोगशालामा निःशुल्क पीसीआर परीक्षण हुन्छ। तर, समुदायमा कोरोना फैलिइरहेको अनुपातमा परीक्षण भएको छैन। […]
उत्पादन हुने सिजनमै व्यापारीले उपभोक्ताबाट चिनीमा मनलाग्दी मूल्य लिने गरेका छन् । व्यापारीहरूले अहिले चिनी किलोको १ सय रुपैयाँसम्म लिने गरेका छन् । यो मूल्य विगतका तुलनामा धेरै हो । चिनीको अत्यधिक माग हुने तिहारमा समेत चिनीको मूल्य प्रतिकिलो ९० देखि ९५ रुपैयाँसम्म थियो । उन्पादन हुने सिजन र अत्यधिक माग नहुने समयमा समेत चिनीको […]
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले परीक्षा लिएको वर्ष दिनसम्म पनि नतिजा प्रकाशन नगर्दा विद्यार्थी मर्कामा परेका छन् । सामान्यतया परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्नुपर्ने त्रिविको नियम छ । तर, अधिकांश विषय तथा तहका परीक्षाको नतिजा सार्वजनिक गर्न त्रिविले छ महिनादेखि एक वर्षसम्म लगाउने गरेको छ । परीक्षा नियन्त्रण कार्यालयको कमजोरीको परिणाम विद्यार्थीले भोगिरहेका छन् । […]