
काठमाडौँ– कीर्तिमानी ६ पटकको विजेता मनाङ मर्स्याङ्दी क्लबलाई घरेलु मैदानमा पराजित गर्दै विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले २०औं आहा रारा गोल्डकपको उपाधि जित्यो । जुन उपाधि एपीएफले पोखरा रंगशालामा पहिलो पटक जितेको हो । एपीएफले शनिबार आहा राराको उपाधि पहिलो पटक चुम्दा मनाङ भने घरेलु मैदानमा पहिलो हार ब्यहोर्न बाध्य भयो । […]
काठमाडौँ– राफेल नाडालले अस्ट्रेलियन ओपनको फाइनलमा आइतबार ड्यानियल मेड्भेडेभलाई २-६ ६-७ (५-७) ६-४ ६-४ ७-५ को नतिजामा पराजित गर्दै कीर्तिमानी २१औं ग्रान्डस्लाम जितेका छन् । मेलबर्न पार्कमा आइतबार भएको फाइनलको सुरुआती दुई सेट गुमाएका नाडालले त्यसपछिका लगातार तीन सेट जित्दै पुरुष एकलतर्फ सर्वाधिक ग्रान्डस्लाम जित्ने खेलाडी बने । सन् २००३ बाट ग्रान्डस्लाममा डेब्यु गरेका नाडालले […]
काठमाडौँ- त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले पहिलो पटक टाइगर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरामा शनिबार सम्पन्न महिलातर्फको फाइनलमा आर्मीविरुद्ध एपीएफले २५–२३, २५–१५, २५–२० को सेटमा जित निकाल्यो । प्रतियोगिताको पहिलो संस्करणमा नेपाल पुलिसले जितेको थियो । यस पटक भने पुलिस चौथो स्थानमा […]
काठमाडौं – वेष्टइन्डिजले इङ्ल्याण्डलाई रोमान्चक खेलमा पराजित गर्दै पाँच खेलको टी–२० सिरिज ३–२ ले जितेको छ। आइतबार राति ब्रिजटाउनमा १८० रनको लक्ष्य पछ्याएको इङ्ल्याण्डले अन्तिम ओभर लगातार चार बलमा चार विकेट गुमाएपछि वेष्टइन्डिजले सिरिज जितेको हो । इङ्ल्याण्डलाई रोक्न वेष्टइन्डिजका जासन होल्डरले ह्याट्रिसहित पाँच विकेट लिए । होल्डरले अन्तिम ओभरमा १९.२, १९.३, १९.४ र १९.५ […]
नेपाल क्रिकेट संघ (क्यान) ले रघुराम श्रीनिवासलाई नेपाली क्रिकेट टिमको फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षकमा नियुक्त गरेको छ । क्यानले सोमबार श्रीनिवासलाई आईसीसी टी २० विश्वकप छनोटका लागि फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षकको रुपमा जोडिएको जनाएको हो । श्रीनिवासले अष्ट्रेलिया क्रिकेटको हाइ पर्फमेन्स लेभल ३ प्रशिक्षक हुन् । श्रीनिवासले मुख्य प्रशिक्षक पुबुदु दशानायकेसँग अमेरिकाको क्रिकेट टिममा सँगै काम गरेका […]
स्पेनका स्टार टेनिस खिलाडी राफेल नाडालले आइतबार (३० जनवरी) मा एउटा नयाँ इतिहास रचेका छन् । उनले वर्षको पहिलो ग्रान्ड स्ल्याम अष्ट्रेलियन ओपन आफ्नो पोल्टोमा पारेका छन् । यससँगै उनी सबैभन्दा बढी २१ ग्रान्ड स्ल्याम उपाधि जित्ने संसारको पहिलो खिलाडी बनेका छन् । नाडाल टेनिस कोर्टमा जति खतरनाक खिलाडी हुन्, कोर्ट बाहिर त्यति नै विलासी […]
एजेन्सी । अफ्रिकन कप अफ नेसन्समा सेनेगल सेमिफाइनलमा पुगेको छ । आइतबार राति भएको क्वाटरफाइनलमा इक्वेटोरियल गिनीलाई ३-१ ले हराउँदै सेनेगल सेमिफाइनलमा पुगेको हो । सेनेगलका तर्फबाट फामारा डिएधिउले, चेइकोउ कोउयटे र इस्माइला सार गोल गरे । इक्वेटोरियल गिनीका लागि जानिक बुएला सामले ५७औं मिनेटमा एक गोल गरेका थिए । दुई पटक फाइनल पुगेको सेनेगलले […]