Jagaran Nepal सोमबार, भाद्र ०७, २०७८

लोकदोहोरी गायिका विष्णु माझीको नयाँ तीज गीतको शब्दलहर यो हो । हालसालै उनको स्वरमा ‘चरी जे’लैमा’बोलको तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । यस गीतले यतिबेला चर्चा पाईरहेको छ ।

‘पुतलीको भट्टी’ भाग १७ का रुपमा यस गीत ल्याईएको हो । यसअघि ‘पुतलीको भ’ट्टी’ भाग १६ सम्म सार्वजनिक भईसकेको छ ।सुन्दरमणी अधिकारीको शब्द÷संगीत रहेको ‘चरी जे’लैमा’मा विनोद बाजुरालीको एरेन्ज, महिमा आचार्यको कोरस गायन रहेको छ ।

सपना म्युजिक इन्डष्ट्रिजको युट्युबमार्फत सार्वजनिक गीतको भिडियोमा ललिता पौड्यालको अभिनय छ । शिव बि.क.को कोरियोग्राफीमा सुन्दरमणीले नै भिडियोको निर्माण एवं निर्देशन गरेका हुन् ।तीज जति–जति नजिक आउँदैछ, नयाँ–नयाँ तीज गीत र भिडियोहरु सार्वजनिक भईरहेका छन् ।

अ’धिकांश गीतहरुले तीजको मौ’लिकता गु’माएको गुनासो आ’ईरहेको समयमा यस गीतलाई स्रोता एवं दर्शकले मौ’लिकता बो’केको गीत भनेका छन् ।तीज सं’स्कृतिको अ’न्तर्यलाई झ’ल्काउँदै वि’वाहित चेलिको वे’दनालाई यस गीतमा प्रस्तुत गरिएको छ ।

खासगरी श्रीमान ख’राव पर्दा चेलिले पाउने पी’डाहरुलाई गीतमा व्यक्त गरिएको छ ।गीतले यतिबेला युट्युब र टीकटकमा निकै चर्चा ब’टुल्दै गएको छ । पाँच दिनअघि सार्वजनिक गीतलाई युट्युबमा १८ लाख बढी पटक हे’रिसकिएको छ भने युट्युबमा ५
हजार ६ सय बढी प्रतिक्रिया आईसकेका छन् ।

अधिकांशले गीतको प्रशंशा गरेका छन् । गीतका शब्द, विष्णुको सुमधुर स्वरको स्रोता एवं दर्शकहरुले ता’रिफ गरेका छन् । ‘तीज गीत भनेको यस्तो हुनुपर्छ’ भन्ने खालका थुप्रै प्र’तिक्रिया युट्युबमा पाईन्छ ।