Jagaran Nepal सोमबार, भाद्र ०७, २०७८

भनिन्छ, शिवस्व खानु हुँदैन। यसको अर्थ पशुपतिनाथ मन्दिरको नाममा रहेको चलअचल सम्पत्तिमा अनियमितता गर्नुअपराध हो। तर हिन्दुहरूका आराध्यदेव पशुपतिनाथ मन्दिर र त्यस क्षेत्रको व्यवस्थापन एवं सञ्चालन जिम्मेवारी पाएको पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले विद्युतीय श’वदा’ह मेसिन खरिद, मूर्ति मर्मतलगायतमा कमिसन खाएको पाइएको छ।

धार्मिक अभियन्ताहरू पशुपतिनाथ मन्दिरलाई प्राप्त हुने धनको दुरुपयोग गर्नु जघन्य पाप मान्छन्। कोषका पदाधिकारीहरूले विद्युतीय श’वदा’ह मेसिन खरिदका क्रममा परेका तीनवटा बोलपत्र बिनाकारण रद्द गरेर दोस्रो पटक आह्वान गरेका छन्। दोस्रो पटक एउटामात्र कम्पनीबाट बोलपत्र प्राप्त भएको देखाएर उसैसँग खरिद सम्झौता गरिएको छ।

यसो गर्नुको पछाडि अनियमितताको मेलो रहेको देखिन्छ। स्थानीय बजार मूल्य, अन्तर्राष्ट्रिय बजार मूल्य र उत्पादक कम्पनीबाट खरिद गर्दा प्राप्त हुने मूल्यको खोजी नगरी एकैपटक खरिद सम्झौता गरिएको छ। यसमा अनियमितता भएको जनाउँदै महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदनमा दो’षीमाथि कारबाही सिफारिस गरिएको छ।

बोलपत्र भइसकेको र मूल्यांंकन प्रक्रियामा रहेको अवस्थामा बोलपत्र र’द्द गर्न नमिल्नेमा रद्द गरिएको प्रतिवेदनमा उल्लेख छ। कोषले आर्थिक वर्ष २०६४/६५ मा १ करोड १६ लाख ७७ हजारमा पहिलोपटक विद्युतीय श’वदा’ह मेसिन खरिद गरेको थियो ।त्यसको ११ वर्षपछि कोषले अर्को मेसिन खरिद प्रक्रिया सुरु गर्‍यो।

दोस्रो मेसिन खरिद गर्न २०७५ माघ २९ गते बोलपत्र आह्वान भयो। तीनवटा बोलपत्र परे। ती बोलपत्रको मूल्यांकन भइरहेको थियो। यत्तिकैमा २०७६ जेठ २१ मा ती बोलपत्र मूल्यांकन गर्न नमिलेको कारण जनाउँदै रद्द गरियो। सोही सालको भदौ १७ मा कोषले फेरि बोलपत्र आह्वान गर्‍यो।

दोस्रो पटक एउटामात्र फर्मबाट बोलपत्र प्राप्त भएको जनाउँदै कोषले सोही फर्मसँग २ करोड ८३ लाख ६३ हजार रुपैयाँमा मेसिन खरिद सम्झौता गर्‍यो। कोषका पदाधिकारीले सुरुमै सो फर्मलाई २५ लाख १० हजार रुपैयाँ पेस्की दिए। बाँकी विद्युतीय श’वदा’ह मेसिन खरिदमा भएको अनियमितताबारे कोषका कोषाध्यक्ष डा. मिलन थापासँग सम्पर्क गर्दा उनले यो खरिद प्रक्रियामा आफ्नो संलग्नता नभएको बताए।

कोषको कार्यकारी अधिकार सदस्यसचिवलाई हुने उनले बताए। पशुपति क्षेत्र विकास कोषका पदाधिकारीको अनियमितता यतिमा मात्र सीमित छैन। मूर्ति मर्मतमा पनि कमिसनको खेल भएको महालेखा परीक्षकको प्रतिवेदनमा औंल्याइएको छ। गुह्येश्वरी मन्दिरभित्र रहेको अष्टदल र भैरवको मूर्ति मर्मतमा अयिमितता भएको प्रतिवेदनमा उल्लेख छ।

२०५७ मा अष्टदल र भैरवको मूर्तिका ७१७ तोला सुन र १३३ केजी चाँदीको पाता प्रयोग गरियो। त्यसको १० वर्षपछि २०६७ भदौ १३ गते उक्त मूर्तिको मोलम्बामा प्वाल परेको देखियो। त्यसको ८ वर्षसम्म मूर्ति मर्मतसम्भार गरिएन। ८ वर्षपछि मूर्तिमा प्रयोग भएको सुनचाँदीको परीक्षण गर्दा १ सय ७४ दशमलब ५ तोला सुन घ’टेको देखाइयो।

यसको बजार मूल्य १ करोड ५७ लाख ८९ हजार रूपैयाँ पर्छ। मूर्तिमा चढाइने रङ, फूल र अक्षताबाट खिया लागेर सुन घ’टेको कारण देखाइयो। यो कारणप्रति महालेखा परीक्षकको प्रतिवेदनले प्रश्न उठाएको छ। ‘सुन घ’ट्नुमा खिया कारण देखाए पनि यो असामान्य छ’, प्रतिवेदनमा लेखिएको छ।

साबिकको सुनचाँदी सम्बन्धमा प्रयोगशालामा परीक्षण नगरिएको तथा तालुक मन्त्रालय, गुठी तथा कोषले यस सम्बन्धमा छानबिन नगरेको पनि प्रतिवेदनमा लेखिएको छ। यस्तै, कोषका पदाधिकारीहरूले प्रयोग गरेका सवारीसाधन, पुजासामग्री व्यवस्थापन, वनकाली उद्योग निर्माणलगायतका विषयमा पनि नियमसम्मत काम नभएको प्रतिवेदनमा जनाइएको छ।

पशुपतिनाथको सम्पत्तिमा कोषका पदाधिकारीले अनियमितता गरेकोमा धार्मिक अभियन्ताले चि’न्ता व्यक्त गरेका छन्। ‘पशुपतिनाथलाई प्राप्त भएको धन दुरूपयोग गर्नु सामान्य पाप होइन, यो महापाप हो’, धार्मिक अभियन्ता माधव भट्टराईले भने, ‘शिवस्व खानु नपरोस् भनिन्छ। तर शिवस्व खान पनि न’डराएको देखियो।’ नागरिक दैनिक