Jagaran Nepal आइतबार, भाद्र ०६, २०७८

टोकियो। टोकियो ओलम्पिक २०२० औपचारिक रुपमा समापन त भईसक्यो । खेलाडी तथा सम्पूर्ण प्रतिनिधिहरु आ-आफ्नो मुलुक पनी फर्किईसके । तर टोकियो ओलम्पिकसंग जोडिएका खबरहरु भने अझै रोकिएको छैन ।

यस्तै क्रममा, टोकियो ओलम्पिक २०२० मा ‘ज्याभलिन थ्रो’विधामा रजत पदक जितेकी पोल्यान्डकी खेलाडी मारिया आन्द्रेज्यकले एक बच्चाको उपचारका लागि आफ्नो पदक लिलामीमा राखेकी खबर अहिले विश्वभरका मिडियाहरुमा छाईरहेको छ ।८ महिनाका बच्चाको मुटुको स’र्जरीका लागि रकम जुटाउन उनले पदक लिलामीमा राखेको बताईएको छ ।

पदक लि’लामीबाट १ लाख २५ हजार डलर (करिब डेढ करोड नेपाली रुपैयाँ) रकम संकलन भएको छ ।मुटुको ग’म्भीर स’मस्या देखिएका पोल्यान्डका बालक मिलोसेक म’ल्यसाको स’र्जरी अत्यावश्यक थियो । उनको उपचारका लागि करीब ५ करोड नेपाली रुपैँया जति आवश्यक पर्ने उनको परिवारले जनाएको छ ।

जसमध्ये अहिलेसम्म आधा रकममात्र जुटेको छ । परिवारको अपीलपछि मारियाले आफ्नो पदक लिलामीमा राखेकी थिइन् । पोल्यान्डको सुपरमार्केट चेन जाब्का पोल्स्काले मारियाको मेडल १ लाख २५ हजार डलरमा खरिद गरेको हो ।पदक खरिद गरेपछि पनि खरिकर्ता कम्पनजाब्काले पदक आफू नराख्ने भन्दै पदकको सुर’क्षा र हेरविचारको जिम्मा मारियालाई नै दिएको छ ।

कम्पनीको यो निर्णयको अहिले सबैतिर चर्चा र प्रशंसा भइरहेको छ । जाब्काले लेखेको छ‚ ‘हामी मारियाको कदमप्रति एकदमै खुसी छौँ । हामी यसकारण पनि खुसी छौँ की हामिले मारियालाई सहयोग गर्न सक्यौँ ।’मारियाले यहि अगस्ट समापन भएको टोकियो ओलम्पिक २०२० मा महिला ज्याभलिन थ्रोमा रजत पदक प्राप्त गरेकि थिईन् ।

सन २०१८ मा मारिया आफैँ पनि एक ग’म्भीर बि’रामी अवस्थाबा गु’ज्रिएकी थिईन् । उनलाई ‘ओस्टेओमा’ को लक्षण देखिएको थियो । यो एक बो’न ट्यु’मर हो । त्यसपछि सन २०१९ मा उनको स’र्जरी भयो र ठिक भएर ओलम्पिकमा सहभागी हुँदै रजत पदक हा’तपार्न सफल भएकि थिईन् ।