Jagaran Nepal आइतबार, भाद्र ०६, २०७८

आजको समयमा सबैभन्दा बढी मेहनत पैसा कमाउनमा लाग्छ । यहाँ सम्म कि यसको महत्व हाम्रो जिवनमा कति सम्म रहन्छ कतिपयलाई ख्याल नै हुँदैन । तर यति मेहनत गरेर कमाएको पैसा हाम्रो पर्समा टिक्दैन, यसैले कुनै समयमा ठुलो समस्या उत्पन्न गर्न सक्छ । हामी पैसा बाहेक अन्य महत्वपूर्ण कागजातहरु समेत पर्समा राख्ने गर्छौ। तर हामीले पर्समा राखिने केही समानहरु धेरै अशुभ मानिने गर्छन। आज हामी तपाईहरुलाई पर्समा झुक्केरपनि राख्न नहुने केही सामग्रीहरुको बारेमा बताउन जाँदै छौँ जसले तपाईलाई कंगाल बनाउने गर्छन।

१. अश्लिल तस्बिर : यदि तपाई पर्समा अश्लिल तस्बिर र यस्तै अन्य सामग्री राख्ने गर्नु भएको छ भने आजैबाट निकाल्नुहोस। यसो गर्दा तपाई र तपाईको परिवारमा ठूलो आर्थिक संकट आईपर्ने गर्छ।

२. औषधी : वस्तु शास्त्रका अनुसार पर्समा औषधी राख्दा अनावश्यक खर्च हुने गर्छ। पर्समा औषधी राख्ने गर्दा विभिन्न रोग र ऋणको सामना गर्नुपर्ने हुन्छ।

३. पुरानो बिल र रसिद : हरेक व्यक्तिले आफ्नो पर्समा बिल,रसिद र अन्य कागजपत्र राख्ने गर्छन। तर वस्तुका अनुसार पर्समा पैसा बाहेक अन्य सामग्रीहरु राख्नु अशुभ मान्ने गरिन्छ।

४. साँचो : आफ्नो पर्समा कुनै पनि बेला घरको वा कार्यालयको साँचो राख्ने गर्नुभएको छ भने यो बानी तुरुन्त हटाउन आवश्यक हुन्छ। फलामबाट बनेका सामग्री र सिक्क पर्समा राख्दा नकारात्मक उर्जा पैदा हुने भएकाले पनि यसमा विशेष ध्यान पुर्याउन आवश्यक हुन्छ।

५. ब्लेड, चक्कु र धारिलो वस्तुः यस्ता धारिला वस्तुहरु पर्समा राख्दा विभिन्न समस्या आईपर्ने र विशेष गरि आर्थिक संकटको सामना गर्नुपर्ने हुन्छ। यी चिजहरु पर्समा राख्दा तपाईले आर्जन गर्नुभएको धनसम्पति समेत नोक्सान भएर जानेछ।