Jagaran Nepal शनिबार, भाद्र ०५, २०७८

म्युजिक भिडियो हुँदै फिल्ममा डेब्यु गरेकी केकी अधिकारी सधै चर्चामा रहिरहन्छिन् । उनी अभिनित फिल्म ‘छ माया छपक्कै’ले राम्रै चर्चा पायो। केकीले आफ्नो स्वास्थ्यको पनि खुबै ख्याल गर्छिन् ।

केही महिनायता उनी आफ्नो ज्यानलाई स्वस्थ राख्न उनी जिम जाने गरेकी छिन् । उनी जुम्बा र योग गर्ने गरेको बताउँछिन् ।सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने केकी सामाजिक विषयमा पनि खुबै चासो राख्ने गर्छिन् । अरु नायिकाहरु मौन रहेका बेला उनले शिल्पा पोखरेललाई समर्थन गर्दै स्टाटस लेखेकी थिइन् ।

शिल्पा र निर्माता छविराज ओझाबीच भएको विवादको । बिषय मात्र नभइ उनी हरेक बिषयमा बिचार ब्यक्त गर्ने गर्छिन् । उनलाइ सचेत नायिकाको रूपमा चिनिन्छ ।शूटिङ नहुँदा आफ्नो निरन्तर जिम जाने केकीले खानामा पनि उत्तिकै ख्याल गर्ने गर्छिन् ।

जिम गर्दै गरेका केही तस्वीर यहाँ प्रस्तुत छन्, यी तस्वीरलाई फोटो पत्रकार मनिश ढुगांनाले खिचेका हुन् । जुन लामो समयदेखि भाइरल छन ।त्यस्तै पछिल्लो समय उनले कपाल काटेपछि उनको निकै चर्चा भयो । उनले पछिल्लो समय पनि छोटो कपालसहितको तस्बिर शेयर गरेकी छन् , जहाँ उनको सुन्दरता निकै खुलेको देख्न सकिन्छ ।