Jagaran Nepal शनिबार, भाद्र ०५, २०७८

काठमाडौ । अंकिता लोखन्डे टेलिभिजन र फिल्म जगतकी एक चर्चित अभिनेत्री हुन्। उनका धेरै राम्रो फ्यान फलोअस् छन्।उनले आफ्नो अभिनयले सबैको मन जितेकी छिन् । उनी अभिनेत्रीले एक साक्षात्कारमा सबै चकित हुने खुलासा गरिन्। अभिनेत्री धेरै खुलासा गरेकी छिन् जो तपाइँ पनि जान्नुहुन्छ भने आश्चर्यचकित हुनुहुनेछ ।

अन्तर्वार्ताको क्रममा अंकिताले खुलासा गरिन् की फिल्म निर्माताले उनीसँग फिल्ममा राम्रो भूमिका पाउनका लागि सुत्नुपर्ने शर्त राखेको खुलासा गरेकी हुन् ।

अंकिताले भनिन्, मलाई लाग्छ म धेरै बलियो छु। म कसैलाई पनि मलाई यसरी हेर्न दिन्न। तर हो मैले यो कुरा मेरो जीवनमा एक वा दुई पटक सामना गरेको छु। मलाई निर्माताले ओछ्यानसम्म जानका लागि शर्त राखेका थिए । मैले चेतवानी दिएर उनीहरुबाट टाढा भएकी छु ।

अभिनेत्रीले भनिन्, धेरै पहिले जब म सानै थिएँ, मलाई साउथ फिल्मको लागि बोलाइएको थियो। त्यहाँ एक व्यक्तिले मलाई कोठामा बोलाउनुभयो र भन्नुभयो कि अंकिता म तपाइँलाई केहि सोध्न चाहन्छु। जब मैले सोध्नुस् भने, उनले तपाइँले सम्झौता गर्नु पर्छ भने ।

उनले अगाडि भनिन्, म त्यो बेला १९ देखि २० बर्षको थिएँ। कोठामा कोहि थिएन जहाँ उसले मलाई बोलायो। म एक्लै थिएँ, त्यसैले यो देखेर उसले मलाई केही भन्न खोज्दैछ भन्ने संकेत मलाई आइहाल्यो ।

मैलेपनि भन्नुहोस् के कुरा निक्कै विनम्रतापूर्वक भने । कस्तो सम्झौता गर्न को लागि ? त्यसपछि उनले मलाई केही घुमाएर भने एक डिनर पार्टी जाऔँ ।

रात त्यतै विताऔँ । त्यसपछि मेरो पारो तात्यो मैले उनलाई चेतवानी दिएर त्यहाँबाट निस्किए । उनले थपिन् के फिल्मका निर्माताहरुले यही चाहन्छन् ? मलाई निक्कै समयसम्म असर गर्यो । तर सबै यस्ता भने हुँदैनन् । धेरै राम्रा मानिसहरुसँग मैले काम गरेकी छु उनले थपिन् ।

उनले भनिन् मैले त्यहाँ उसलाई ब्याण्ड बजाइहाले तब जब म त्यहाँ बाट जाँदै थिएँ, उसले मलाई माफ गरिदेऊ भन्यो ।उसले तिमीलाई मेरो फिल्ममा ल्याउन सक्दो कोशिस गर्नेछु भन्यो तर मैले त्यसपछि सिँधै अस्वीकार गरें र भने कि अब तिमी चाहन्छौ भने पनि म यो फिल्ममा काम गर्दिन। त्यसपछि त्यो ठेगान लाग्यो ।