Jagaran Nepal बिहिबार, भाद्र ०३, २०७८

अहिले सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक भएको छ जसमा महिलाहरुलाई बाटोमा मूल्य बढाबढमा बेचिएको छ । भिडियोमा देखिएका पुरुषको भाषा र महिला तथा पुरुषले लगाएको भेषले त्यो कुनै मुस्लिम देशको सडक रहेको स्पष्ट हुन्छ ।

केही पुरुषले बुर्काले छोपिएका किशोरीहरुको मूल्य बढाबढ गरेको देखिन्छ । सडक छेउको सार्वजनिक स्थानमा मूल्य बढाबढ गर्दै भाउ मिलेपछि किशोरीहरुलाई पशु बेचेझैँ किन्ने पुरुषको जिम्मा लगाएको भिडियोमा सजिलै देख्न सकिन्छ ।

बुर्काभित्र १५ वर्षदेखि १८ वर्षसम्मका किशोरी रहेका छन् । दलालले उनीहरुको मूल्य तोकिरहँदा १८ वर्ष उमेरकी किशोरीलाई एक जना पुरुषले ५० डलरमा किनेर लगेको देखिन्छ । त्यसैगरी अर्का पुरुषले तिनीभन्दा सानो उमेरकी किशोरीलाई तीन सय डलरमा किनेर सँगै लगेको कारुणिक दृश्य भिडियोमा देख्न सकिन्छ ।

भिडियोमा हेर्दा किशोरीहरु हाँसीखुशीले त्यहाँ बिक्रीमा बसेको लाग्दैन । उनीहरुलाई पशु तथा चौपायालाई झैँ घाँ’टीमा डो’री बाँ’धेर भु’ईंमा राखिएको छ । त्यसपछि उनीहरुलाई धेरै मूल्यमा स्वीकारेका पुरुषलाई तानेर जिम्मा लगाइएको दृश्यले सबैको मन छि’याछि’या बनाउँछ ।

याे पनि
काठमाडौं उपत्यकावासीलाइ अत्यन्तै जरुरि सूचना, यो मौका नगुमाउनु होला !

काठमाडौं- काठमाडौंमा शुक्रबार (भोलि)देखि १८ वर्षमाथिका ‘प्लस टु’ अध्ययनरत र विश्वविद्यालयका विद्यार्थीलाई भेरोसेल खोपको पहिलो डोज दिइने भएको छ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार भदौ ४-६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा उक्त तहको परीक्षा दिने विद्यार्थीले प्रवेशपत्र देखाएर पहिलो डोज लिन पाउनेछन्। यस्तै, ४० वर्षमाथिका नागरिकलाई पनि भोलिदेखि खोपको पहिलो मात्रा दिइने छ।

उनका अनुसार काठमाडौं महानगरपालिकाका ३२ वटा वडाहरु र आवश्यकता अनुसार पालिकाले तोकेको थप खोप केन्द्र निर्धारण गरिएको छ। यस्तै, भीडभाड नहोस् भनेर अन्य नगरपालिकाको हकमा सोही पालिकाले तोकेको खोप केन्द्र निर्धारण गरिएको छ।

यसका अलवा सशस्त्र प्रहरी अस्पताल, बलम्बु, वीरेन्द्र सैनिक अस्पताल, छाउनी राधास्वामी आइसोलेसन सेन्टर, सामाखुसी, नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, वीर अस्पताल, रत्नपार्क, निजामति कर्मचारी अस्पताल, बानेश्वर, परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल, थापाथली र शिक्षण अस्पताल, महाराजगञ्जबाट पनि खोप लिन पाइने छ।