Jagaran Nepal बिहिबार, भाद्र ०३, २०७८

ललितपुर । अ’नैतिक गतिविधि गरेको आरोपमा प्रहरीले सात जनालाई ललितपुरबाट पक्राउ गरेको छ । प्रहरीले दिउँसो साढे तीन बजे ललितपुर महानगरपालिका वडा नम्बर ३ कान्तिपुर हाइटस्थित एक अपार्टमेन्टबाट सात जनालाई

पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जाकारी दिए अ’पार्टमेन्टमा अ’नैति’क किसिमको व्य’वसाय सञ्चालन भइरहेको भन्ने सूचनाको आधारमा ख’टिएको प्रहरी टोलीले सात जनालाई पक्राउ गरेको उनले बताए ।

प्रहरीका अनुसार त्यस्तो व्यवसाय सञ्चालन गरेको आरोपमा मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ सानोपोखरा घर भई ललितपुरको पा’टन सुन्धारा बस्ने ४२ वर्षीया गीता ख’ड्कीसहित सात जनालाई पक्राउ गरिएको छ । उनीहरूमाथि मु’लुकी

अ’पराध सं’हिता, २०७४ को प’रिच्छेद ५ को दफा ११९ र १२० ब’मोजिम का’रबाही र स’जा’यको लागि जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्या’द थप गरी अनुसन्धान अ’घि बढाइएको महर्जनले बताए ।

थप समाचार –सामाजिक अभियान्ताको रुपमा बोल्दै आइरहेका हरि उदासी पक्राउ परेका छन । उनलाई आफ्नै घरबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।उनि केहिदिन देखि श्रीमतीहरुको कुराले बि’बादमा आएका थिए ।

विभिन्न युट्युब च्यानलहरुमा क’डा अभिव्यक्ति दिदै आएका हरि उदासीको श्रीमती बताउने एक महिला आफु पि’डामा परेको भन्दै मिडियामा आएकी थिइन् । आफुलाई चलचित्रकर्मी र सामाजिक अभियान्ताको रुपमा चि’नाउदै आएका उदासीको श्रीमती
बताउने ति महिला आफ्नो श्रीमानले धो’का दिएको आरोप लगाएकी थिइन् ।

आफुलाई उदासीको श्रीमती ब’ताउने ति महिलाले दुई छोराहरु सहित मिडियामा आएर आफ्नो पि’डा पोखे’की थिइन् ।यता उदासीले भने व्य’क्तिगत विषयको कुरा मिडियामा ल्याएर युट्युबरले आफ्नो च’रि’त्रह’त्या गरेको बताउदै आएका छन ।केहि युटुबरले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको बताइएको छ ।

थप समाचार – जनप्रतिनीधिमा निर्वाचित भएको ४ वर्ष वितिसक्दा पनि विकासको कामहरु नगरेको भन्दै स्थानीय जनताहरुले एक वडाध्यक्षलाई विजुलीको खम्बाले बाँ’धेका छन् ।

छिमेकी मुलुक भारतको विहार राज्यस्थित नेपाल भारतको सीमासँगै रहेको म’धुवनी जिल्लाको यो घटना हो । जहाँ वडाध्यक्षलाई विकास नगरेको भन्दै बिजुलीको पो’लमा बाँ’धेर घाममा तताएका छन् । मधुवनी जिल्लाको मोहनिया नगर पँचाययमा विकास नभएको भन्दै स्थानीयहरुले आफ्नो रिस ज’नप्रतिनीधि उपर नि’काल्न सुरु गरेको छ ।

बर्षाको मौसममा बाटोमा हिडन क’ठिनाई भएको भन्दै स्थानीय जनताहरुले वडाध्यक्षलाई बाँ’धेका हुन् । मोहनिया नगर परिषदको वडा नम्बर १५ का वडाध्यक्ष इ’म्तियाज अँसारीलाई बिजुलीको पो’लमा बाँ’धेको हो । उनलाई पोलमा बाँ’धेर यसको सूचना नगर पँचायतका अध्यक्ष सहित अन्य पदाधिकारीहरुलाई समेत दिएको बताइएको छ ।

वडा नं. १५ मा गल्लीमा सडक, नाला नभएको कारण बर्षायाममा आ’म ना’गरिकलाई सास्ती भो’ग्नपुपरेको छ । स्थानीयहरुलाई पैदल समेत हि’डनको लागि स’मस्या भएपछि वडाध्यक्ष (वडा पा’र्षद्) लाई बिजुलीको ख’म्बासँग बाँ’धेको हो ।

थप समाचार –अफगानिस्तानको ज’लालबादमा राष्ट्रिय झण्डाको समर्थनमा उ’त्रिएका प्र’दर्शनकारीमाथि ता’लिबानले गो’ली च’लाउँदा तीन जनाको मृ’त्यु भएको छ। गाे’ली लागेर अन्य सात जना घा’इते भएका छन्।

बुधबार अफगानिस्तानको केन्द्रीय राजधानी का’बुलबाट करिब १५० किलोमिटर पूर्वमा रहेको जलालबादको कार्यालयहरुमा ता’लिबानको सट्टामा राष्ट्रिय झण्डा राख्नुपर्ने माग गर्दै प्र’दर्शन भएको थियो। तर, प्र’दर्शनमा उ’त्रिएकामाथि ता’लिबानका ल’डाकूले गो’ली चलाएको स्थानीय अ’लजजिराले जनाएको छ।

सामाजिक सञ्जालमा पोस्ट भिडियोमा सयभन्दा धेरै मानिसहरु राष्ट्रिय झण्डा बोकेर प्र’दर्शनमा उ’त्रिएको देख्न सकिन्छ। आ’न्दोलनको क’भरेज गरिहेका सञ्चारकर्मीलाई पनि ता’लिबानका ल’डाकूले कु’टपिट गरेका थिए। अगष्ट १५ मा ता’लिबानले अफगानिस्तानलाई आफ्नो क’ब्जामा लिएपछि पहिलोपटक ता’लिबानविरुद्ध अफगानिस्तानमा प्र’दर्शन भएको हो।

अलजजिराका सञ्चारकर्मी चा’र्लोट बेलिसले भन्छन्,‘ ता’लिबान वि’रोधी प्र’दर्शन ज’लालाबादभन्दा बाहिर धेरै अन्य प्रा’न्तहरुसम्म फै’लिएको छ। राष्ट्रिय झण्डा ह’टाइएको र ता’लिबानको झण्डा रा’खिएकोमा धेरै ना’गरिकहरु दुखी छन्।’

थप समाचार -ता’लिबानले गत आइतबार पुरै अफगानिस्तान आफ्नो हातमा लिइसकेका छन्। उनीहरुले सरकार गठनको नयाँ प्रक्रिया थालिसकेका छन्। मंगलबार मात्र ता’लिबानले देश कब्जा गरेपछि पहिलो पत्रकार स’म्मेलन गर्दै आफ्नो शा’सनमा देश कस्तो हुन्छ भनेर योजना सार्वजनिक गरेका छन्।

उनीहरुले सुरुमा २० वर्षपछि विदेशी श’क्तिलाई देशबाट ह’टाउन सकेकोमा खुशी व्यक्त गरे। अमेरिकीसहित नेटोमा आ’वद्ध सेनालाई ह’टाउनु आफ्नो ठूलो उपलब्धि भएको उनीहरुको भनाइ छ। महिला अधिकार हनन् भएको विषयमा उनीहरुले श’रिया का’नुन अर्थात् मु’स्लिम धर्ममा भनिएजति अधिकार महिलाले पाउने बताएका छन्।

उनीहरुले निजी संचारमाध्यमले व्यवसायिक ढं’गबाट काम गर्न पाउने पनि उल्लेख गरे। २० वर्ष यु’द्ध ल’डेपछि उनीहरु स’त्तामा फेरि आएका हुन्। यसबीचमा यु’द्धबाट भर्खर बि’साएका ता’लिबान ल’डाकुहरुले भने जि’मखानादेखि फनपार्कसम्म रमाइलो गर्न थालेको एउटा भिडिओ सार्वजनिक भएको छ।

सार्वजनिक भिडिओअनुसार ता’लिबानीहरु जि’मखानमा देखिएका छन् तर त्यहाँ प्र’शिक्षक नभएकाले उनीहरुले अव्यवस्थित रुपमा यता’उती फलाम उ’चालेको, का’र्डियोमा कु’दिरहेको, उ’फ्रिरहेको देख्न सकिन्छ। यस्तै उनीहरुले खे’लौंना कार तथा पिङमा रमाइलो गरिरहेको पनि देखिएको छ। भिडिओ

थप समाचार -जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले नयाँ पार्टी गठन गरेका छन् । ठाकुरकाे अध्यक्षतामा जसपा(लोकतान्त्रिक)पार्टी दर्ता गर्न नेताहरु निर्वाचन आयोग पुगेका छन् ।ठाकुरको पार्टील चुनाव चिन्ह साइकल रोजेको छ ।

नव गठित पार्टीमा २३ सदस्सीय केन्द्रीय कार्यकारिणी समिति र १४ जना संघीय सांसद रहेको नेता लक्षमणलाल कर्णले जानकारी दिए ।सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएलगत्तै जसपाकाे ठाकुर पक्ष र नेकपा एमालेकाे माधव नेपाल पक्ष नयाँ दल दर्ता गर्न लागी परेका हुन् ।

थप समाचार –काठमाडौँ उपत्यकामा लगातार तीन दिन बिदा हुने भएको छ। यही भदौ ५, ६ र ७ गते लगातार तीन दिन बिदा हुने भएको हो । भदौ ५ गते शनिबार परेको छ भने भदौ ६ गते जनै पूर्णिमा पारेको छ। जनैपूर्णिमाको अवसरमा सरकारले देशभर सार्वजनिक दिएको छ ।

त्यस्तै भदौ ७ गते काठमाडौँ उपत्यकामा मात्र सार्वजनिक बिदा हुनेछ। भदौ सात गते उपत्यकामा मनाइने गाईजात्रा परेका कारण बिदा हुने भएको हो। उक्त दिन उपत्यकामा मात्र बिदा हुनेछ। लगातार तीन दिन बिदा हुने भएपछि सरकारी कर्मचारीहरूले परिवारसँग समय बिताउन पाउने भएका छन् ।

थप समाचार -पानीका लागि बोरिङ खन्ने क्रममा काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपनमा आज एक्कासि बालुवासहित पानीको फोहोरा निस्क्यो।तीन घण्टादेखि पानी र बालुवासहितको करिब ४० फिट अग्लो फोहोरा काठमाडौं कपन शिवमन्दिर नजिक निरन्तर छ।

भुलक–भुलक गर्दै चारतले घर जति अग्लो फोहोरा निस्केपछि स्थानीयवासी चकित परेका छन्। फोहोरा जारी रहेपछि उनीहरुले खानी तथा भूगर्भ विभागलाई खबर गरेका थिए। सूचनापश्चात् घटनास्थल निरीक्षणमा आइपुग्नुभएका खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् पृथ्वीलाल श्रेष्ठले फोहोरामा मिथेन ग्यास मिसिएको जानकारी दिए।

“काठमाडौँ उपत्यकाको जमिनमुनि मिथेन ग्यास रहेको छ र यसअघि कालीमाटी, टेकु, धुम्बाराहीमा पनि यसरी मिथेन ग्यास निस्किएको थियो”, श्रेष्ठले भने। त्रसित स्थानीयवासीको प्रतिक्रियामा उनले ग्यासलाई बन्द गर्न नहुने र सतर्कताका लागि भने वरिपरि ग्यास, आगो, लाइटरजस्ता कुरा बाल्न नहुने बताए।

कति सययसम्म यो जारी रहन्छ भन्ने प्रश्न गर्दा, भूगर्भविद् श्रेष्ठले यो प्राकृतिक घटना कतिसम्म जारी रहन्छ भन्ने आँकलन गर्न नसकिने जनाए। घर नजिकै यस्तो अनौठो घटना भएको देख्दा स्थानीयवासी बद्री ढकालले आफूलाई कतै जमिन नै भासिने पो हो कि भने डर लागेको बताए।

“सुरुमा लेदो निस्किए पनि अहिले ग्यास गन्हाएको र पानीसहित बालुवा फोहोरा भएर भुल्किरहेको छ”, उनले भने। करिब एक सय ५० फिट गहिरो खन्दा यस्तो घटना भएको उनको भनाइ छ। फोहोराका कारण नजिकैको घर हिलाम्मे भएको छ। अनौठो फोहोरा हेर्न मानिसको भीड बढ्दै गएपछि यतिखेर प्रहरीले भीडभाड नगर्न माइकिङ गरिरहेको छ।

कपन प्रहरी चौकी प्रमुख प्रहरी निरीक्षक भगवती तिमिल्सिनाले भूगर्भविद्को सल्लाहअनुसार घटनाको दुई सय मिटर वरपर घरमा ग्यास, लाइटर नबाल्न सचेत गराइएको जानकारी दिए।साथै कपन पञ्चकुमारीदेखि शिवमन्दिर जाने बाटोमा ट्राफिक डाइभर्सन गराइने उनले जानकारी दिए। रासस

थप समाचार –लगानीकर्ताको आकर्षण विकास बैंक र फाइनान्स कम्पनीमा देखिँदा बुधबार सेयर बजारमा उछाल देखिएको छ । नेप्से परिसूचक २८.२८ अंकले बढेर ३१९८.६० अंकमा पुगेको छ ।

यो दिन ३ करोड ६५ लाख ९ हजार ७५१ कित्ता सेयर २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजार २६९ रुपैयाँमा कारोबार भएको छ । यो दिन १३१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ८५ वटा कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । साथै १२ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।यो दिन विकास बैक, फाइनान्स र उत्पादनमुलक कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

विकास बैंक ५.५ प्रतिशत, फाइनान्स ४.८७ प्रतिशत र म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङतर्फ ३.५५ प्रतिशतको वृद्धि देखिएको छ ।यो दिन आधा दर्जन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा शिवम् सिमेन्ट, अरुण भ्याली हाइड्रोपावर, जीवन विकास लघुवित्त, अरुण काबेली पावर, आँखुखोला जलविद्युत् कम्पनी र महालक्ष्मी विकास बैंक छन् ।

थप समाचार – अमेरिकाको संघीय अदालतले २०२० का ९०९५ डिभी विजेताको भिसा प्रकृया अगाडि बढाउन सरकारलाई आदेश दिएको छ । न्यायाधिस अमित मेहताले विगतमा संरक्षणको आदेश दिइएका ९ हजार ९५ भिसा जारी गर्नका लागि प्रकृया अगाडि बढाउन आदेश दिएका हुन् ।

सन् २०२० को सेप्टेम्बर ३० मा दिइएको आदेशमा न्यायाधिस मेहताले आर्थिक बर्ष २०२० का ९ हजार ९५ डिभी विजेताको भिसा संरक्षणको आदेश दिएका थिए । तर संरक्षित भिसाहरु अहिलेसम्म प्रकृयामा भने लगिएको थिएन ।९ हजार ९५ जनालाई केस नम्बरका आधारमा नभई र्याण्डम आधारमा भिसा प्रकृया अगाडि बढाइनेछ ।

९ हजार ९५ संख्या नपुग्दासम्म उनीहरुले भिसा पाउनेछन् । त्यसपछि बाँकी रहेकाहरुले भने भिसा पाउनेछैनन् । न्यायाधिस मेहताले ९ हजार ९५ बाहेक थपका डिभी विजेताका लागि भने कुनै आदेश जारी गरेका छैनन् ।को’रोनाको महामारी र तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशका कारण आर्थिक बर्ष २०२० का ठूलो संख्यामा डिभी विजेताहरुले भिसा पाउन सकेका थिएनन् ।खसोखास

थप समाचार –नेकपा (एमाले)मा आएको संकटकैबीच बागमती प्रदेश सरकारमा नयाँ घटनाक्रम विकास भएको छ। मुख्यमन्त्री डोरमणि पौडेलले एमाले प्रदेश सभा संसदीय दलको नेताबाट राजीनामा दिएका छन् र उनको स्थानमा अष्टलक्ष्मी शाक्यलाई दलको नेता चयन गरिएको छ।

हेटौंडामा जारी बैठकमा पौडेलले नेताबाट राजीनामा दिएको र शाक्यलाई दलको नेता चयन गरिएको एमाले प्रदेश सभा सदस्य रचना खड्काले बताइन्। शाक्य अब बागमतीको मुख्यमन्त्री बन्नेछिन्। यसअघि उनलाई मुख्यमन्त्री बनाउन जोडबल गरिएपनि अध्यक्ष केपी शर्मा ओलीले मानेका थिएनन्।

शाक्य यसअघि नेपाल पक्षमा थिइन्। तर, नेपालले नयाँ पार्टी गठन गर्ने तयारी गर्दा उनले आफू विभाजनमा नलाग्ने बताएकी थिइन्। यता प्रमुख विपक्षी नेकपा एमाले विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ बनाउने निर्णय गरेका हुन् ।

यसअघि चुनाव चिह्न सूर्यमा दाबी गर्दै आएको भए पनि निर्वाचन आयोगले मान्यता नदिने निष्कर्ष निकाल्दै चिह्न खुला किताब राख्ने निर्णय भएको नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मात्र संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी थिइन् ।

लगतै नेपाल समूह ‘नेकपा एमाले समाजवादी’ दर्ताका लागि निर्वाचन आयोगतर्फ लागेका छन् ।एक केन्द्रीय सदस्यका अनुसार ‘नेकपा एमाले समाजवादी’को संयोजकमा नेता नेपाल छन् भने ९५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । चुनाव चिन्हमा खुला किताब प्रस्ताव गरिएको छ ।

थप समाचार-प्रेम र यु’द्धमा सबै जायज हुन्छ । यो भनाई एक व्यक्तिले च’रितार्थ पारेका छन् । पश्चिमी अफ्रिकाको से’नेगलमा एक प्रेमी आफ्नी प्रेमिकाको परीक्षा दिन पुगेका छन् । गेस्टन बर्जर डी सेन्ट लु’ई युनिभर्सिटीमा एक युवकलाई परीक्षा दिइरहेका बेला पक्राउ गरिएको छ ।

किनभने ती व्यक्ति युवतीको भेष धारणा गरेर आफ्नी प्रेमिकाको परीक्षा दिइरहेका थिए ता कि उनी फेल नहुन् । वास्तवमा २२ वर्षका खादिमले हाई स्कूल ग्रे’जुएशनको परीक्षामा आफ्नी १९ वर्षीया प्रेमिका गें’ग्यू डि’ओमलाई मद्दत गर्ने निर्णय गरे र उनको साटो आफैंले परीक्षा दिने निर्णय गरे ।

कसैले चिन्न नसकोस् भनेर उनी युवती झैं तयार भएका थिए । यु’वतीजस्तो देखिनका लागि उनले पारम्परिक स्का’र्फ, कानका झु’म्का र महिलाको पहिरन लगाए । यसका साथै उनले पूरा मेकअप गरे र ब्रासमेत लगाए । सायद यसैकारण उनले तीन दिनसम्म सबैलाई मूर्ख बनाएर परीक्षा हलमा पुग्न सफल भए ।

सबैकुरा सही चलिरहेको थियो । तर चौथो दिन एक सुप’रभाइजरलाई खा’दिममाथि शंका लाग्यो । उनको अनुसन्धान गरिएपछि उनीबारे प’र्दाफास भएको हो । ३१ जुलाईमा परीक्षा केन्द्रमा प्रहरी बो’लाइयो र खा’दिमवि’रुद्ध धो’काको मु’द्दा दर्ता गरियो ।त्यसपछि ती व्यक्तिको मद्दतले नै प्रहरी उनकी प्रेमिकासम्म पुग्न सफल भयो जसले एक होटलमा उनलाई प्रतीक्षा गरेर बसिरहेकी थिइन् ।

खा’दिमले प्रेमिकामाथि कुनै प्रकारको सं’कट आउन दिएनन्, अपराध जति सबै आफ्नो टाउकोमा लिए । उनले प्रहरी समक्ष भने, ‘मैले यो सबै प्रेमका लागि गरेको हुँ । किनभने मेरी प्रेमिकालाई अंग्रेजी विषयमा फेल हुने हो कि भन्ने चिन्ता थियो ।’ तर प्रहरीले उनको कुरा मानेनन् । धोका दिएको भन्दै दुबैवि’रुद्ध मुद्दा दर्ता गरियो ।

उनीहरुलाई स’जाय भएको खण्डमा अबको पाँच वर्षसम्म देशमा कुनै पनि प्रकारको परीक्षा दिन सक्छन् न नै कुनै डिप्लोमा डिग्री लिन सक्नेछन् । यसका साथै उनीहरुले ज’रिवानामा मोटो रकम पनि तिनुपर्नेछ , अथवा उनीहरुलाई पाँच वर्षको जेल स’जाय पनि हुनसक्छ ।

प्रेमिकालाई आफू पास नहुने हो कि भन्ने चिन्ता थियो । सुरुमा त उनलाई पहिचान गरिएन तर परीक्षाको चौथो दिनमा उनलाई स’मातियो । ल्या’डबिलको रिपोर्ट अनुसार गेस्टन बर्जर विश्वविद्यालयका एक विद्यार्थी खादिम म्बौप मेकेअप, हेडस्कार्फ, ब्रा र झुम्कासमेत लगाएर परीक्षा दिन पुगे ।

घण्टौंको मि’हिनेतपछि युवती बनेका खा’दिम म्बौप परीक्षा दिइरहेका थिए तर उनीमाथि कसैलाई शं’का भयो, त्यसपछि उनी समातिए ।स्रोतका अनुसार खादिम म्बौ’पकी प्रेमिका गंगू डि’योमलाई परीक्षा दिन अ’साध्यै ड’र लागिरहेको थियो जसका कारण खा’दिमले एक योजना बनाए ।

उनले आफ्नी प्रेमिकाको कपडा लगाए र युवती बनेर तीन दिनसम्म परीक्षा दि’इरहे । तर चौथो दिन स्थिति त्यतिबेला ग’डबड भयो जब एक निरीक्षकलाई उनीमाथि शं’का लाग्यो । उनले ती व्यक्तिको अनुहारमा केही ग’लत देखे ।

थप समाचार – सर्लाहीमा साउन ३१ गते रातिदेखी हराएकी १६ वर्षीया किशोरीको श’व भेटिएको छ । ला’लबन्दी नगरपालिका वडा नम्बर १७ रानीगन्जकी प्रियङ्का भुजेलको श’व का’लिन्जाेर खोला किनारमा पु’रिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

कालिन्जाेर खाेला मृ’तक किशोरीको घरदेखि झन्डै तीन किलोमिटर पर पर्ने इ’लाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) निर्मल थापाले जानकारी दिनुभयो। किशाेरीकाे ह’त्या’को आ’शङ्कामा दुई जनालाई पक्राउ गरी अनुसन्धान गर्दा शव भेटिएको हो ।

कि’शोरीका आफन्तले सा’मूहिक ब’ला’त्का’र’पछि ह’त्या भएको बताएका छन् ।घटनाको प्रकृति हेर्दा ब’ला’त्का’र’पछि ह’त्या भएको देखिएकाले थप अनुसन्धान भइरहेको स’र्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

थप समाचार – जनकपुरधामस्थि रहेको मोडेल मल्टिपल कलेजको परीक्षार्थीहरुले परीक्षा हलभित्र बनाएको अर्को टिकटक भिडियो पनि बाहिरिएको छ । टिकटक प्लेटफार्ममा जनकपुरको मोडेल मल्टिपल कलेजकी एक छात्राले केही दिनअघि परीक्षा हलमै बनाएको टिकटक भिडियो समाजिक सँजालमा भाइरल बनेको थियो ।

परीक्षा हलमा मोबाईल प्रवेश गर्न दिनु र त्यसमाथि चिट गरी भिडियो खिचेर समाजिक सँजालमा हालेपछि चौतर्फी आलोचना भएको हो । देशको उत्कृष्ट २० कलेजमध्ये जनकपुरको मोडेल कलेज पनि पर्दै आएको भन्दै कलेजको भित्री अवस्था नै यस्तो रहेको भनेर टिकाटिप्पणी गरिएको छ ।

मोडेल कलेजका विद्यार्थीहरुले नै भिडियो बनाएर टिकटकमा हालिदिएको हो । मोडेल कलेजका व्यवस्थापन प्रदीप लाल कर्णका अनुसार, परीक्षा हलमा विद्यार्थीहरुले टिकटक बनाएको र कसैले अपलोड गरिदिएको हो । अहिलेसम्म अपलोड गर्ने विद्यार्थी फेला नपरेको उनले जानकारी दिए ।

टिकटकमा राखिएको भिडियो प्रिन्ससँतोष४ को आईडीबाट अर्को भिडियो राखिएको हो । सो भिडियो पहिले प्रिन्सेसप्रिन्सेस९०९ को आईडीबाट भएको बुझिएको छ । यद्यपी, भिडियोमा देखिएको विद्यार्थी पनि सोही आइडीको हुन सक्ने बुझिएको छ ।भिडियोमा परीक्षा चलिरहँदा विद्यार्थीले आफ्नो परीक्षाको कापी भिडियोमा देखाएकी हुन् ।

परीक्षा हलभित्र नेपाल परीक्षा बोर्डले मोबाईल प्रतिबन्ध गरिएपनि मोडेल कलेजले परीक्षा हलभित्र मोबाइल लग्न दिनु व्यवस्थापकप्रति प्रश्नचिन्ह खडा भएको छ । व्यवस्थापक कर्णले परीक्षा कहिलेको हो भनेर यकिन नभएपनि भिडियोमा देखिएको २५ मार्कको लागि प्रयोगात्मक (प्राक्टीकल) परीक्षा रहेको र कलेजभित्रैको इन्टरनल परीक्षा भएको दाबी गरेका छन् ।

उनले भने, ‘यो कुनै ठुलो कुरा हैन, हामी अपलोड गर्ने विद्यार्थी पत्ता लगाइरहेका छौँ । यसमा कसैलाई नेगेटिभ लिनुछ भने लिन दिनुस, कसैले पोजिटिभ लिनु छ लिन दिनुस् ।’ कर्णका अनुसार, कसैले बदनाम गर्ने नियतले नै सो भिडियो अपलोड गरेको हुन सक्ने अनुमान गरे ।

यसअघि पनि एक विद्यार्थीले जीतेन्द्रसाह४२१२ को टिकटक आईडीले भिडियो हालेका थिए । सो क्रममा पनि परीक्षा हलमा लिएको भिडियो अपलोड भएको थियो । केही महिनाअघि धनुषाको धनुषाधाम नगरपालिकास्थित एक विद्यालयमा विद्यार्थीले परीक्षा हलमा टिकटक बनाउँदै ४ सालको लागि परीक्षाबाट बञ्चित गरिएको छ भने कक्षा १२ को परीक्षामा टिकटक बनाएको भन्दै दुई जना विद्यार्थीलाई निष्कासित गरिएको थियो ।

मोडेल मल्टिपल कलेजका परीक्षार्थीहरुले निरन्तर यस्ता क्रियाकलापमा सँलग्न भएको देखिएको छ । एकपछि अर्को भिडियो टिकटकमा हालेपछि कलेजको व्यवस्थापन र गुणस्तरियताप्रति पनि प्रश्न चिन्ह उठेको छ । भिडियो

थप समाचार –एजेन्सी । जर्मनीको नाम त तपाईले सुन्नुभएकै होला । जर्मनीका तत्कालीन ता’नाशाह हि’टल’रका कारण नै दोस्रो विश्वयु’द्ध भएको मानिन्छ । दोस्रो विश्वयु’द्धको समय जर्मनी कं’गाल नै भएको थियो । तर अहिले जर्मनी विश्वमै श’क्तिशा’ली राष्ट्रमध्येमा गनिन्छ ।

जर्मनीमा तपाई हाइवेमा जति स्पी’डमा पनि गाडी गु’डाउन सक्नुहुन्छ यसको लागि कुनै स’जायको प्रावधान छैन । तर यहाँ बीचबाटोमा यदि तपाईको गाडीको इन्धन सकिएमा यसलाई अ’परा’ध मानिन्छ । जसका लागि स’जाय या जरिवाना भोग्नुपर्ने हुन्छ ।

विश्वमा सबैभन्दा बढी चिडियाखाना जर्मनीमा रहेको छ । यसका अलावा विश्वकै सबैभन्दा अग्लो चर्च पनि जर्मनीमै रहेको छ जसको नाम ‘उल्म मि’म्सटर’ रहेको छ । यो चर्च ५३० फिट अग्लो रहेको छ । विश्वको पहिलो म्यागजिन १६६२ इश्वीसम्बतमा जर्मनीमा नै लन्च भएको थियो ।

यस्तै सबैभन्दा धेरै किताब छाप्ने राष्ट्रमा जर्मनी पनि पर्दछ । यहाँ हरेक वर्ष ९४ हजार बढी किताब छा’पिन्छ । सामान्यतया मानिसहरु फोन गर्दा या फोन उठाउँदा ‘हेलो’ भनेर कुरा सुरु गर्छन् तर जर्मनीमा मानिसहरु फोनमा हेलो भन्नुको सट्टा सिधै आफ्नो नाम बताएर कुराकानी सुरु गर्छन् ।

थप समाचार –राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेकी छिन् । राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपतिले सरकारको सिफारिस अनुसार अध्यादेश प्रमाणीकरण गरेको जानकारी दिए ।

‘अध्यादेश जारी भइसकेको छ, अब यो राजपत्रमा छपाउन पठाइन्छ’, उनले भने। राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ राष्ट्रपतिले जारी गरेको उल्लेख छ ।

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न सक्ने व्यवस्थासहित राष्ट्रपति समक्ष अध्यादेश सिफारिस गर्ने निर्णय गरेको थियो । यो निर्णयको सत्ता पक्ष र प्रतिपक्षका नेताहरुबाट विरोध हुँदै आएको छ ।

थप समाचार –बनेपा बेथानचोक गाउँपालिका–४ पाटीखर्कस्थित हात्तीडोलका सरला कोइराला आफ्नो घरको बिहान–बेलुकाको घरधन्दा सकेर नजिकै रहेको बाख्रा फार्ममा काम गर्नुहुन्छ । बिहान–बेलुका घरको काम पनि गर्न पाउने र दिनभरि बाख्रा फार्ममा काम गरेर आम्दानी गर्न पाइने भएपछि कोइरालाको परिवार निकै खुसी छन् ।

उनले फार्ममा दिनको आठ घण्टा काम गर्नुपर्छ । त्यसरी काम गरेबापत आफूलाई चित्तबुझ्दो पारिश्रमिक पाएको उनले बताइन् । “घर नजिकै बाख्रा फार्म सञ्चालन भएर म दैनिक रुपमा काम गर्न थालेको ६ महिना भयो,” उनले भनिन्, “काम गरेअनुसार पारिश्रमिक पनि राम्रो नै पाइरहेको छु, काम पनि ठिकै छ ।”

उनको काम भनेको दैनिक रुपमा घाँस काट्ने, खुवाउने र चराउन लैजाने हो । गाउँमा आएर फार्म खोलेर राम्रो गरेको उनको भनाइ छ । “फार्म सञ्चालन गरेर हामीलाई त गाउँमा नै काम गर्न पाएका छौ,” उनले थपिन् , “गाउँमा बसिरहेकाहरुलाई रोजगारी मिलेको छ, यस्तै फार्महरु सञ्चालन भएपछि अरू थप विकासका कामहरु पनि सँगसँगै हुने भएकाले गाउँको विकासका लागि पनि धेरै राम्रो भएको छ ।”

उनीसँगै सो फार्ममा उनका श्रीमान् सरोज पनि काम गर्छन् । उनको काम फार्ममा भएका सबैखाले काममा ध्यान दिनु हो । काम गर्ने समय आठ घण्टा भएपनि स्थानीय बासिन्दा नै भएकाले बेलाखबत अन्य काम पनि गरिरहनुपर्ने र भैपरि आउने काममा रेखदेख र सहयोग गर्नु परेको कोइरालाको भनाइ छ ।

सोही फार्ममा सात महिनादेखि काम गर्ने बनेपा नगरपालिका–१२ भैँसेपाटीका उमेश विष्टले सोही फार्ममा काम गर्दै आएका छन् । फार्म सुरु गरेदेखि नै काम गर्दै आएका उनले भने, “सुरु भर्खरै भएकाले उत्पादनभन्दा लगानी बढी देखिएको छ, यसलाई निरन्तर अगाडि बढाउने योजना छ, अरू संरचना बन्दैछन । ”

नजिकैको साथी भएकाले उनकै आग्रहमा त्यहाँ पुगेर काम गर्न थालेको विष्टको भनाइ छ । “त्यसअघि भैँसेपाटीमा नै पसल चलाइरहेकामा त्यसबाट राम्रो आम्दानी नभएर बसिरहेको अवस्थामा यता आएर काम गर्न थालेको हुँ, ” विष्टले भने, “पसल चलाउनुभन्दा फार्ममा काम गर्नु धेरै फाइदा भइरहेको छ ।”

रातिको समयमा सबै रेखदेख गर्ने काम उनले गर्छन् । सो फार्ममा अहिले एक सयवटा बाख्रा पालिएको छ । अहिलेका लागि करिब २० वटा स्थानीय जातको बाख्रा, ३० वटा खसी र बाँकी बोयर जातको बाख्रा मात्रै रहेको फार्म रेखदेख गर्ने प्रमुख लक्ष्मण सापकोटाले बताए ।

विशेषगरी बोयर जातको बाख्रा उत्पादन गरी पालनका लागि बिक्री गर्ने उद्देश्यले सञ्चालन गरेको सो फार्ममा चार सय वटा बाख्रा पुर्याएपछि मात्रै बिक्री सुरु गर्ने योजनामा रहेको उनले सुनाए ।काठमाडौँका सुवास अमात्यले त्यहाँ पुगेर जग्गा खरिद गरी करिब ६ करोड लगानीमा इलाम एग्रो फार्म प्रालि सञ्चालन गर्न थालेपछि स्थानीय बासिन्दासँगै बनेपा र रयाले विहाबरका युवाहरुले पनि त्यसैमा रोजगारी पाएका छन् ।

त्यसरी काम गर्ने मात्रै सो फार्ममा १० जना छन् जसमध्ये दुई गोरखाको, विहाबर र बनेपाको गरी तीन तथा बाँकी त्यहीँका स्थानीय बासिन्दा रहेकोमा विहाबरका लक्ष्मणले फार्मको सबै रेखदेख गर्ने जिम्मा पाएका छन् । अहिले सो फार्ममा बाख्रासँगै गाई र भैँसी दुईदुईवटा पाल्न सुरु गरिएको फार्मका लेखापाल नवराज सापकोटाले बताए ।

कृषि र पशुपालनको कामलाई व्यवस्थित ढङ्गले व्यावसायिकता प्रदान गर्ने उद्देश्यले सुरु गरेको फार्ममा बर्खाका कारण सामान ढुवानी गर्न र आवश्यक दाना लानसमेत समस्या भएको सापकोटाले बताए । ठाउँ उपयुक्त भएकाले सुरु गरेको फार्मलाई थप व्यवस्थित गर्न त्यहाँ पुगेको विद्युत् प्रसारण लाइनको क्षमता कम भएकाले दाना बनाउने मेशिन नचलेर थन्क्याउनु परेको बताउँदै त्यसका लागि वडा कार्यालय र विद्युत् प्राधिकरणसँग कुरा भइरहेको उनले बताए ।

थप समाचार – अफगानिस्तानबाट उद्धार गरिएका थप ७२ नेपाली आज बिहान स्वदेश फर्किएका छन् । उनीहरु आज बिहान ९ः१५ बजे कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।मङ्गलबार दुई चरणमा गरी २०५ व्यक्तिलाई काठमाडौँ ल्याइएको थियो ।

अफगानिस्तानबाट लण्डन पुर्याइएका उनीहरुलाई लण्डनबाट दोहा हुँदै कतार एयरवेजको जहाजबाट आज बिहान काठमाडौँ ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।‘उनीहरुलाई होल्डिङ सेन्टरमा राखेर कोरोना परीक्षणलगायत प्रक्रिया पूरा गरी घर पठाइने छ’ उनले भने । जजिरा एयरलाइन्सको चार्टर्ड विमानबाट दिउँसो ११८ र राति ८७ नेपाली स्वदेश फर्किएका थिए ।

थप समाचार –अफगानिस्तानमा ता’लिबान पुनः सत्तामा फ’र्किएको छ । सत्तामा आउनका लागि ता’लिबानहरुले ब’र्ब’र’तापु’र्ण कार्यहरु पनि गरेको मिडिया रिपोर्टमा उल्लेख छ । हाल अफगानिस्तान पुर्ण रुपमा ता’लिवानको नियन्त्रणमा रहेको छ ।

यसैबीच एक २५ वर्षिय अ’फ्गान यु’वतीले ता’लिवानले क्रु’रतापु’र्वक आफ्नी आमाको ह’त्या गरेको रहस्य खोलेकी छन् । यी युवतीका अनुसार उक्त घ’टना १२ जुलाई २०२१ को हो । ना’जिया नाम गरेकी महिला आफ्ना तीन सन्तानका साथ उत्तरी अ’फगानिस्तानको एउटा सानो गाउँमा ब’स्थिइन् ।

ता’लिवान ल’डाकुले उनको घरमा पसेर उनको ह’त्या गरेको २५ वर्षिय छोरी म’निजाले बताएकी हुन् । १५ जना ता’लिवान ल’डाकुहरु उनको घरमा ज’व’र्ज’स्ती घु’सेका थिए । उनीहरुले खाना पकाउन द’बा’ब दिए । तर, खाना पकाउनका लागि सामाग्री नभएका कारण आमाले खाना पकाउन अस्वीकार गरिन् ।त्यसपछि तालिवान ल’डाकुले उनलाई पिट्न थाले ।

उनले भनिन्,‘ल’डाकुहरुले मेरी आमालाई एके–४७ रा’इफलले पि’टे । जब मैले रो’क्ने प्रयास गरे तब घरमा ग्रे’ने’ड फा’लिदिए । उक्त घटनामा आमाको ज्यान गयो ।’उनले अगाडि भनेकी छन्,‘म उक्त ड’रबाट अझै बाहिर आउन सकेकी छैन ।’ता’लिवान ल’डाकुको ड’र त्रा’सका कारण कैयौँले देश छो’डिसकेका छन् । तस्बिर : फाइल

थप समाचार –गायन रियालिटी सो भ्वाइस अफ नेपाल विजेता किरण गजमेरलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिएकी छिन् । बुधबार बिहान शीतल निवासमा बोलाएर भण्डारीले उनको गायन करियरको सफलताको कामना समेत व्यक्त गरिन् ।

‘राष्ट्रपतिले मलाई कार्यालयमा बोलाएर जुन सम्मान दिनुभयो यसले नेपालीभाषी भुटानीलाई खुशि तुल्याएको छ’ किरणले भने, ‘उहाँसँगको छोटो भलाकुसारीले मलाई अझै काम गर्ने उत्साह मिलेको छ ।’किरण गतसाता गायन रियालिटी सो भ्वाइस अफ नेपालको विजेता बनेका थिए । उनको विजयसँगै नेपाली भाषी भुटानी समुदायमा उत्साह फैलिएको छ ।

थप समाचार – अफगानिस्तानमा तालिबानको शा’सन कायम हुँदैछ । तालिबानले आफ्नो शा’सनकालमा सरकार प्रमुख को हुने भन्ने निर्णय गरिसकेको छैन । तर, यही बीचमा अपदस्थ सरकारका उपराष्ट्रपति अमरुल्लाह सालेहले आफूलाई अफगानिस्तानको राष्ट्रपति घोषणा गरेका छन् ।

उनले आफू अब देशको संरक्षक राष्ट्रपति हुने बताएका छन् ।समाचार एजेन्सी रोयटर्सका अनुसार उनले भनेका छन् ‘राष्ट्रपति अशरफ गनी देशभन्दा बाहिर हुनुहुन्छ । त्यसैले संविधानअनुसार अब म राष्ट्रपति हुँ । म सबैसँग स’मर्थनको लागि अपिल गर्छु । ता’लिबानले राजधानी का’बुलमा क’ब्जा गरेपछि राष्ट्रपति अ’शरफ गनी ३ दिन पहिले देश छोडेर भागेका थिए ।

राष्ट्रपति अशरफ गनी देश छाडेर भा’गेपछि त्यतिबेला उपराष्ट्रपछि अमरुल्लाह सालेहले पनि राष्ट्रपतिको साथमै देश छाडेको अनुमान गरिएको थियो । तर, उपराष्ट्रपति सालेहले आफू अफगानिस्तानमै भएको बताएका छन् । उपराष्ट्रपछि सालेह अहिले अफगानिस्तानकै पंजशीरमा भएको र त्यहाँ तालिबानवि’रुद्ध अगाडिको रणनीति बनाइँदै गरेको बताइएको छ ।

थप समाचार – एक यु’वतीले आफ्नो प्रेमीको ह’त्या गरी शवलाई आफ्नै घरको आँगनमा गा’डिदिएकी छिन्। यो घटना भारतको उत्तर प्रदेशको हो। गा’जियाबाद जिल्लाको सुल्तानपसर गाउँमा एक युवक केही दिनदेखि बे’पत्ता भएका थिए।

२१ वर्षीय मुरसलीन ११ अगस्टबाट ह’राइरहेका थिए। उनको वरिपारले खो’जीको प्रयास पनि गरे। मु’रसलीन नभेटिएपछि खोजी गरिदिन प्रहरीमा उ’जुरी दिइएको थियो। त्यसपछि प्रहरीले उनको खो’जी कार्य अघि बढायो। मु’रसलीनको मोबाइलमा ट्रे’स गरेको प्रहरी कु’ल्फी बे’च्ने पुरुषसम्म पुग्यो।

ती पुरुषसँग क’डा सो’धपुछ गर्दा उनले उक्र मोबाइल आफूलाई एक यु’वतीले दिएको बताए। ५०० सय रुपैयाँमा बे’रेर आफूलाई मोबाइल दिइएको उनले जानकारी गराए। त्यसपछि प्रहरीले यु’वतीको खो’जी शुरु गरेको थियो। तीनै कु’ल्फी बे’च्नेले प्रहरीलाई यु’वतीको घरमा लगे।

अनुसन्धानबाट ती यु’वती युवकको प्रे’मिका भएको पाइएको थियो। उनीहरु बिगत २ वर्षदेखि सम्बन्धमा थिए। प्रहरीले युवतीलाई नियनत्रणमा लिएर सोधपुछ गरेपछि युवकको ह’त्याबारे खु’लासा भयो। तीनै युवतीले मु’रसलीनको श’व आफ्नो घरको आँगनमा गा’डिएको बताएकी थिइन्।

त्यसपछि प्रहरीले खनेर युवकको श’व नि’कालेको थियो। युवतीको परिवारका अन्य सदस्यलाई पनि हि’रा’स’त’मा लिइएको छ। मु’रसलीनको ह’त्या कसरी गरियो भन्नेबारे पो’ष्ट’मा’र्ट’म रिपोर्टपछि भन्न सकिने प्रहरीको भनाइ छ। ह’त्या’को वास्तविक कारणबारे पनि यकिन भइसकेको छैन।

तर प्रारम्भिक अनुसन्धानमा युवतीको परिवारलाई उनीहरुको प्रेम सम्बन्ध स्वी’कार नभएका कारण सोही यु’वतीलाई नै प्रयोग गरी मु’रसलीनको ह’त्या गरिएको हुन सक्ने अनुमान गरिएको छ।

थप समाचार – यातायात व्यवस्था विभागले खालि कार्ड सकिएपछि लाइसेन्स छपाइ बन्द गरेको छ। अघिल्लो वर्ष बन्दाबन्दीकै बीच कार्ड छपाइ गरेर डेढ वर्षदेखि रोकिएका कार्ड बाँडेको विभागले यस वर्ष निषेधाज्ञाका बीच अन्य चाप नहुँदा पनि कार्ड छपाइको काम गर्न सकेन।

कार्ड अभाव भएपछि विभागले गतवर्ष फागुनदेखि नै नियमित लाइसेन्स छपाइको काम गर्न सकेको छैन। विभागसँग फागुनमा ३० हजार जति मात्रै कार्ड स्टक रहेपछि कार्ड छपाइको नियमित काम रोकिएको थियो। यो बीचमा अत्यावश्यक केही कार्ड छपाइ गरेकोमा अहिले करीब २० हजार मात्रै खाली कार्ड बाँकी रहेको विभागका महानिर्देशक नवराज घिमिरे बताउँछन्।

उनका अनुसार फागुनपछि विदेश जान लागेका सेवाग्राही, कर्मचारी, मिशनमा जान लागेका आर्मी, प्रहरी लगायत अत्यावश्यक परेकालाई मात्र विभागले लाइसेन्स छापेर उपलब्ध गराएको छ। हालसम्म विभागले २०२० डिसेम्बरसम्मका २० लाख कार्ड छपाइ गरेर यातायात कार्यालयहरूमा पठाइसकेको थियो।

२०२१ जनवरीदेखिका ६ लाख कार्ड छाप्न बाँकी रहेको घिमिरेले बताए। विभागले गतवर्षको बन्दाबन्दीमा मात्रै १० लाख कार्ड छापेर यातायात कार्यालयमा पठाएको थियो। तर, निषेधाज्ञाका कारण तिनको उपयोग हुन सकेको छैन। विभागले फागुनमा मात्रै फ्रेन्च कम्पनी सिल्पसँग १४ लाख नयाँ कार्डका लागि सम्झौता गरेको थियो।

यो कार्ड आउने प्रक्रिया अघि बढिसकेको विभागका महानिर्देशक घिमिरेले बताए। सोमबार मात्रै २ सय ५० कार्ड कम्पनीले परीक्षणका लागि पठाएको छ। आगामी डेढ महीनाभित्रै १४ लाख कार्ड आउने जानकारी उनले दिए।‘एक साताभित्र हामी परीक्षण गरेर अर्डर दिन्छौं,’ उनले भने, ‘अर्डर दिएको ३ महीना कार्ड उपलब्ध गराउन कम्पनीलाई समय दिए पनि हामीलाई प्रेसर भएकाले चाँडो पठाउन अनुरोध गरेका छौं।’

कम्पनीले असोज दोस्रो सातासम्म सबै कार्ड उपलब्ध गराउने प्रतिबद्धता गरेको उनले बताए। विभागले २०२० डिसेम्बरसम्मका कार्ड छापिसकेको बताए पनि १ वर्षभन्दा पहिले प्रक्रिया अघि बढाएर पनि कार्ड पनि नपाएको सेवाग्राहीले गुनासो गर्दै आएका छन्। आजको आर्थिक अभियानमा समाचार छ।

अघिल्लो वर्ष कार्ड रिन्यु गर्न दिएका अनामनगरका रवीन्द्र राजवंशीले अघिल्लो साता यातायात कार्यालय पुगे पनि कार्ड नपाएको दुःखेसो पोखे। सेवाग्राहीले कार्ड नपाएको गुनासो गर्दै आए तापनि विभागका महानिर्देशक घिमिरे भने कार्यालयमा कार्ड लिन नगएकाले वा कार्यालयको व्यवस्थापनका क्रममा केही समस्या भएको हुन सक्ने बताउँछन्।

थप समाचार – सवारी चालक अनुमतिपत्र लाइसेन्सका लागि लिइने परीक्षा थप खुकुलो बनाइएको छ । यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७’ मार्फत परीक्षालाई खुकुलो बनाएर पास हुने दर बढाउन लागेको हो ।

परीक्षाको लिखित र प्रयोगात्मक दुवै परिवर्तन गरिएको विभागका प्रवक्ता डा लोकनाथ भुषालले बताउनुभयो । लिखित परीक्षाका लागि विभागको वेबसाइटमा प्रश्न राखिएको छ । वेबसाइटमा राखिएका पाँच सय प्रश्न भित्रबाट यातायात व्यवस्था कार्यालयले २५ प्रश्न निकाल्ने प्रवक्ता डा भुषालले बताउनुभयो ।

कुन खण्डबाट कति प्रश्न सोधिन्छ भन्ने मापदण्डमा नै उल्लेख गरिएको छ । कार्यालयले त्यसैका आधारमा प्रश्न छापेर परीक्षा सञ्चालन गर्ने उहाँले बताउनुभयो । नयाँ मापदण्ड अनुसार परीक्षामा पास हुनका लागि चाहिने नम्बर पहिलेभन्दा लिखित परीक्षाका लागि बढाइएको छ भने प्रयोगात्मक परीक्षाका लागि कम गरिएको छ ।

पहिले प्रयोगात्मक परीक्षामा सहभागीले शतप्रतिशत अङ्क ल्याउनुपर्नेमा अहिले ७० ल्याए पुग्छ भने लिखित परीक्षामा पहिले ५० प्रतिशत उत्तीर्ण अङ्क थियो भने अहिले त्यसलाई बढाएर ६० बनाइएको छ । परीक्षार्थीलाई सजिलो बनाउनका लागि प्रयोगात्मक परीक्षामा पास गर्न चाहिने नम्बर कम गरिएको हो ।

नेपालमा सवारी चालककै कारणले दु’र्घटना बढेको भन्दै परीक्षा प्रणाली थप क’डा हुनुपर्ने विषय उठिरहँदा विभागले भने यसलाई खुकुलो बनाउन लागेको छ ।चालकको व्यवहारका कारण दु’र्घटना हुने र दु’र्घटनाको परीक्षा प्रणालीमा सम्बन्ध नहुने विभागका प्रवक्ता डा भुषालले बताउनुभयो ।

परीक्षा प्रणाली कमजोर हुँदा दु’र्घटना बढी हुन्छ भन्ने कुनै पनि अध्ययनले नदेखाएको उहाँले बताउनुभयो । दु’र्घटना चालकले नजानेर वा हे’लचेक्र्याइको कारणले हुने गरेको छ । चालकले मा’दक प’दार्थ खा’एर सवारीसाधन चलाएर दु’र्घटना भएको पाइन्छ ।

उहाँले भन्नुभयो, “कुनै पनि चालकले आफू परिपक्व नभइ सडकमा जाँदैन, ज्यानको माया सबैलाई हुन्छ ।” विभागले मापदण्ड लागू गरिसकेको भए पनि अहिले यातायात कार्यालय ब’न्द भएकाले खुल्नासाथ परीक्षा नयाँ प्रणालीमा लिइनेछ । मापदण्ड जेठदेखि लागू गरिएकोमा साउनमा केही संशोधन गरिएको थियो ।

थप समाचार – नक्कली नोटको विगविगी देशभर फैलिएको छ । हरेक बैंकदेखि पसलसम्म नक्कली नोटहरु छ्याप्छ्याप्ती बन्दै गर्दा यस्ले निम्त्याउन सक्ने समस्या पनि जटिल बन्दै गएको छ । नक्कली नोटलाई छेक्न र रोक्न बैंकहरुले विशेष सुरक्षा सतर्कता अपनाइसकेका छन् ।

तर सर्वसाधारण र पसलहरुलाई यो चिन्न र छेक्न गाह्रो छ । यस कारण पनि धेरै पसले तथा सर्वसाधारण फसिसकेका छन् । सक्कली र नक्कली छुट्याउन निकै गाह्रो पर्ने हुँदा यसबारे सरोकारवाला निकायहरुले सचेतना सम्बन्धी कार्यक्रमहरु नै गर्नु पर्ने आवाज पनि समय समयमा उठ्दै आएको छ ।

बैकिङ साक्षरताको अभावमा आम सर्वसाधारण र व्यापारीहरुले नक्कली नोट चिन्ने अवस्था छैन । खुला सीमाना त्यसमाथि भारतका बिभिन्न शहरमा हुने नक्कली नोटको उत्पादन हुँदा त्यहाँ नेपाली नोटहरुको उत्पादन पनि हुँदै आएको छ । विहारमा नक्कली नेपाली नोट छाप्ने कारखाना नै रहेको पनि बताइन थालेको छ ।

यसै क्रममा हालै रौतहट प्रहरीले ठूलो परिमाणमा नक्कली नोट बरामद गरेको छ ।रौतहट प्रहरीका लागि ठूलो सफलता मानिएको यो घटनापछि तराईका सीमावर्ति क्षेत्रमा थप सजगता आवश्यक भएको छ । भारतमा छापिएको ९ लाख बढी नक्कली नेपाली रुपैयाँसहित रौतहट प्रहरीले ३ जना नेपालीलाई पक्राउ गरेपछि भारतमा नक्कली नेपाली नोटको उत्पादन भइरहेको समेत छर्लङ्ग भएको छ ।

गत सोमबार रौतहट प्रहरीलाई ठूलो सफलता मिल्यो । नक्कली नोटलाई कडाई साथ निगरानी गरिरहेको रौतहट प्रहरीले ९ लाख ९३ हजार नक्कली नोटसहित ३ जनालाई पक्राउ गर्न सफल भयो । जिल्ला प्रहरी कार्यालय रौतहटले भारतबाट नेपाल ल्याउँदै गरेको नक्कली नोटसहित सोमबार तीन जनालाई पक्राउ गरेको हो ।

नेपालमा एकैपटक यति धेरै नक्कली नोट बरामद भएको पहिलो पटक हो ।सोमबार दिउँसो २ बजेको समयमा प्रहरी चौकी मठिया महुलियाबाट खटिएको प्रहरी गस्ती टोलीले गाडी रोकेर चेकजाँचगर्ने क्रममा तीन जनालाई पक्राउ गरेको हो । धनुषाको बटेश्वर गाउँपालिका– ४ बस्ने ३८ वर्षका शत्रुधन बरई ठाकुर, महोत्तरी बर्दीबास नगरपालिका– ९ का ३० वर्षका रञ्जीत महतो, महोत्तरीकै भंगाहा नगरपालिका– ४ का २५ वर्षीय दीपेन्द्रकुमार महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

बिहारमै सो नक्कली नोट छापिएको सूचना प्रहरीले पाएको छ । प्रारम्भिक अनुसन्धानमा नक्कली नोट फोटोकपी मेसिनबाटै बनाइएकोजस्तो देखिएको प्रहरीले जनाएको छ ।प्रारम्भिक अनुसन्धानमा उनीहरू भरिया मात्र भएको पाइएको र यसका मुख्य नाइकेमाथि अनुसन्धान भइरहेको रौतहटका प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार ग्रामीण क्षेत्रमा लगेर उनीहरूले नक्कली नोट फैलाउन खोजेको देखिन्छ ।सो गिरोहले पहिला पनि यसरी नक्कली नोट नेपाली बजारमा फैलाइसकेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । ठूलो परिमाणमा नोट बरामद हुनुले यसमा ठूलै गिरोहको संलग्नताको आशंका गरिएको छ ।

रौतहट जिल्लाको ३२ किलोमिटर सीमा भारतसँग जोडिएको छ ।कोरोनाको काराण नेपाल भारत सिमानाका बन्द भएपनि खुल्ला सीमाको फाइदा उठाउँदै मानिसहरुको नेपाल भारत सहजै आवागमन भइरहेको छ । खुल्ला सिमाकै कारण तस्करी र अ’पराधिक क्रियाकलाप पनि सहज भएको छ ।

सो समुहले यस अघि कति नक्कली नोट नेपालको कुनकुन स्थानमा पु¥याएको प्रहरीको अनुसन्धानपछि खुल्दै जाने प्रहरीको विश्वास छ ।यसरी एकपटक बजारमा पुगिसकेको नक्कली नोट ट्रेस गर्न असम्भव जस्तै रहेको छ । सामान्य मानिसले नक्कली चिन्ह मुस्किल हुने गरी तयार पारिएको छ ।

आफुहरुले पनि बेलाबेलामा नक्कली नोटको सामना गर्नु परेको तर बैंकमा पुगिसकेपछि मात्र थाहा पाएको एक व्यापारीको अनुभव छ ।झट्ट हेर्दा सक्कली र नक्कली नोट छुट्टाउन आम सर्वसाधारणले सक्दैनन् । ती नोट बैंकमा जम्मा हुन गइसकेपछि फेक नोट डिटेक्टर मेसिनको सहायताले छुट्टाउन सकिन्छ ।सो मेसिनमा सक्कली नोट राख्दा नोटमा रहेका हिमाल र नम्बरहरु टल्कने अनि नक्कली नोटको भने सबै टल्कने हुन्छ ।

तर आम सर्वसाधरणहरुसँग त्यस्ता मेसिन नहुँदा भने कसरी छुट्टाउने भन्ने ठोस कुनै आधार छैन् ।यसरी समातिएकाहरु भरिया मात्र भएको पाइएकाले चाडैँ नै यसका मुख्य नाइकेमाथि समातिनु पर्ने स्थानीयको माग छ । उनीहरु नक्कली र सक्कली नोट चिन्न वैकिङग साक्षरता कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउछन् ।

थप समाचार –धरान उपमहानगरपालिकामा १० दिन लकडाउन हुने भएको छ। नगर प्रमुख तिलक राईको अध्यक्षतामा मंगलवार सम्पन्न कार्यपालिका बैठकले समुदायस्तरमै को’रोना फैलिएको भन्दै पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो।

को’रोना संक्रमणको ‘चेन ब्रेक’ गर्न भदौ ४ देखि १३ गतेसम्म कडाइका साथ लकडाउन गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ। यसअघि धरानका राजनीतिक दलहरूले कोरोना संक्रमित र मृ’त्युदर बढेको भन्दै लकडाउन गर्न संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका थिए। विज्ञहरूले समेत लकडाउन गर्न सुझाव दिएका थिए।

सोमवार प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको उपस्थितिमा आयोजना गरिएको सर्वदलीय तथा सर्वपक्षीय बैठकले धरानमा १० दिन ल’कडाउन गर्न सिफारिस गरेको थियो। प्रहरी प्रशासनसँगको समन्वयमा लकडाउन क’डाइका साथ लागू गर्ने र यसको कार्यान्वयनका लागि सबै वडाका टोल विकास समितिसमेत परिचालन गर्ने निर्णय नगरपालिकाले गरेको छ।

लकडाउनको समयमा औ’षधि, अत्यावश्यक खाद्यवस्तु र दुग्ध पदार्थमात्र विक्रीवितरण गर्न पाइनेछ। यस्तै, प्र’भावकारी अनुगमनको व्यवस्था मिलाउने, पीसीआर टेष्ट, एन्टिजेन टेस्टको दायरा बढाउने निर्णयसमेत बैठकले गरेको छ। व्यवसायीले भने लकडाउनको विकल्प खो’जिनुपर्ने सुझाव दिएका छन्।

लामो समयदेखि मारमा परेका व्यापारी व्यवसायीले अझै लकडाउनको मा’र खेप्न नसक्ने भन्दै यसको वि’रोध गरेका छन्। सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गि’रिधारी सापकोटाले अन्य शहरहरू खुला हुँदा धरानले मात्रै लकडाउन गर्नुको औ’चित्य नभएको बताए।