Jagaran Nepal बुधबार, भाद्र ०२, २०७८

काठमाडौं । नेपाली फिल्मका अभिनेता खगेन्द्र लामिछाने छोरीका पिता बनेका छन् । उनकी श्रीमति रोजिना सिटौलाले बुधबार बिहान छोरीलाई जन्म दिएकी हुन् । खगेन्द्र आफै सामाजिक सञ्जाल मार्फत बुवा बनेकोमा खुसी ब्यक्त गरेका छन् ।

उनले छोरीको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । खगेन्द्रले छोरीको तस्वीर सामाजिक सञ्जालमा राख्दै ‘यो दुनियाँमा स्वागत छ छोरी’ भनी लेखेका छन् ।

अभिनेता खगेन्द्रकी श्रीमति रोजिना आफैंमा निर्मात्री हुन् । उनले ‘पशुपति प्रसाद’ र ‘धनपति’मा लगानी गरेकी थिइन् । उनीहरुले निर्माण गरेको फिल्म ‘पानी फोटो’ रिलिजको पखाईमा छ । खगेन्द्र लामिछाने नेपाली चलचित्र क्षेत्रका नवप्रसिद्ध कलाकार हुन् ।

उनी द्वारा अभिनीत पहिलो चलचित्र बधशाला निकै लोकप्रिय रहेको थियो ।भने उनकै लेखनमा बनेको चलचित्र टलकजङ भर्सेज टुल्केमा उनी चलचित्रकै मुख्य पात्र टुल्केको रूपमा देखा परेका थिए ।