Jagaran Nepal बुधबार, भाद्र ०२, २०७८

काठमाडौ । कुनै पनि राष्ट्रसेवक पत्नीले पतिको निधनपछि जीवनभर पतिको नामको पेन्सन पाउने व्यवस्था भए पनि राष्ट्रकवि माधवप्रसाद घिमिरे पत्नी महाकाली घिमिरेले भने पतिको निधनपछि भत्ता पाएकी छैनन्।

गत वर्ष भदौमा राष्ट्रकवि घिमिरेको निधन भएपछि त्यही महिना राष्ट्रकवि र प्रज्ञा प्रतिष्ठानको आजीवन सदस्यका रूपमा पाएको ६५ हजार रुपैयाँपछि अन्य कुनै रकम नपाएको राष्ट्रकवि पत्नी महाकाली घिमिरेले गुनासो गरिन्। ‘सरकारी जागिर खाएको भए पेन्सन पाइन्थ्यो।

यत्रो समय राष्ट्रको सेवा नै गरेकाले दिनुपर्ने हो, दिएनन्’, उनले दुखेसो पोख्दै भनिन्, ‘पूरै दिएनन्, सबै कट्टी गरे।’ सरकारले जानेर दिनुपर्ने कुरा हो, दिएन। अरु के भन्नु र खै ?’ आफ्नो छोराछोरीलगायतका परिवारका सदस्यलाई माग्ने काम कतै नगर भनेर भनिदिएको पनि उनले बताइन्।

उमेरले झन्डै ८७ पुगिसकेकी महाकालीलाई बुढ्यौलीले धेरै च्यापिसकेको छ। शरीरमा सुगर, प्रेसर, थाइराइडलगायतका रोग छन्। ‘८६र८७ वर्ष भइसकें। हुन त कति वर्ष खाने हो र रु’, उनले चित्त दुखाउँदै भनिन्, ‘मानले केही पाए राम्रो हुन्थ्यो।’ अन्नपुर्णपोष्टमा रामकला खड्काले लेखेकी छन् ।