Jagaran Nepal सोमबार, साउन ३२, २०७८

काठमान्डौ : कियारा आडवाणीले छोटो समयमा धेरै नै लोक प्रियता प्राप्त गर्ने अभिनेत्रीको रुपमा चिनिन्छिन् ।उनले एक पछि अर्को गर्दै राम्रो राम्रो फिल्महरु पाउँदै गइरहेकी छिन् र आफुलाई सफल अभिनेत्रीको रुपमा उभ्याउन सफल भएकी छिन् ।सामाजिक सञ्जालमा उनलाई फलो गर्नेहरुको संख्या दिनानुदिन बढ्नुले पनि उनको लोकप्रियता चुलिदै गएको अनुमान गर्न सकिन्छ ।इन्टाग्राममा उनको ब१ करोड ७७५ लाख फलोवर्स पुगिसकेका छन् ।

उनको नशालु हेराइले धेरैलाई मोहित पार्ने गरेकी छिन् ।चलचित्र ‘कविर सिंह’ हिट भएपछि उनको माग बलिउडमा बढेको थियो । कियाराको गतबर्ष चलचित्र ‘कविर सिंह र गुड न्यूज’ सुपरहिट भए ।सुशन्त सिंह राजपूत स्टारर फिल्म ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ मार्फत् बलिउडमा आफ्नो करियरको सुरुवात गर्ने नायिका कियारा आडवाणीलाई ‘करिब सिंह’ मा उनको भूमिकाले स्टार बनाइदियो । कियारा अक्षय कुमारसँग फिल्म ‘लक्ष्मी’ मा पनि देखिएकी छिन् ।

सलमानसँग सम्बन्ध
केही समय अघि दिएको एक अन्तर्वार्तामा कियारा आडवाणीले आफ्नो आमा र सलमान खान एकसाथ हुर्किएका र राम्रो साथी भएको बताएकी छिन ।अभिनेत्री कियारा आडवाणीको फिल्म ‘शेरशाह’ यही महिनाको १२ अगस्टमा रिलिज हुने भएको छ । तर हामी उनको फिल्मको बारेमा यहाँ कुरा गर्दैनौं । यहाँ हामी सलमान खान सँग उनको सम्बन्धको बारेमा कुरा गर्नेछौं ।

हो, तपाइँ मध्ये धेरैलाई थाहा छैन होला । तर, कियाराको परिवार र सलमानको परिवार बिच धेरै राम्रो सम्बन्ध रहेको छ । केही समय अगाडि दिएको एक अन्तर्वार्तामा कियारा आफैले बताएकी छिन कि `उनको आमा र सलमान खान एकसाथ हुर्किएका र राम्रा साथी पनि हुन् ।´

कियाराका अनुसार `आफ्नो आमा र सलमान एकसाथ साइकल चलाउँथे र राम्रो साथी पनि हुन ।कियाराले यो पनि बताएकि छिन । उनकी काकी ‘शाहीन’ र सलमान खान पनि एक समयमा एक अर्कामा डेट गरेका थिए ।

कियाराका अनुसार काकी शाहीनलाई सलमान खानसँग उनकी आमाले परिचय गराएकी थिइन् । कियाराका अनुसार, यो सायद उनको काकी र सलमान खानको पहिलो सम्बन्ध थियो र उनकी काकी शाहीन सलमानकी पहिलो प्रेमिका थिइन् ।मिडिया रिपोर्टका अनुसार सलमान खान कियारा आडवाणीको सल्लाहकार पनि हुन् । उनले नै अभिनेत्रीलाई नाम परिवर्तन गर्न सल्लाह दिएका थिए । किआराले आफ्नो आगामी फिल्म ‘शेरशाह’ मा डिम्पल चीमाको भूमिका निभाएकी छिन् ।

डिम्पल चीमा परमवीर चक्र विजेता शहीद क्याप्टेन विक्रम बत्राकी प्रेमिका थिइन्, जसले कारगिल युद्धमा क्याप्टेन बत्राको मृत्यु पछि विवाह गरेनन् ।आज पनि उनी शहीद क्याप्टेन विक्रम बत्राकी विधवा जस्तै जीवन बिताइरहेकी छिन् । अभिनेता सिद्धार्थ मल्होत्रा ​​फिल्म ‘शेर शाह’ मा शहीद क्याप्टेन विक्रम बत्राको भूमिका निभाईरहेकि छन् ।