Jagaran Nepal आइतबार, साउन ३१, २०७८

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला ८९ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा एक हजारले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९० हजार ७ सय रहेको छ भने तेजावी सुनको भाउ ९० हजार २ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । हिजो चाँदीको भाउ ११ सय ८५ मा कारोबार भएकोमा आज बढेर तोलामा १२ सय ५ कायम गरिएको महासंघले जनाएको छ ।

याे पनि पढ्नुहाेस
हिजो मैले छोएको पानी नखाने मान्छेले आज मैले दिएको औषधि खालान त ? डा. राम जी को कथा

इनरुवाका भोला राम गाउँघरमा मरेका जनावरको सिनो फाल्ने काम गर्छन्। बाउबाजेदेखि गर्दै आएको यो कामले गाउँ सफा हुन्छ र स्याबासी पाइन्छ भन्ने उनलाई लाग्थ्यो। उल्टो मानिसहरू उनलाई ‘तल्लो जातको’ भनेर गिज्याउँथे। उनको मन बिझाउँथ्यो।उनलाई सडेका सिनो छुँदा त्यति घिन लागेन, जति मान्छेको व्यवहारले लाग्यो। उनी त्यसलाई न पचाउन सक्थे न प्रतिरोध गर्न।

उनलाई यत्ति लाग्थ्यो, आफूले भोगेको विभेद छोरालाई नपरोस्।यसका लागि घरको आर्थिक स्थिति कमजोर भए पनि छोरालाई स्कुल पठाउने उनले हिम्मत कसे।उनले छोरा रामजी रामलाई नजिकैको प्राथमिक विद्यालयमा भर्ना गरिदिए। त्यसअघि घरमै छोराको कखरा उतारेका थिए। अरू पनि सिकाउन चाहन्थे, तर उनले जानेकै त्यत्ति थियो।दुई कक्षा पुगेपछि रामजी प्रथम भए। त्यसबापत् उनले पुरस्कार पाएनन्, बरू पिटाइ खानुपर्‍यो।गत सोमबार काठमाडौं टेकुस्थित वंशिघाट सुकुम्बासी बस्तीमा भेटिएका रामजीले भने, ‘तल्लो जातको मान्छे किन फस्ट भयो भनेर माथिल्लो जातकाहरूले पिटे। मेरो हात नै काटियो।’

त्यसपछि स्कुलमा दलित र गैरदलितको ट्युसन छुट्टै हुन थाल्यो। पाँच कक्षासम्म रामजी प्रथम भइरहे। छ कक्षादेखि भने आधा घन्टा हिँडेर अर्को स्कुल जानुपर्ने भयो।स्कुल जान रामजीसँग चप्पल थिएन। पाइन्ट पनि घुँडामा प्वाल परेको थियो। उनी त्यही पाइन्ट तलबाट सुर्काउँदै तिघ्रासम्म पुर्‍याउँथे। यति गरेपछि घुँडाको प्वाल छोपिन्थ्यो।एसएलसी नजिकिँदै थियो। सरकारी स्कुलबाट निकै कम विद्यार्थी पास हुन्थे। आफू पनि फेल हुन्छु कि भन्ने रामजीलाई थोरै डर थियो। तर उनी ६७ प्रतिशत ल्याएर एसएलसी पास भए।

घरमा खुसियाली छायो। बुवाको छाती चौडा भयो।
एसएलसीपछि साथीहरू कोही जनकपुर, कोही हेटौंडा, कोही काठमाडौं त कोही पोखरा जाँदै थिए। रामजीलाई पनि बाहिर गएर विज्ञान पढ्ने इच्छा थियो। घरको आर्थिक स्थिति उनले बुझेका थिए। तै पनि बुवासँग एकपटक कुरा गर्न मन थियो, तर आँट गर्न सकेका थिएनन्।एकदिन बुवा खेतमा काम गर्दै थिए। रामजी छेउमा रहेको कोदाली समातेर बुवालाई सघाउन थाले र यही मौकामा भने, ‘बुवा सबै साथीहरू बाहिर पढ्न जाँदैछन्, म पनि जान्छु नि।’

बुवाको जवाफ थियो, ‘हेर साइन्स पढ्न किन बाहिर जानुपर्‍यो? यहीँ गरुँडामा पढ्दा भइहाल्छ नि। काठमाडौंमा पढ्नेले पनि उही किताब पढ्ने त हो!’
बुवाको कुरा उनले नकार्न सकेनन्।गरुँडामै पढ्ने त भने, तर कोठा पाउन मुश्किल पर्‍यो। चमार भन्ने जानेपछि कोही पनि कोठा दिन तयार नहुने!मैले आफ्नो जात नै ढाँट्न थालेँ। म आफूलाई यादव हुँ भन्थेँ। हाम्रोतिर यादवलाई धेरै मान्यता दिन्छ,’ रामजीले भने, ‘कसरी कसरी थाहा पाइहाल्थे, त्यसपछि फेरि अर्को कोठा खोज्नुपर्थ्यो।’

क्याम्पस पढ्दा पनि पाइला पाइलामा विभेद भोगेको अनुभव उनी सुनाउँछन्। एकदिन गाउँका पण्डित बाजे अरूको हातमा धागो बाँध्दै थिए। रामजीलाई पनि बाँध्न मन लाग्यो। उनले आफ्नो नाडी पण्डितसामु तेर्स्याएका मात्र के थिए, पण्डितले उनलाई धपाइदिए।‘त्यसपछि मैले मन्दिर र मेलामा जानै छाडिदिएँ,’ उनले भने, ‘मलाई मेला नगएको देखेर साथीहरू यसको बुवाले पैसा दिँदैन कि क्या हो भनेर गिज्याउँथे। म त्यो सहेर बस्थेँ।’

गाउँमा उनीहरूलाई ‘चमार नहोइ हमार’ भनेर गाली गरिन्थ्यो। यी सब सुन्दा उनी मन दह्रो पारेर अठोट लिन्थे, ‘एकदिन म पनि केही गरेर देखाउँछु।’यसबीच उनले एउटा घरमा बल्लतल्ल बस्ने बन्दोबस्त मिलाए। दलित समुदायको भएकाले कलेजबाट ५० प्रतिशत छुट पाए। बाँकी शुल्क ‘आइएलओ’ संस्थाले तिरिदियो।