Jagaran Nepal शनिबार, साउन ३०, २०७८

धनगढी। कैलालीको भजनी नगरपालिका ३ काँडा गाउँमा वयस्क गोही प्रवेश गरेपछि स्थानीय त्र’ सित भएका छन् । काँडा नदीबाट गोही गाउँ पुगेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

करिब ढाइ फिट लामो मगर गोही एक कुन्टल सम्म रहेको प्रहरीको दाबी छ। केहि घण्टा पछि सब डिभिजन कार्यालय भजनीले गोहीको सकुशल उद्धार गरेको संरक्षणकर्मी विजयराज श्रेष्ठले बताए। काँडा खोलामा पानीको सतह बढेपछि गोही गाउँ छिरेको हुन सक्ने उनले बताए । सब डिभिजन कार्यालय र संरक्षणकर्मीको सक्रियतामा मोहना र पथरैया नदीको दोभानमा गोही छोडिएको उनले बताए ।

भजनी नगरपालिकाको टिपरबाट गोहीलाई नदीमा लगिएको हो। समयमै गोही गाउँ छिरेको थाहा पाएका कारण मानवीय क्षति हुन बाट बचेको उनको भनाइ छ । बर्सातको समयमा नदीमा पानीको बहाव बढ्दा गोही तथा वि षालु सर्पहरू गाउँ पुग्ने गरेका छन् ।