Jagaran Nepal शुक्रबार, साउन २९, २०७८

कैयौं पटक खानपान र स्वास्थ्यको ख्याल र सावधानी गर्दा गर्दै पनि परिवारमा कोहि न कोहि बिरामी परिरहने हुन्छ ? यदि हुन्छ भने यसकालागि घरको वास्तु दोष जिम्मेदार हुने वास्तु शास्त्रको मान्यता छ । मान्यता अनुसार यो वास्तुमा हुने कमीका कारणले हुने गर्दछ । यस्तोमा वास्तुसंग जोडिएको समस्याले रोग बीमार बढाउने भएकाले यसको पिछा छुटाउन केहि उपाय गर्नुपर्ने वास्तु शास्त्रको मान्यता छ ।

१. यदि घरको मुख्यद्धार (ढोका) अगाडी कुनै खाडल भए यसले समेत वास्तु दोष बढाउँछ । तसर्थ यस्ता खाडल तत्काल पुर्नु पर्ने वास्तुको मान्यता छ ।

२. घरको मुख्यद्धार सदैव सफा सुग्गर राख्नु पर्दछ अन्यथा परिवारका मुखिया समेत अन्य सदस्य शारीरिक र मानसिक रोगको शिकार हुने वास्तुको मान्यता छ ।
३. घरको मध्य भाग (ब्रह्मस्थान) सम्भव भए अनुसार खाली राख्नु पर्दछ । अन्यथा यहाँ कुनै भारी सामाग्री राखेमा वास्तु दोष हुने वास्तुको मान्यता छ ।
४. वास्तुको मान्यता अनुसार घरको बीच भागमा सीढी हुनु शुभ मानिदैन । यसले वास्तु दोष हुने गर्दछ । तसर्थ सीढी सधै किनारामा हुनु पर्दछ ।

५. उत्तर पूर्व दिशा (ईशान कोण) देवताको स्थान भएकाले यस दिशामा ट्वाइलेट वा सीढी हुनु एकदमै ठुलो वास्तुदोष मानिन्छ । यस्तो भएमा परिवारका सदस्यबीच मानसिक तनाव बढ्ने र रोगले सताउने मान्यता छ । साथै देव स्थानमा बनेको ट्वाइलेटकै कारण घरका महिलामा सन्तान सुखबाट बञ्चित हुने वास्तु शास्त्रको मान्यता छ ।

६. वास्तु शास्त्र अनुसार घरको दक्षिण पूर्व दिशा (आग्नेय कोण) बाहेक अन्यत्र भान्सा हुनु हुदैँन । अन्यथा परिवारका सदस्य अधिकतर बिरामी हुने र घरमा आम्दानी भित्र्याउने व्यक्ति बिरामी हुने मान्यता छ ।
७. यदि आग्नेय कोणमा भान्सा छैन भने यस कोणमा सदैव रातो रंगको मैनबत्ती बाल्नु पर्ने वास्तुको मान्यता छ । यसले परिवारका सदस्यको स्वास्थ्य राम्रो हुने मान्यता छ ।

यो पनि पढ्नुस

यस दिशामा नराख्नुहोस् कुचो, निम्त्याउन सक्छ घरमा बर्बादी

पूर्वीय शास्त्रहरूमा मनुष्यको जीवनमा दुई कुराले प्रत्यक्ष प्रभाव पार्ने उल्लेख छ : भाग्य र वास्तु । तपाईंको भाग्य ठीक छ तर वास्तु गडबड छ भने प्रयास गरेकोभन्दा आधी फल मात्र पाइन्छ।

ईशान कोण र नैऋत्य कोणलाई ठीक राख्दा हाम्रो वास्तु ठीक हुन्छ। ईशान भन्नाले उत्तरपूर्वी कोण हो । यस कोणमा अपवित्र वस्तुहरू अनि फोहोरहरू नराख्नुहोला। भारी वस्तु जस्तै फलाम आदि पनि नराख्नुहोला । यस दिशामा बिर्सेर पनि शौचालय नबनाउनुस्।

यसो गर्नुभयो भने घरमा कलह, सन्तान अपांग हुने अनि वंश वृद्धिमा समस्या, दुष्चरित्रता र दीर्घरोगको समस्या हुन्छ। दरिद्रताले घरलाई छोप्छ । यो कुनामा प्वाल, भग्नावशेष र भान्साघर पनि बनाउनु ठीक हुन्न ।

पत्याउनु हुन्न भने ईशान कोणमा कुचो राखेर हेर्नुस् त । बेलुकासम्ममा तपाईंको कसै न कसैसँग झगडा हुन्छ।यो कुनामा मन्दिर बनाउनुस् र भगवानलाई स्थापित गर्नुस् । घरमा चाहे प्राकृतिक वर्षाको वा कृत्रिम जलको प्रवाह होस्, सधैं उत्तरपूर्वी कोणमा राख्नुस् । यो कोण यथासम्भव खाली, स्वच्छ र सफा हुनुपर्छ । घरको प्रत्येक कोठामा ईशान कोण खाली राख्नुस्।

ईशान कोणमा इनार ना नहर भयो भने त्यहाँको जमीन हराभरा हुन्छ । विद्यालय छ भने बच्चाहरू सफल हुन्छन्, अस्पताल छ भने बिरामी छिटो ठीक हुन्छन्, व्यापारी धनी र सम्पन्न हुन्छन् । होटेल होस् वा बहुतल्ले भवन, फ्याक्ट्री होस् वा व्यापारिक कम्प्लेक्स ईशान कोणको रक्षा गर्नुपर्छ।