Jagaran Nepal बिहिबार, साउन २८, २०७८

फिल्म हेर्दा होस् या किताव पढ्दा । कसैसँग कुराकानी गर्दा नै किन नहोस्, कोही व्यक्ति यस्ता हुन्छन् भावनात्मक विषयमा आँसु झारिहाल्छन् । फिल्मका इमोशनल दृश्य हेर्दा यस्ता व्यक्तिको आँखामा आँसु देखिहालिन्छ । केटाले रुँदा धेरैले ‘केटा भएर पनि रुन्छन् ?’ भन्छन् भने केटीले रुँदा सम्झाउने कोशिष गरिन्छ ।

भावनात्मक कुरा गर्दा आँसु झार्ने व्यक्तिलाई कमजोर मुटु भएको भनेर चित्रित गरिन्छ । तर यसमा सत्यता छैन ।

जो व्यक्ति भावनात्मक कुरा गर्दा रुन्छन्, उनीहरु भावनात्मक रुपमा अरु व्यक्तिभन्दा राम्रा हुन्छन् । साथै यस्ता व्यक्तिको स्वभाव पनि धेरै राम्रो हुन्छ । यदि तपाईं पनि यस्ता व्यक्तिमा पर्नुहुन्छ भने यसमा शरम मान्नुको अर्थ छैन । यो तपाईंभित्र एक राम्रो गुण भएको संकेत हो ।

जो व्यक्ति रुन्छन्, त्यस्तालाई कहिल्यै पनि कमजोर सोच्नुहुँदैन । यस्ता व्यक्ति यो सोच्दैनन् कि सबैको अगाडि रुँदा अरुले के सोच्लान ? न त उनीहरु आफूलाई कमजोर नै ठान्छन् । जो एक राम्रो वानी हो ।

भनिन्छ कि रुनु तनाव भागउने सबैभन्दा उत्कृष्ट उपाय हो । यदि तपाई तनावमा हुनुहुन्छ र त्यसलाई दूर गर्न सकिरहनु भएको छैन भने तपाईको मनमा नकरात्मक कुराले बढी स्थान लिन्छ । जसका कारण तपाईं विभिन्नखाले रोगको चपेटमा पनि आउन सक्नुहुन्छ । यसकारण तनावका बेला केही समय रुनुहोस्, जसले तपाईको मन हलुको हुनेछ ।

यो पनि पढ्नुस

मोबाइलमा कुन केटासंग बोलेको भनेर आमाले प्रश्न गरेपछि छोरीले आमालाई दिएको त्यो ध’क्का

आमाले धेरै मोवाइलमा नभुल्नु भनेर सम्झाउँदा घर छो’डेर हिँडेकी एक किशोरीलाई प्रहरीले भारतवाट उद्दार गरेको छ । उनी आफै भारत पुगेकी थिइन् । भारतमा कोठा लिएर बसेकी किशोरीलाई अर्की एक महिलाले २० हजार भारुमा बे’चिदिएकी थिइन् । मोरङ स्थायी घर भएकी किशोरी का बुवा आमा चिया पसल चलाउँथे । तर किशोरी भने एक जना युवकसंग फोनमा निकै धेरै कुरा गरिरहन्थिन् ।

आमाले आफुले भनेको नमानेपछि बुलालाई भनिदिन्छु भनेर सम्झाउंदा उनी घर छोडेर हिँडेकी थिइन् । उनको प्रेमी भनिएका ति युवकलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेपछि किशोरी भारतमा रहेको खुलेको थियो । यद्धपी किशोरीलाई भारत पुर्याउनेमा ति युवकको हात भने छैन ।

युवकलाई भारतवाट आएको फोनका आधारमा प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । तर उनलाई आएको फोन भारतकी एक माया नाम गरेकी महिलाको थियो । ति महिलाले किशोरीलाई भारतको विहारको सिमराई भन्ने स्थानमा कोठा भाडामा लिएर बसेको बेलामा फेला पारेकी थिइन् । आमासंग रि’साएर भारतको सिमराई पुगेकी ति किशोरी त्यहाँ कोठा भाडामा लिएर बसेकी थिइन् ।

मायाले किशोरीलाई डान्सबारमा काम लगाइदिन्छु भनेर फकाइन् तर उनले नराम्रो काममा लगाउन खोजेपछि उनले मानिनन् । यस्तो नराम्रो काममा लगाउन मायाले ति किशोरी लाई निकै या’ त’ ना समेत दिएकी थिइन् । त्यसको घाउ चो’ ट अहिले पनि किशोरीको श’रि’रमा छ । जति गरेपनि ध ‘न्दा मा लगाउन नसकेपछि मायाले गुडगाउँको एक च’टक देखाउने पुरुषलाई २० हजार भारुमा बे चिदिइन् ।

ति किशोरीले च’टक देखाउनेले भने आफुलाई नराम्रो नगरेको बयान दिएकी छन् । उनले राम्रा लुगा किनिदिने, डान्स गर्न लगाउने काम मात्र गराउँथे । प्रहरीले मायाको फोन कल रेकर्ड (सिडिआर) हेरेपछि बल्ल मायाले ति किशोरीलाई आफुले हरियाणाको गुडगाउँको पुरुषलाई बेचिदिएको बताएकी थिइन् । हरियाणामा बस्ने मोहम्मद मुवारक नाम गरेका व्यक्तिसँग २० हजार लिएर मायाले किशोरीलाई बेचिन् । त्यसपछि उनी मुवारकसँगै हरियाणा पुगेकी थिइन् ।

प्रहरीले ति किशोरीलाई भारतीय प्रहरीको सहयोगमा उद्दार गरेको छ । १६ वर्षीय किशोरी एक्लै बसेको देखेर मायाले उनलाई ग ल त काममा लगाउने प्रयास गरेकी थिइन् । गत वैशाख ९ गते आमाले राखेको केही पैसा बोकेर भारततर्फ लागेकी ति किशोरीलाइ प्रहरीले नेपाल ल्याएको हो । उनलाई अहिले आफन्तको जिम्मा लगाइएको छ ।