Jagaran Nepal बिहिबार, साउन २८, २०७८

“कुलमान न काकापट्टिका न आमातिरका तर पनि किन–किन आफ्नैजस्ता लाग्ने” दीपकराज गिरी
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिलाई लिएर कलाकारहरुले खुसी व्यक्त गरेका छन् । कुलमानलाई प्राधिकरणमा पुनः नियुक्ति गर्ने सरकारको निर्णयप्रति हास्य कलाकार दीपकराज गिरीले खुसी व्यक्त गरेका छन् ।

उनी सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “कुलमान न काका बाउका छोरा न आमा पट्टिका न मामा पट्टिका भने जस्ता । तै पनि किन–किन आफ्नै जस्ता लाग्ने ।”

लोडसेडिङ हुँदाका दिनहरु सम्झिँदै दीपक लेख्छन्, “उनको कार्यकाल थपियोस् भनेर एकताका खुबै कराइयो उफ्रियो ।यसको मतलब कुलमानबाहेक अरू कसैले प्राधिकरण हा,क्न सक्दैन भनेर पनि होइन । आज पनि म कहिलेकाहीँ त्यो कालो अध्यारो र चिसो रातहरु सम्झन्छु । त्यतिबेला साँझ नै नपरोस् जस्तो लाग्थ्यो ।”

करिब एक दशक नि,र,स र क,ष्ट,क,र जीवन बिताउनु परेको र त्यसबाट बाहिर ल्याउने कुलमानलाई पुनः नियुक्तिको माघ गरेको प्रसंग दीपक सम्झिन्छन् ।

“आज ती दिनहरू इतिहास भएका छन् । यिनै कुलमानको आगमन पछि हामि भावनात्मक छौं । दिमागले मात्रै होइन मनले पनि सोच्ने गर्छौं । त्यसैले त राज्यले उनको कार्यकाल थपेर एकपटक पुरस्कृत गरोस् भन्ने लागेको हो । तर त्यो त्यतिबेला सम्भव भएन ।

तर आज ढिलै भए पनि उनको पुनः आगमनले म जस्ता धेरै नेपालीलाई खुसी लागेको हुनुपर्छ,” उनी अगाडि लेख्छन्, “राम्रो काम गर्दा ढिलै भए पनि पुरस्कार पाइन्छ भन्ने राम्रो सन्देश गएको छ ।”

स्वतन्त्र नागरिकको हैसियतले सरकारको नराम्रो कामको आलोचना र राम्रो कामको ता,रि,फ गरिन्छ भन्दै उनले कुलमानको पुनः नियुक्ति जनप्रिय निर्णय भएको बताएका छन् ।

कुलमानको पुनः नियुक्तिका लागि तत्कालीन समयमा कलाकारहरुले सामाजिक सञ्जालमार्फत सरकारलाई द,बा,ब दिएका थिए ।