Jagaran Nepal बुधबार, साउन २७, २०७८

काठमाडौँ तारकेश्वरका एक पुरुषले मंगलवार आफ्नै घरमा देहत्याग गरेका छन । तारकेश्वर नगरपालिका वडा नंवर २ बसन्त कोलनीमा बस्दै आएका पुरुषले दोश्रो तलाको बरण्डाको डण्डिमा झु ण्डि एर देहत्याग गरेका हुन ।

ककनी नुवाकोटका स्थायी घर भई हाल तारकेश्वर–२ बसन्तकोलनीमा घर बनाई बसेका ४७ वर्षका दिपेन्द्र लामाले देहत्याग गरेको महानगरीय प्रहरी वृत्त बालाजुले बताएको छ ।घटनाको कारणबारे अनुसन्धान भईरहेको बृतले जनाएको छ । तस्विर स्रोत: भरत लामिछाने

नुवाकोटका केदार पौडेललाई १२ वर्ष जेल सजाय, महिलालाई ५० हजार क्षतिपूर्ति
कर णीको कसुरमा दोषी ठहर गर्दै नुवाकोट जिल्ला अदालतले विदुर नपा-१२ का १९ वर्षीय केदार पौडेललाई १२ वर्ष कैद सजायको फैसला गरेको छ।जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले आरोपित पौडेललाई कर णीको कसुरमा दोषी ठहर गर्दै सो फैसला गरेको अदालतका श्रेस्तेदार इन्द्रकुमार खड्काले जानकारी दिए।

उनका अनुसार पौडेलबाट पीडित बालिकालाई रु ५० हजार क्षतिपूर्ति भराउनसमेत फैसला भएको हो। पौडेलले २०७७ वैशाख ३० गते बेलकोटगढी नपा–५ स्थित एक ओडारमा बोलाई १५ वर्षीया महिलालाई कर णी गरेको प्रहरीले जनाएको छ।घटनाको अर्को दिन जिल्ला प्रहरी कार्यालयमा पौडेलविरुद्ध उजुरी दर्ता भएको थियो।

स्थानीयवासीले उनलाई युवती कर णी गरेको स्थानबाटै नियन्त्रणमा लिई कारवाहीका लागि प्रहरीमा बुझाएका थिए।जिल्ला अदालतले २०७७ जेठ २५ गते पौडेललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।