Jagaran Nepal बुधबार, साउन २७, २०७८

कलाकार शम्भुराज थापा ‘बखते’को ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको छ । सङ्क्रमण पुष्टि भएपछि १० दिन अगाडि अस्पताल भर्ना गरिएका थापाको स्वास्थ्यमा झन् जटिलता देखिएको कारण मंगलबार साँझबाट भेन्टिलेटरमा राखेर उपचार भइरहेको कलाकार तथा निर्देशक जीवन थापाले जानकारी दिए ।

‘१० दिन अगाडि अस्पताल भर्ना भएका थापाको मंगलबार दिनसम्म अवस्था सामान्य नै रहेको थियो’ जीवनले भने ‘मंगलबार साँझबाट श्वास प्रश्वासलगायत केही समस्या देखिएकोले उनलाई थप उपचारका लागि भेन्टिलेटरमा सारिएको हो ।’

पछिल्लो समय चर्चित सिरियल ‘हल्का रमाइलोमा’ बखते काका र ‘गोलमाल’मा खुइलीको बाको भूमिकामा देखिँदै आएका थापाले ‘भद्रगोल’, ‘मेरी बास्सै’ लगायत थुप्रै सिरियल, विज्ञापन चलचित्र, चलचित्र अभिनय गरेका छन् ।