Jagaran Nepal मंगलबार, साउन २६, २०७८

काठमाडौ । आमाले धेरै मोवाइलमा नभुल्नु भनेर सम्झाउँदा घर छो’डेर हिँडेकी एक किशोरीलाई प्रहरीले भारतवाट उद्दार गरेको छ । उनी आफै भारत पुगेकी थिइन् । भारतमा कोठा लिएर बसेकी किशोरीलाई अर्की एक महिलाले २० हजार भारुमा बे’चिदिएकी थिइन् । मोरङ स्थायी घर भएकी किशोरी का बुवा आमा चिया पसल चलाउँथे । तर किशोरी भने एक जना युवकसंग फोनमा निकै धेरै कुरा गरिरहन्थिन् ।

आमाले आफुले भनेको नमानेपछि बुलालाई भनिदिन्छु भनेर सम्झाउंदा उनी घर छोडेर हिँडेकी थिइन् । उनको प्रेमी भनिएका ति युवकलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेपछि किशोरी भारतमा रहेको खुलेको थियो । यद्धपी किशोरीलाई भारत पुर्याउनेमा ति युवकको हात भने छैन ।

युवकलाई भारतवाट आएको फोनका आधारमा प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । तर उनलाई आएको फोन भारतकी एक माया नाम गरेकी महिलाको थियो । ति महिलाले किशोरीलाई भारतको विहारको सिमराई भन्ने स्थानमा कोठा भाडामा लिएर बसेको बेलामा फेला पारेकी थिइन् । आमासंग रि’साएर भारतको सिमराई पुगेकी ति किशोरी त्यहाँ कोठा भाडामा लिएर बसेकी थिइन् ।

मायाले किशोरीलाई डान्सबारमा काम लगाइदिन्छु भनेर फकाइन् तर उनले नराम्रो काममा लगाउन खोजेपछि उनले मानिनन् । यस्तो नराम्रो काममा लगाउन मायाले ति किशोरी लाई निकै या’ त’ ना समेत दिएकी थिइन् । त्यसको घाउ चो’ ट अहिले पनि किशोरीको श’रि’रमा छ । जति गरेपनि ध ‘न्दा मा लगाउन नसकेपछि मायाले गुडगाउँको एक च’टक देखाउने पुरुषलाई २० हजार भारुमा बे चिदिइन् ।

ति किशोरीले च’टक देखाउनेले भने आफुलाई नराम्रो नगरेको बयान दिएकी छन् । उनले राम्रा लुगा किनिदिने, डान्स गर्न लगाउने काम मात्र गराउँथे । प्रहरीले मायाको फोन कल रेकर्ड (सिडिआर) हेरेपछि बल्ल मायाले ति किशोरीलाई आफुले हरियाणाको गुडगाउँको पुरुषलाई बेचिदिएको बताएकी थिइन् । हरियाणामा बस्ने मोहम्मद मुवारक नाम गरेका व्यक्तिसँग २० हजार लिएर मायाले किशोरीलाई बेचिन् । त्यसपछि उनी मुवारकसँगै हरियाणा पुगेकी थिइन् ।

प्रहरीले ति किशोरीलाई भारतीय प्रहरीको सहयोगमा उद्दार गरेको छ । १६ वर्षीय किशोरी एक्लै बसेको देखेर मायाले उनलाई ग ल त काममा लगाउने प्रयास गरेकी थिइन् । गत वैशाख ९ गते आमाले राखेको केही पैसा बोकेर भारततर्फ लागेकी ति किशोरीलाइ प्रहरीले नेपाल ल्याएको हो । उनलाई अहिले आफन्तको जिम्मा लगाइएको छ ।

यो पनि : मोबाइल फोनको बढी प्रयोगले एकाकी बन्दै बालबालिका

म्याग्दीको बेनी नगरपालिका– ७ का दिपेन पुन निद्राबाट बिउझिँने बित्तिकै टेबुलमाथिको मोबाइल हातमा लिन्छन् । मोबाइलको स्क्रिन हेरेर उनको दैनिकी शुरु हुन्छ । कक्षा ६ मा पढ्ने १२ वर्षीय पुनले मोबाइलमा के हेर्छन् त्यो त परिवारलाई पत्तो हुँदैन । उनले मोबाइल नपाउञ्जेलसम्म रिसाउने, झर्किने र खानै नखाइदिने गर्छन् । जसले गर्दा उनको परिवार पनि त’नावमा रहनुपर्छ ।

अनलाइन क्लासको बहानामा बालबालिका एक्लिदै गएका र उनीहरुको आनिबानीमा नकारात्मक परिवर्तन देखा पर्न थालेपछि अभिभावक चिन्तित बनेका छन् ।

“अहिले अनलाइन क्लासका नाममा मोबाइल, ल्यापटप र कम्प्युटरमा बालबालिका व्यस्त हुने गरेका छन्, न बोलाएको सुन्छन्, न समयमा खाना खान्छन्, अनलाइन क्लासमा पनि ज्वाइन नभएको भनेर विद्यालयबाट अभिभावकलाई फोन आइरहन्छ”, बेनी मङ्गलाघाटका अभिभावक तिलबहादुर पुनले भन्नुभयो । “बिहान उठ्नसाथ मोबाइल नहेरी अरु कुनै काम गर्न मान्दैनन्”, बेनी नगरपालिका– ४ सिगाका अभिभावक मोहन पौडेलले भन्नुभयो,“न बाबाआमा, न साथी सङ्गती, मोबाइल पाएपछि अरु कोही पनि चाहिदैन, यस्तो पाराले त कसरी बनाउँछन् खै आजभोलिका बालबालिकाले राम्रो भविष्य ?”, पौडेलले चिन्ता व्यक्त गर्नुभयो ।

पौडेलको जस्तै चिन्ताले अहिले अधिकांश अभिभावक पिरोलिएका छन् । अनलाइन कक्षाको नाममा बिहान उठेदेखि राति ११÷१२ बजेसम्म बालबालिका मोबाइल र ल्यापटपमा घोप्टिने गर्न थालेपछि अभिभावकले आ–आफ्ना बालबालिकाप्रति निगरानी त बढाउन थालेका छन् तर परिणाम भने झन विपरीत प्राप्त भइरहेको अभिभावकको गुनासो रहने गरेको छ ।

“बिहानदेखि रातिसम्म नै मोबाइलमा व्यस्त हुन थालेपछि मैले तीन दिनसम्म बच्चाको निगरानी गरेंँ, अनलाइन क्लासमा ज्वाइन नै नभइ, पब्जी र अरु नानाभाँतिका खेल पो हेर्दोरहेछ”, बेनीका अभिाभवक सुमन सापकोटाले भन्नुभयो, “त्यसपछि सम्भाइबुझाइ गर्दा उल्टै खानै खान मानेन, रिसाउने,झर्किने पो गर्न थाल्यो ।”

म्याग्दीका प्रायः सबै अभिभावक मोबाइल फोन र इन्टरनेटले आफ्ना छोराछोरी कस्तो बाटोमा लाग्ने हुन् भन्ने कुराले चिन्तित छन् । कोरोना सङ्क्रमणका कारण भौतिकरुपमा उपस्थित भई विद्यालयमा पठनपाठन गर्ने वातावरण नभएपछि विद्यालयले अनलाइन क्लास सञ्चालन गर्ने गरेका छन् । तर, अधिकांश बालबालिकालाई अनलाइन क्लास मोबाइल खेलाउन पाइने गतिलो बहाना बनेको छ ।

शुरु शुरुमा बालबालिकालाई भुलाउन मोबाइल दिने गरेका अभिभावक पनि मोबाइलबिना अहिले बस्नै नसक्ने भएपछि तनाबमा छन् । पछिल्लो समय अभिभावकको मनमा एउटै मात्रै प्रश्न उठ्न थालेको छ–बच्चालाई मोबाइलको लतबाट कसरी छुटकारा दिलाउने?

ज्यामरुककोटकी लक्ष्मी सुवेदीले छोरी सानो छँदा घरधन्दा भ्याउनुपर्ने अवस्था भएकाले मोबाइल खेलाउन दिएर भुलाउने गर्नुहुन्थ्यो । विस्तारै विस्तारै छोरीलाई मोबाइल खेलाउने बानी भयो । अहिले मोबाइल भएपछि आमाबुबा, साथीभाई नै भुल्ने र कोठाबाट बाहिर निस्कन नमान्ने जस्ता क्रियाकलाप गर्न थालेपछि आफू आजित बनेको लक्ष्मीले सुनाउनुभयो ।

बालबालिकामा विकसित हुँदै गएको एकलकाँटे प्रवृत्तिको असर दीर्घकालसम्म पर्ने भएकोले यसतर्फ अभिभावक सचेत रहनुपर्ने समाजशास्त्री तथा बाल मनोविज्ञानका जानकारको राय रहेको छ । पछिल्लो समय अभिभावकको व्यस्त जीवनशैली र प्रविधि प्रयोगका कारण बालबालिका समाजमा घुलमिल हुन नचाहने, एकान्तमा बस्न रुचाउने जस्ता आनीबानी बढ्न थालेको बालरोग चिकित्सक डा मीना शाक्यले बताउनुभयो । मोबाइल फोन भेटेपछि घण्टौंसम्म एक्लै बस्ने, कोसँग कस्तो व्यवहार गर्ने, कसरी बोल्ने जस्ता संस्कार बालबालिकामा हराउँदै गएको अभिभावकको गुनासो छ ।