Jagaran Nepal मंगलबार, साउन २६, २०७८

विराटनगर । ८ दिन अघिदेखि हराएकी उदयपुर त्रियुगा नगरपालिका-६ की १६ वर्षीया क्रिष्टिला चौधरीको श व घरनजिकै मोहनपुर जंगलमा फेला परेको छ ।

उदयपुर जिल्ला प्रहरी प्रमुख शुभाषचन्द्र बाेहाेराले सडेकाे अवस्थामा शव फेला परेकाे जानकारी दिए । साउन १९ गते स्थानीयवासीले जंगलमा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । शव फेला परेकाे एक साता भइसके पनि घटना सार्वजनिक गरिएकाे थिएन । क्रिष्टिला स्थानीय देउरी माविमा कक्षा १० मा अध्ययनरत थिइन् । बालिकाको कर णी पछि ह’ ‘त्या भएको हुन सक्ने आंशका गरिएको छ ।

‘केहि शंकास्पद कुरा पनि पत्ता लागेका कारण अनुसन्धान भइरहेको छ’ बोहोराले बताए । घटनामा स’लग्न रहेको आशंकामा तीन जनलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ । त्रियुगा नगरपालिका–६ का वडाध्यक्ष निर्मल चौधरीले बालिकाको कर णीपछि हत्या भएको हुनसक्ने बताए । शव भेटिएको भोलिपल्ट मात्रै अभिभावकले आफूलाई छोरी हराएको जानकारी गराएको चौधरीले बताए ।