Jagaran Nepal सोमबार, साउन २५, २०७८

अनलाइन प्रणालीको उत्घाटन गर्दै बाग्मति प्रदेस भौतिक पुर्बाधार बिकास मन्त्रालाएका सचिव सन्जिब बरालले ब्लुबुक बोकेर हिड्नुपर्ने झन्झटबाट मुक्त भएको बताए !उनका अनुसार अब राजस्व भुक्तानी पछी प्राप्त हुने क्युआर कोडका आधारमा ट्राफिक प्रहरीले मोबाइल एपको प्रयोग गरी भुक्तानी बिवरण चेकजाच गर्न सकिने उनले बताए !

जसका लागि सेवाग्राहीले राजस्व भुक्तानी पछी प्राप्तहुने उक्त क्युआरकार्ड हुन्छ सोहि क्युआरकार्ड लाइ स्क्यान गरी ट्राफिकले ब्लुबुक चेकजाचगर्ने र सेवाग्राही को सम्पुण जानकारी लिन सक्ने छन् !

यो संगै अब लाइन बस्नु पर्ने बाद्यता हटेकोछ !सेवाग्राहीले एकपटक भने यातायात कार्यलय पुग्नुपर्ने हुन्छ !तेसपछी दोस्रोपटकबाट सबै सेवा अनलाइन बाट लिन सकिनेछ !

टिए अईएस सिस्टमले अनलाइन बाट राजस्व तिर्न, ब्लुबुक र लाइसन्स नबिकरण ,चेकजाच लगायत सम्पूर्ण कामकारबाही अन्लाइन्बाट हुने सेवा उपलब्ध गराएकोछ !