Jagaran Nepal शनिबार, साउन २३, २०७८

पुजा आकाश रंगिन दुनियामा कुनै नौलो जोडी होईनन । कतिपय त उनिहरु रिल लाईफमा मात्र नभई रियल लाईफमा पनि जोडी भएको बताउछन् । संयोग भनौ या अरु नै ब्रेकअपको हल्ला चलेर सेलाउन नपाउदै यो जोडीले एउटै गाडी किनेर मिडिया तताईरहेका छन् ।

कुन कम्पनीको कार –दुबै जनाले एउटै मोडलको हुन्डाई कम्पनीको क्रेटा गाडी किनेका हुन् । नेपालमा यसको मूल्य ७० लाख भन्दा बढी पर्न जान्छ । दुबैले एउटै कम्पनीको गाडी किनेपनी पुजाको चक्लेटी कलरको छ भने आकाशको सेतो कलरको छ ।

आकाश श्रेष्ठले कार किनेको फोटो, भिडियो बाहिरिए पछि पुजाले पनि कार किनेको फोटो, भिडियो बाहिरिएको थियो ।नेपाली सिने क्षेत्रका कलाकारहरुले कार किन्नु कुनै नौलो कुरा होईन तर निकै रुचाईएको जोडी, पछिल्लो समयको ब्रेकअपको हल्लाले गर्दा २४ घन्टाको फरकमा दुबैले एउटै मोडलको कार किन्नु चाहिँ रोचक बिषय बन्यो ।

यसभन्दा अघि आकाशको कार –युवा पुस्तामा निकै रुचाईएका आकाश श्रेष्ठले मोडलिङ बाट करियर सुरु गरेका थिए । उनले धेरै म्युजिक भिडियो र चलचित्रमा काम गरिसकेका छन् । आकाशले यस भन्दा अघि हुण्डाईको कार चलाउथे । जसको मूल्य ३५ लाख भन्दा माथी पर्छ ।

यसभन्दा अघि पुजाको कार –अभिनयका साथसाथै ‘म यस्तो गीत गाउँछु’ चलचित्र निर्माण गरिसकेकी अभिनेत्री पूजा शर्माले यस भन्दा अघि पनि हुन्डाईकै कार चलाउथिन । पूजाको यो कारको मूल्य ३४ लाख पर्छ ।

आमालाई सप्राईज –आकाश र पुजा दुबै जनाले कार किन्दा स्वरुममा आफ्नो आमालाई पनि लगेका थिए । स्वरुममा आफुले खरिद गरेको कारको अगाडि आ- आफ्नो आमाको साथमा केक काटेर दुबै जनाले खुशियाली साटासाट गरेका थिए । पुजाको साथमा भने केही साथिहरु पनि थिए ।

संयोग कि प्रतिस्पर्धा –पुजा र आकाश दुबै जना राम्रो साथी बाहेक अरु कुनै सम्बन्ध नरहेको बताउदै आएका छन् । पछिल्लो समय ब्रेकअपको हल्ला पछि पनि संगै म्युजिक भिडियो र अन्तर्बार्तामा देखिए । दुबै जनाले अभिनय गरेको ‘धर्ती आकाश’ गीत निकै हिट बन्यो । गीत आफैमा राम्रो थियो त्यसमा मसला बन्यो ब्रेकअपको हल्ला ।

पुजाले भन्दा १ दिन अघि आकाशले गाडी खरिद गरेको हुन् । तर रमाईलो त यो छ कि आकाशको भन्दा पुजाको गाडी नम्बर अगाडि छ । यसरी दुबैजनाले रातारात एउटै कम्पनिको गाडी किनेर प्रतिस्पर्धा गरेका हुन् या संयोग मिलेको हो त्यो उनिहरुलाई नै थाहा होला तर हाम्रो तर्फबाट दुबैजनालाई बधाई तथा शुभकामना ।