Jagaran Nepal शनिबार, साउन २३, २०७८

के तपाइलाई थाहा छ ? विभिन्न औषधि चाहे त्यो नयाँ अविष्कारका लागि होस् तथा गुण अवगुण पत्ता लगाउनको लागि होस् सबै जसो अनुसन्धानमा प्रयोगका लागि मुसा नै रोज्ने गरिन्छ | तर अहिले सम्म धेरै जसोलाई थाहा छैन कि किन अनुसन्धानका लागि मुसा नै अनुसन्धान कर्ताहरुले रोज्ने गरेका हुन् ? के छ यसको वास्तविक कुरो ? सबै मुसाहरु भन्दा पनि अनुसन्धान लागि प्रयोग हुने मुसा प्राय ‘मुस मुस्कुलुस’ भन्ने प्रजातिको हुन्छ । जसमा २३ हजार प्रोटोन कोड गर्न सकिने जीन हुन्छ।

अनुसन्धानका लागि मुसा रोज्नुका कारणहरु :== मुसाको आयु औसतमा २ बर्षको हुन्छ | छोटो आयु भएका कारण अनुसन्धानकर्तालाई मुसाको बढिरहेको उमेरसंगैको हरेक अन्तरलमा अनुसन्धान गर्न सजिलो हुन्छ । मुसाहरु लोसे र लाटा हुने भएकाले उनीहारुलाई सम्हाल्न सजिलो हुन्छ। मुसाहरु किन्नका लागि धेरै खर्च लाग्दैन। मुसाहरुको खानेकुराको जोहो गर्न ठूलो कस्ट उठाउनु पर्दैन। मुसाको र मानिसको एनाटवमी, फिजियोलोजी र् जेनेटिक्स उस्तै हुन्छ। जसले अनुसन्धान गर्न सजिलो बनाउँछ।

मुसाहरु प्राय: १९-२१ दिनभित्र नै नयाँ सन्तान दिन सक्छन् । जसले गर्दा अनुसन्धानकर्ताले मुसाको २ या ३ पिढीहरुको अनुसन्धान एकैचोटी गर्न सक्छन । मुसाको जेनेटिक बनावटलार्इ फेरबदल गर्न सजिलो हुन्छ। जसले गर्दा अनुसन्धानमा फाइदा पुग्छ। मुसाहरु नयाँ वातावरणमा सजिलै घुलमिल हुन सक्छन्। तर अनुसन्धानकर्ताले मुसालाई कसरी आफ्नो अनुसन्धानमा प्रयोग गर्छ त्यो भने कुराले पनि महत्वपूर्ण स्थान राख्दछ ।

एउटा रोचक अनुसाधनको प्रसङ्ग: == एउटा सानो फलामको बाकस, केही खानेकुरा, बस्ने सानो ठाउँ, अनी अन्धकार | मुसाको लागि भुइँ अनि छत दुवै फलामको | ह्यानो वुर्बेल युनिभर्सिटी अफ गिसेन जर्मनीका एनिमल विह्याभिएरका प्राध्यापक हुन्। उनले एउटा रोचक अनुसन्धान गरे । उनलार्इ लाग्यो मुसामा अनुसन्धान गरिरहेका अनुसन्धानकर्ता जब आफ्नो घर फर्कन्छन्, त्यसपछि मुसा गर्छन् ? उनले एउटा ल्याबमा २४ घण्टाको भिडियो बनाए । त्यो भिडियो हेरेपछि उनी चकित परे । किनिक त्यहाँ मुसाले अचम्मका व्यवहारहरु देखाइरहेका थिए।

केही मुसाले फलाम टोकिरहेका थिए । केहीले फ्यान घुमाइरहेका थिए । केही फलाममा झुन्डिरहेका थिए । केहीले उल्टोसुल्टो फड्को मारिरहेका थिए। त्यसपछि उनले भने – हामीले लिएको मुसा सामान्य नभइ असामान्य पो हुन् कि ? उनले प्रश्न गरे– के अनुसन्धानमा प्रयोग भएका सवै मुसा सद्दे छन् त ?

उनी थप्छन्– अब उही पुरानो खालको ल्याब र तरिकाबाट उत्कृष्ट परिणाम आउँछ भन्न सकिदैन । सधैं मुसालार्इ एकै प्रकारको वातावरणमा राख्दा परिणाम पनि पहिलेको जस्तै नआउला र ? भीए मेडिकल सेन्टरकका विह्याभिएरल न्युरो वैज्ञानिक जोन कराब्बे भन्छन्– यदि अध्ययनकर्तालार्इ नयाँ अध्ययनको रुची छैन भने मुसालार्इ त्यसरी खोरमा राख्नुको अर्थ के छ र ?

अर्का वैज्ञानिक जोन क्यापिटानोको अनुसन्धानले मुसाहरुको रहनसहन र वातावरणले उनीहरुको फिजियवलोजीमा परिवर्तन आउँछ। क्यालिफोर्निया विश्वविद्यालयका मनोबिज्ञान प्रध्यापक मार्क रोसेन्बेर्ग भन्छन्– मुसाको बस्ने वातावरणले उनिहरुको मस्तिस्कमा ठूलो असार पर्छ ।

उनले ठूलो खोर र राम्रो सुविधा भएको मुसामा एसेटलाइकोलाइनेस्टेरेस नामक तत्व बढी पाए । जसल मष्तिष्कको काम गर्ने क्षमतामा असर पार्छ । अर्का बैज्ञानीक मरिअन डाइमन्डले त झन नेचुरल सेल बढी नै बढेको पत्ता लगाए। यसरी सबै चिज हेर्दा पुरानोशैलीको अनुसन्धानले नयाँ तथ्य फेल नपर्ने र अनुसन्धान पनि त्यति भरपर्दो नहुने देखाउँछ। त्यसैले अहिलेको प्रश्न छ– अनुसन्धानका लागि अब मुसाको विकप्ल्प खोज्ने कि आफ्नो ल्याब सुधार्ने ?