Jagaran Nepal बिहिबार, आषाढ ०३, २०७८

सामाजिक सञ्जालमा अहिले नीशा घिमिरेका तस्विरहरु चर्चामा छन् । उनका केही अगाडीका तस्विरमा अहिलेको अवस्थाको तस्विर राखेर आर्थिक सहयोग माग्दै राखिएका पोष्टहरु फेसबुकमा भाइरल भैरहेका छन् । सबैले एउटै पोष्टलाई कपि गर्दै राखेको पाइन्छ ।

डिप्लोमा अध्ययनका लागि भारत पुगेकी निशा सवारी दु’र्घ’ट’ना’मा परेकी हुन् । जसको कारण उनको ब्रेन ह्यामरेज भयो । दु’र्घ’ट’ना’मा परेपछि लामो समय भारतमै उपचार भयो । तर अस्पतालको खर्च धान्न नसकेपछि परिवारले उनलाई नेपाल ल्याएको थियो । नेपाली दुतावासमा खर्चको व्यवस्था गर्न माग गरेपनि कतैबाट सहयोग नपाएको परिवारको भनाई छ ।

निशाको उपचार गर्दागर्दै परिवारको सम्पत्ति सकिएको परिवारले बताएको छ । निशाका परिवार कोठा भाडा तिर्न नसकेपछि हाल भैसीपार्टीस्थित टिनले बारेर एउटा झुप्रोमा बसेका छन् । उनको हालको अवस्था देखेर जो कोहीको पनि आँखा रसाउछ ।

यो पनि पढ्नुहोसउपचार पाएपछि निशाको अनुहारमा चमक !उपचार पाएपछि निशाको अनुहारमा चमक !नेपाली रजतपनमा स्थापित हुने सपनाका साथ करिब आधा दशकअघि मोडलिङ क्षेत्रमा सक्रिय मोडल तथा नायिका निशा घिमिरे…

तीन वर्षअघिसम्म मिडियाहरुमा छाउने गरेकी मोडल नीशा घिमिरेको अहिलेको अवस्था पत्याउनै नसक्ने ‘दर्दनाक’ रहेको छ । चलेकी मोडल नीशा आर्थिक अभावका कारण उपचार नपाउँदा घरमै अर्धचेत अवस्थामा थन्किएकी थिइन् ।

२०७३ साल पौषमा नीशा घिमिरेको अनलाइन खबर डटकममा प्रकाशित समाचारबाट लिइएको तस्विर । दु’र्घ’ट’नाअघि ६० केजीभन्दा बढी तौल रहेको कलाकार घिमिरे आहार, हेरविचार र उचित उपचारको अभावमा सुकेर २० केजीमा सीमित भएकी छिन् । झट्ट हेर्दा ‘३ वर्षअघिकी कलकलाउँददी नीशा नै अहिलेको अस्थिपञ्जर मात्र बाँकी रहेको मान्छे हो’ भनेर कसैले नपत्याउने अवस्थामा पुगेकी छिन् ।

सामाजिक सञ्जालमा चर्चामा रहेको तस्विर ।
बिहीबार बिहान कलाकार घिमिरेको उद्धार गरिएको छ । उनलाई लिन नर्भिक अस्पतालको एम्बूलेन्स गएको थियो । हाल उनको नर्भिक अस्पतालमा राखेर उपचार थालिएको छ ।

नर्भिकका चिकित्सकहरुले निशाको अवस्थामा सुधार हुने अपेक्षा गरेका छन् । ‘पहिलाजस्तै मोडलिङ नै गर्ने गरी त ठीक नहोला ।’ चिकित्सकहरुलाई उद्धृत गर्दै उनका आफन्तले भने–‘तर कम्तीमा आफैं हिँडडूल गर्नसक्ने, आफैं खानसक्ने र केही बोल्नसक्नेसम्म पनि भयो भने पनि धेरै हुन्छ ।’

हाल नीशा बोल्न सक्दिनन् । अरुले खुवाइदिनुपर्छ । कसैले केही कुरा गर्यो भने सुन्न सक्छिन् र आँसु बगाउने गर्छिन् । जवाफ दिन वा अरुलाई रेसपोन्स गर्नसक्ने अवस्थामा छैनन् । घरका चार सन्तानमध्ये निशा कान्छी हुन् । बाल्यकालदेखि नै मोडल बन्ने चाहना राखेकी उनले तीन दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।

विगत र अहिलेको तस्विर ।
निशाले नेपाली र मैथिली भाषामा बनेको फिल्म ‘मधेसीपुत्र २’ मा मुख्य भुुमिका निभाएकी थिइन् । उनले ‘डियर जिन्दगी’ टेलिश्रंखला, केही म्युजिक भिडियोमा पनि काम गरिसकेकी छिन् । नीशालाई सहयोग गर्न उनका बाबु राजु घिमिरेलाई ९८५१२३८९५२ मा सम्पर्क गर्न सकिन्छ । source-: ktmdainik