Jagaran Nepal बिहिबार, आषाढ ०३, २०७८

काठमाडौं । बुधवार उपचारका लागि दिल्ली गएका पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालको अपोलो अस्पतालमा उपचार शुरुभएको छ । अस्पतालले खनालको प्रारम्भिक स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिएको छ । अस्पतालले खनालको स्वास्थ्य अवस्था सामान्य बन्दैगएको छ । खनाललाई बुधबार नेपाल बायु सेवा निगमको जहाजबाट उपचारका लागि नयाँ दिल्लीस्थित अपोलो अस्पताल लगेर भर्ना गरिएको थियो ।

नेता खनाललाई बुधबार साँझ अस्पताल भर्ना गरिए पनि उनको नियमित उपचार आज विहिबारबाट शुरु गरिएको उनको सचिवालयले जनाएको छ । सचिवालय सदस्य चन्द्र लामाकाअनुसार र ग तमा देखिएको हेमोग्लोविनको कमी हटाउनेबारेमा चिकित्सकले उपचार शुरुगरेका छन् ।

लामो समयसम्म ज्वरो आउने र नियमित खोकी लाग्ने समस्या देखिएपछि नेता खनाललाई जेठ ३१ गते थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । यहाँ रहँदासम्म स्वास्थ्यमा अपेक्षित सुधार हुन नसकेपछि परिवारका सदस्यको आग्रह र चिकित्सकको सल्लाहअनुसार उनलाई थप उपचारका लागि बुधबार भारतको नयाँ दिल्ली लगिएको थियो ।

एक महिनाअघि नेता खनाललाई कोभिड पोजेटिभ भएको र कोभिड ठीक भएपनि अन्य समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अपोलो अस्पतालमा नेता खनालसँगै गएका चिकित्सक डा। सुदिप अमात्यले सचिवालयका सदस्यहरुलाई दिएको जानकारी अनुसार नेता खनालको स्वास्थ्यमा केही सुधार भएको छ ।