Jagaran Nepal बिहिबार, चैत्र १९, २०७७

मेष-घरबाहिरको काममा समय जानेछ। स्वास्थ्यमा सुधार हुने एवं पुरानो ऋणको भार कम हुनेछ। खेलकुद एवम् प्रतिस्पर्धामा जित हुनेछ। अधुरा काम बन्ने एवम वैदेशिक कामबाट फाइदा मिल्नेछ। मुद्दा मामिला किनारा लाग्ने एवम विरोधी पक्षको भय हट्नेछ। साताको मध्यमा भने साझेदारीमा फाइदा एवम् सेयर कारोबारमा राहत मिल्नेछ। साताको अन्त्यमा भने स्वास्थ्यमा समस्या आउने एवम् प्रियजनको कारणले तनाव बढ्नेछ।

वृष-कला संगीतमा सफलता मिल्नेछ। धर्मकर्म र भक्तिभाव बढ्नेछ। टाढाबाट सन्तानले आर्थिक सहयोग गर्नेछन्। कला, संगीतमा रुचि जाने एवम व्यापार व्यवसाय फस्टाउनेछ। शत्रुको भय हट्ने एवम् प्रतिस्पर्धात्मक काममा जित आफ्नो हुनेछ। आँटेको कुरा ढिलो पुरा हुने एवम् आफन्तसँग मनमुटाव रहनेछ। साताको अन्त्यमा भने पारिवारिक स्वास्थ्यमा समस्या आउने एवम् दाम्पत्य जीवनमा मनमुटाव बढ्नेछ।

मिथुन-प्रेममा भनाभन हुने छ। पुरानो मित्रतामा दरार आउनेछ। घरायसी कारोबारमा उल्झन आउनेछ। आपसी समझदारी नबन्नाले काम लम्बेर जानेछ। साताको मध्यमा भने विद्याध्ययनमा प्रगति एवम् सन्तानको सुख मिल्नेछ। आम्दानीको स्तर बढ्नाले पुराना कामको तनाव घट्नेछ। कला, संगीतमा रुचि जाने एवम अरुको सहयोग मिल्नेछ। आकस्मिक धन लाभ हुने तथा साथी भाइको सहयोगले काम छिटो पुरा हुनेछ। वैदेशिक धनको सुख मिल्नेछ।

कर्कट-नयाँ काममा उत्साह, उमंग बढेर जानेछ । घरबाहिरको सानो यात्राको योग पर्ने एवम् काममा जिम्मेवारी थपिनाले व्यस्तता बढ्नेछ। दाजुभाइपक्षबाट सरसहयोग मिल्ने एवम स्वास्थ्यमा भने सामान्य समस्या देखापर्नेछ। साताको मध्यमा अनावश्यक चिन्ता थपिने एवम् पारिवारिक तनाव बढ्नेछ । साताको अन्त्यमा भने अध्ययनमा सफलता मिल्ने एवम् आम्दानीको स्तर बढ्नाले आँटेको काममा सफलता मिल्नेछ।

सिंह-मिठो बाेलीले काममा सहयोग मिल्नेछ। जागिरमा अवसर मिल्नेछ। नयाँ व्यवसायमा लगानीको वातावरण बन्न्नेछ। धन सम्पत्तिको कारोबारमा सफलता मिल्ने एवम् छरछिमेकबाट सहयोग पाइनेछ। भोजनको सुख मिल्ने एवम स्थान परिवर्तनको योग देखिन्छ। साथीभाइसँग रमाइलोमा खर्च हुने एवम प्रशन्नता बढ्नेछ। साताको अन्त्यमा भने विवाद बढ्ने मित्रता टुट्ने एवम् आफ्ना मान्छेसँग कारोबार बिग्रिनेछ।

कन्या-मनोरन्जनमा धनको व्यय हुनेछ। खानपिन र रमाइलोमा समय व्यतित हुनेछ । खेलकुद एवम् मनोरञ्जनमा लगाव लाग्नेछ। आँटेको काममा ढिलासुस्ती एवम शारिरीक चोटपटक लाग्नेछ। साताको मध्यमा भने व्यापार व्यवसायमा फाइदा, बोलीको प्रभावले काम बन्ने एवम कुटुम्ब सुख मिल्नेछ। साताको अन्त्यमा भने छोटो यात्रा गर्नुपर्ने एवम नोकरी रोजगारीमा जिम्मेवारी थपिनाले तनाव बढ्नेछ।

तुला-साताको सुरुमा पैसाको अभाव हुनेछ। अनावश्यक खर्च बढ्नाले आर्थिक तनाव बढ्नेछ। सरसामान हराउन सक्ने एवम यात्रामा ढिलासुस्ती हुनेछ। साताको मध्यमा भने शंकाले चिन्ता थपिनेछ । बिसञ्चो बढ्ने एवम आलस्यताले काममा ढिलासुस्ती हुनेछ। साताको अन्त्यमा भने आम्दानीको श्रोत भेटिने एवम सम्पतिको कारोबारमा लाभ मिल्नेछ। कृषि पशुचौपायबाट धनको प्राप्ति हुनेछ।

वृश्चिक-महिला वर्गवाट धनको सहयोग मिल्नेछ। पशु एवम चौपायाबाट फाइदा मिल्नेछ। खेती किसानीबाट आम्दानी बढ्नेछ। व्यापार व्यवसायमा फाइदा हुनाले आर्थिक स्थिती मजबुत रहनेछ । साताको मध्यमा भने सामान्य क्षति हुने एवम शारिरीक समस्या आउनेछ। साताको अन्त्यमा भने अरुको लागि खर्च गर्नुपर्ने एवम सामाजिक क्षेत्रमा पहिचान र प्रतिष्ठा मिल्नेछ।

धनु-नयाँ कामको थालनी हुनेछ। काममा सहायता मिल्नाले फाइदा बढी देखिनेछ। राजनीतिक क्षेत्रबाट लाभ एवम ठुलाबडाको साथ मिल्नेछ। व्यापारमा वृद्धि हुनाले आर्थिृक भार कम हुनेछ । सुख सुविधा एवम भोग विलासमा मन जाने एवम मातृपक्षबाट सहयोग मिल्नेछ। साताको अन्त्यमा भने काममा क्षति हुने, घाटा बेहोर्नुपर्ने एवम नमिठो खबर मिल्न सक्नेछ। आलोचना बढ्नाले काम गर्ने मनस्थिती कमजोर हुनेछ।

मकर-धार्मिक एवम् आध्यात्मिक क्षेत्रमा लगाव जानेछ। धर्म कर्ममा रुचि एवम् सामाजिक क्षेत्रमा पहिचान बन्नेछ। वैदेशिक कामबाट फाइदा एवम् नोकरी रोजगारीको अवसर मिल्नेछ। काममा प्रशंसा मिल्ने एवम आँटेको काममा फाइदा हुनाले आर्थिक क्षेत्र बलियो हुनेछ। व्यापार बढ्ने तथा धनसम्पतिको सहयोग मिल्नाले पुरानो एवम् अधुरो काम पुरा हुनेछ।

कुम्भ-यात्राको कारणले स्वास्थ्यमा गडबडी हुने। नयाँ काममा तनाव एवम पारिवारीक समस्या आउनेछ। साताको मध्यमा भने यात्रा हुने एवम् पारिवारिक भेटघाट रहनेछ। दिनले साथ दिनाले काममा प्रगति देखिन्छ। साताको अन्त्यमा भने मानसम्मान बढ्ने एवम सरकारी क्षेत्रमा पहुँच मिल्नेछ। राजनीतिमा पदीय जिम्मेवारी बढ्नाले व्यवसायिक काममा ढिला हुनेछ।

मीन- प्रेममा प्रगति देखिन्छ। वैवाहिक सुख मिल्ने एवम् पारिवारिक मेलमिलाप हुनेछ। साताको मध्यमा भने आलोचना हुने, कसैले फसाउन सक्ने एवम काम अधुरो रहनेछ। स्वास्थ्यमा समस्या आउनाले खर्च बढ्ने एवम् सञ्चित धन कम हुनेछ। साताको अन्त्यमा भने धर्म कर्म एवम् तीर्थ ब्रतमा मन जाने तथा दान धर्म पुण्यमा खर्च हुनेछ।

Email: jagaranne[email protected]