Jagaran Nepal बिहिबार, फाल्गुण २०, २०७७

गुल्मीमा युवतीको ज्या न लि एको आ रो पमा नियन्त्रणमा लिएको व्यक्तिलाई सार्वजनिक गरिएको छ । प्रहरीले गुल्मीको भाडगाउँमा युवतीको ज्या न लि एको अभियोगमा पक्राउ परेका ४७ वर्षीय लालबहादुर खत्रीलाई आज बिहीबार सार्वजनिक गरेको हो ।खत्रीलाई रेसुङ्गा नगरपालिका–३ भाडगाँउमा २१ वर्षीया सम्झना बोहराको ज्या न लि एको अभियोगमा नियन्त्रणमा लिइएको थियो । उनलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको जनाएको छ ।

लालबहादुरले बेपत्ता भएकी सम्झनाको खोल तलास गर्ने कार्यमा पनि सक्रियता देखाएका थिए । अभियुक्त लालबहादुरलाई जिल्ला अदालत गुल्मीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । सम्झना बेपत्ता भएको दुई दिनपछि उनकी सासू तोमकली खत्री घर नजिकै रु ख मा झु’ न्डि’ एको अवस्थामा फेला परेकी थिइन् ।

लालबहादुरले कर्तव्य गरेर सम्झनाको ज्या न लि एको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले बताएको छ । सम्झना गत माघ २९ गते रातिदेखि बेपत्ता भएकी थिइन् । बेपत्ता भएको १८ दिनपछि फागुन १७ गते उनको श व घर नजिकैको बारीको कुनामा टा उको बो रामा राखेको अवस्थामा फे ला परेको थियो । लालबहादुरले २९ गते नै ज्या न लि एको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।