Jagaran Nepal बिहिबार, फाल्गुण २०, २०७७

काठमाडौं । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्ना कारको मूल्य परिवर्तन गरेको छ । अन्तर्राष्ट्रि बजारमा बढ्दो मूल्य, बीएस ६ इन्जिन र सन् २०२१ मोडल आयातसँगै कम्पनीले आफ्ना कारको मूल्य परिवर्तन गरेको हो । कम्पनीले अधिकांश मोडलमा मूल्य परिवर्तन गरेको हो ।

हुन्डाईले सेन्ट्रो, क्रेटा र ग्राण्ड आई १० नियोस मोडलमा मूल्य बढाएको हो । कम्पनीले ४० हजारदेखि २ लाखसम्मले मूल्य बढाएको हो । कम्पनीको नयाँ मूल्यसूची अनुसार सेन्ट्रोमा ४० देखि ६० हजार, ग्राण्ड आई १० नियोसमा ६० हजार र क्रेटामा १ लाखदेखि २ लाखसम्म मूल्य वृद्धि भएको छ ।

सेन्ट्रो, क्रेटा र ग्राण्ड आई १० नियोस तीन मोडल बाहेक अन्य कुनैपनि मोडलमा मूल्य वृद्धि भएको छैन ।

यस्तो छ सबै मोडलको मूल्य