मोरङ । उर्लाबारी, एक महिना अघि मृत भेटिएका उर्लाबारीका एक व्यक्तिको परिवारले किटानी जाहेरी दिंदापनि प्रहरीले छानबिनमा तादरुकता देखाएको छैन । उर्लाबारी–५ का ३१ वर्षीय प्रविण बास्तोला गत पुष ५ गते शं’का’स्पद अवस्थामा मृत भेटिएका थिए । साथीहरुको डेरामा गएका व्यक्ति मृ’त भेटिएका र उनीसंगै रहेका ४ जना साथीहरुको भूमिका शं’का’स्पद देखिएपनि प्रहरीले कुनै छानविन अघि बढाएको छैन ।
बास्तोला परिवारले घटना भवितव्य नभइ ह’ ‘त्या नै भएको जनाएका छन् । घटनामा संलग्न भनिएका उर्लाबारी–६ बस्ने रिकेस सिवा भनिने राकेश दर्जी, दिपेश पौडेल, पप्पु भनिने राजेश रणपहेली पक्राउ परेपनि केहिदिन पछि नै थुनामुक्त भएका छन् । उनीहरु लाई मु’द्धा चलाएर अदालती प्रकृयाबाट न्याय निरुपण गर्नुपर्नेमा त्यतिकै छोडिदिएपछि उर्लाबारी प्रहरी शं’काको घेरामा परेको हो । घटनाको बारेमा जानकारी माग्दा पीडित पक्षलाई प्रहरी निरीक्षक उद्धव पोखरेलले उल्टै थ’र्का’उने गरेको मृतककी बहिनी दुर्गा बास्तोलले बताइन् ।
कसैको फोन आएर दिउसो २:५५ बजे घरबाट उर्लाबारी चौक पूर्व गएको त्यसपछि आफ्नो छोरा सदाका लागि बिदा भएको मृतकका बुवा प्रेम बास्तोलाको भनाई छ । उनका अनुसार साथीहरु संगै बसेर मा’पसे गरेको भनिएपनि परिवारलाई मृत्युको जानकारी नदिई शव अस्पताल पुर्याएका थिए । १२ घण्टापछि मात्रै परिवारले घटनाबारे जानकारी पाउनु, स्थानीय गोदावरी अस्पतालमा मृतकको शव हुँदाहुदै मावा खोलामा ला’स छ भनेर ढा’ट्नेजस्ता कार्य भएकोले घटना शं’का’स्पद रहेको बुझाइ बास्तोला परिवारको छ ।
उनीहरूले घटनाको सत्यतथ्य छानबिन माग गरेका छन् । प्रहरीले आफन्त र स्थानीयलाई जानकारी नै नदिएर नियन्त्रणमा लिइएका आरोपितलाई छाडिसकेको छ । पोस्टमार्टम रिपोर्ट प्राप्त भएपनि मृत्युको कारण सामान्य भनेर प्रहरीले घटनालाई ढिसमिस गराएको पी’डित परिवारको दाबी छ ।
यता इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोख्रेलले भने क’र्तब्य ज्या’न’को कुनै प्रमाण फेला नपेरेकोले सरकारी वकिलको कार्यालयले पक्राउ परेका सबैलाई छोडिएको बताए। उनले मृतकको शरीरमा कुनै ‘चो’ट, ‘नी’ल ‘डा’म पनि नदेखिएको बताए। मिसिल मृत भएको छै्न्, अनुसन्धान सकिएको छैन्, प्रमाण फेला परे उनीहरू पक्राउ पर्न सक्छन्–प्रहरी निरीक्षक पोख्रेलले भने ।
भिडियाे