Jagaran Nepal बुधबार, माघ ०७, २०७७

एजेन्सी । भारतीय हाँस्य कलाकार कपिल शर्मालाई नचिन्ने सायदै कोही होला । उनको द कपिल शर्मा शो निकै चर्चित छ । नेपालमा पनि धेरैले उनको कार्यक्रम हेर्छन । अहिले पनि कार्यक्रम कपिल शर्मा सोका कारण चर्चामा आइरहेका हुन्छन् ।

एउटा घटनाले उनी आफ्नै विवाहमा पनि चर्चित बने । आफ्नै विवाह भइरहँदा उनी स्टेजवाट भागेका थिए । त्यो कुराको पनि निकै चर्चा भएको थियो ।

कार्यक्रममा अरलाई हँसाउने कपिल शर्मा आफ्नै विवाहमा पनि स्टेजवाट भागेर सबैलाई छक्क पारेका थिए । आफ्नै कार्यक्रममा उनले त्यसको कारणवारे खुलाएका छन् । कपिल शर्माले कार्यक्रममा आफ्नै विवाहबारे नयाँ खुलासा गरेका हुन् ।

उनले सन् २०१८ को डिसेम्बर १२ मा गिन्नी चतरथसँग विवाह गरेका थिए । विवाहको एक वर्षपछि पिता बनेका कपिलले आफू विवाहमा स्टेजबाट भागेको कुरा सम्झिएका छन् ।

राजनीतिक कार्यक्रमहरुमा धेरै ठाउँमा स्टेज ढलेको देखेकाले अहिले पनि डर लाग्ने भएकाले आफू स्टेज कार्यक्रमहरुबाट भाग्ने गरेको उनले बताउँदै आएका छन् । यही कारण उनको विवाहमा स्टेजमा धेरै जना चढेपछि उनी भागेका रहेछन् ।