Jagaran Nepal बुधबार, माघ ०७, २०७७

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको विवाहको कुरा सार्वजनिक भएपद्धि.छ उनको वेहुली जाङमु इन शेर्पाका बारेमा पनि चर्चा सुरु भएको छ । उनको वारेमा समाचार बन्न थालेका छन् । उनीहरुबीचको उमेरको अन्तरलाई लिएर पनि टिप्पणी गरिएका छन् । तर जाङमु इनलाई भने उमेरले कुनै महत्व राख्दैन । उनी भन्छिन्, उमेर भनेको नम्बरमात्रै हो । २०१८ मा मिस मंगोलको उपाधि जितेकी उनी शारिरीक रुपमा पनि निकै सुन्दर छन् ।

सन् २०१८ मा उपाधी जितेकी उनले आफुलाई त्यतीबेला टिन एज बनाएकी थिइन् । तर शेरधन राईको उमेर उनको भन्दा झण्डै डबल ५० वर्ष छ । तर अहिले पनि उनको जवाफ भने एउटै छ । उमेर भनेको नम्बर मात्र हो । अहिले भने उनले अलि फरक जवाफ पनि दिएकी छन् । आफुहरुबीचको उमेरको फरक मिडियामा आएजस्तो पनि छैन । विवाह पछि आफ्नो उमेरका बारेमा खुलासा गर्ने उनले बताएकी छन् ।

संखुवासभाकी जाङमु सानैदेखि काठमाडौंमा बस्दै आएकी हुन्। उनका बाबु–आमा भने अमेरिकामा बस्छन्। सानैदेखि उनको रुची सौन्दर्य र मनोरञ्जन क्षेत्रमा छ। मिस मंगोलको ताज पहिरिएपछि उनले आर्थिक अभावमा विद्यालय जानबाट बञ्चित बालबालिकाको शिक्षाका लागि छात्रवृत्ति कोष स्थापनामा जुटेकी थिइन्।

जाङमुका अनुसार त्यही छात्रवृत्तिका लागि कोष जुटाउने क्रममा राईसँग उनको कुराकानी हुनुका साथै भेटघाट बाक्लिएको हो। त्यहीँबाट दुवैबीच माया झागिँदै गएको खुलाएकी छन्। ‘चिनजान पहिलेदेखि नै थियो। फन्ड जुटाउने सिलसिलामा कुराकानी अघि बढ्दै गर्दा हामी नजिकिएका हौं,’ जाङमुले एक अनलाईनसंगको कुराकानीमा भनेकी छन् ।