Jagaran Nepal बुधबार, माघ ०७, २०७७

काठमाडौं। क’न्नड सुपरस्टार य’शको फिल्म केजीएफ च्या’प्टर २ को टि’जर रिलिज भइसकेको छ । यो फिल्ममा मुख्य ख’लनायकको रुपमा बलिउड सुपरस्टार संजय दत्त हुनेछन् । संजयले फिल्ममा अधीराको भूमिका निभाउनेछन् । कन्नड उद्योगसहित विदेशमा समेत कैयौं रेकर्ड बनाएको केजीएफ च्याप्टर १ मा भने मुख्य खलनायक रामचन्द्र राजु खुनै कलाकार नै थिएनन् र केजीएफ उनको पहिलो फिल्म थियो । खासमा रामचन्द्र राजु फिल्मका हिरो यशका ब’डीगार्ड थिए ।

राजुले केजीएफमा गो’ल्डमाइनका मालिक सूर्यवर्धनका जेठा छोरा गरुडाको भूमिका नि’भाएका थिए । उनले यो फिल्ममा उत्कृष्ट अभिनय गरेपछि दक्षिण भारतीय फिल्म उद्योगमा उनको लागि ठूला प्रोजेक्टको ढोका खुल्यो । निर्देशक कार्थीको फिल्म सुल्तानमा अर्जुन सारजा, जयम रविसँग कामको अवसर समेत उनले पाए । केजीएफअगाडि यशका ब’डीगार्ड रहेका र कहिल्यै कलाकारिता नगरेका रामचन्द्रलाई निर्देशक प्रशान्त नीलले यशसँग फिल्मको स्क्रिप्टबारे छलफल गर्ने क्रममा देखेका थिए ।निर्देशक प्रशान्त नीलले नै रामचन्द्रलाई गरुडाको भूमिकाको लागि अ’डिशन दिन भनेका थिए ।

त्यसपछि एक वर्षसम्म फिल्मको कार्यशाला र जिममा तयारी गरेपछि मात्रै उनी केजीएफमा मुख्य भिलेनको रुपमा आएका थिए । २०१८ मा रिलिज भएको केजीएफले बक्स अफिसमा २५० करोडभन्दा धेरैको कमाइ गरेको थियो र यति ठूलो कमाइ गर्ने यो पहिलो कन्नड फिल्म थियो । यो पाकिस्तानमा समेत रिलिज भएको थियो र पाकिस्तानमा रिलिज हुने पहिलो कन्नड फिल्म बनेको थियो ।