Jagaran Nepal बुधबार, माघ ०७, २०७७

सामाजिक संजाल इन्स्टाग्राममा आफ्ना फ्यानहरुको प्रश्नको जवाफ दिदै सलिनमानले आफुले प्रेमिकासँग चाडै बिहे गर्ने खुलसा गरेचलचित्र ‘ए मेरो हजुर २’बाट डेब्यु गरेका सलिनमान, छोटो समयमा नै लोकप्रियता हासिल गरेका सलिनमानले गरेको दोस्रो फिल्म यात्रालाई पनि दर्शकले अत्यन्तै रुचाइएका कलाकार हुन् ।

यसै बिच सामाजिक संजाल इन्स्टाग्राममा आफ्ना फ्यानहरुको प्रश्नको जवाफ दिदै सलिनमानले आफुले प्रेमिकासँग चाडै बिहे गर्ने खुलसा गरेका छन् । सलिनमान केही समय देखी एक युवतीको प्रेममा रहेको कुरा उनले फ्यान माझ लुकाएका थिएनन् ।

यस्तै, एक फ्यानले अब ड्रेसअप परिवर्तन गर्नुहोस् भनेर आग्रहमा उनले –‘चलचित्रको पर्दामा मैले ड्रेसअप परिवर्तन गर्नुपर्ने भूमिका आयो भने म गर्छु । तर, अरु समयमा म आफूलाई सहज हुने पहिरन लगाउँछु भनेर जवाफ दिएका छन् । त्यस्तै उनले चाडै नै अर्को फिल्मको तयारीमा रहेको बताए ।

के साच्चै प्रेममा छन् ईन्दिरा र कर्मा ? यस्तो पो रहेछ यथार्थ

गायिका ईन्दिरा जोशी र नायक कर्माबीच प्रेमको हल्ला चलेको छ । उनीहरु एकअर्कालाई मन पराएको र माया गरेको कुरा बाहीरिएपछि अहिले बिहेको कुरा पनि उत्तिकै चर्चाको विषय बनेको छ । दुवैको जोडी निकै सुहाएको भनेर फ्यानहरुले प्रतिकृया दिएका छन् ।

एक अन्तरवार्तामा एकअर्काको प्रेममा रहेको कुरा स्वीकार गरेका छन् । तर, इन्दिरा र कर्मा वास्तविक जीवनमा नभई पर्दाको लागी मात्र प्रेमी प्रेमीका बनेका हुन् । रियल लाईफको लागी नभएपनि यिनीहरुको जोडीलाई सबैले मन पराएका छन् ।

ईन्दिराको बिहेको पर्खाईमा रहेका उनका फ्यानहरुले यी २ को प्रेमको कुरा थाहा पाएपछि आफ्नो खुशीलाई सामाजिक सञ्जालमै व्यक्त गरेका छन् । त्यसैगरी नायक कर्माका फ्यानहरुले पनि इन्दिरासंगको प्रेमको चर्चा थाहा पाएपछि उनलाई बधाई तथा शुभकामना दिएका छन् । तर, फ्यानहरु झुक्किरहेका छन् ।

यसैपनि यी दुवै नै आफ्नो आफ्नो क्षेत्रमा निकै सालिन् कलाकारको रुपमा चिनिन्छन् । रिल लाईफकै लागी भएपनि यिनीहरु एकअर्कासंग निकै नै रोमान्स गरेको देख्न सकिन्छ ।वास्तविक जीवनमा बिहेको कुरा गर्दा यि दुवैले बिहेको विषयमा अहिले नै आफुहरुले सोचि नसकेको बताएका छन् ।