Jagaran Nepal बिहिबार, माघ ०१, २०७७

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज ८ सय रुपैंयाँले घटेको हो ।

आज सुन प्रतितोला ९२ हजार १ सय रुपैंयाँले कारोवार भइरहेको महासङ्घले जनाएको छ ।

यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय कायम गरिएको छ ।

चाँदी १५ रुपैंयाँले बढेर १ हजार २४५ रुपैंयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।