Jagaran Nepal शुक्रबार, पौष २४, २०७७

टेलिभिजनमा निक्कै चर्चित कार्यक्रम रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडेका छन् । न्युज २४ टेलिभिजनबाट प्रशारण हुने उनको चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’ विगत चार-पाँच वर्ष देखि चलाउदै आएका छन।

उनी टेलिभिजनकाे कार्यक्रम विभागमा प्रमुख कार्यकारी निर्माता एवं प्रस्तोताका रूपमा कार्यरत थिए । सिधा कुरा जनतासँगको ६ सय ३५औँ एपिसोड बिहीबार प्रसारण हुँदैछ ।

स्रोतका अनुसार लामिछानेले पाँच महिनाअघि नै राजीनामा दिईसके पनि स्वीकृतचाहिँ भएको छैन । आफूले टेलिभिजन छाडेकोबारे उनले न्युज टिमलाई पनि जानकारी गराइसकेका छन् ।

उनले न्युज २४ छोडे पनि लोकप्रिय कार्यक्रम ‘सिधा कुरा जनतासँग’ भने नरोकिने भएको छ । लामिछाने नयाँ टिभी खाेल्ने याेजनामा रहेकाे ‘सिधा कुरा जनतासँग’ निर्माण टोलीका एक सदस्यले जानकारी दिएका छन ।

कार्यक्रमलाई अझ परिस्कृत, सशक्त बनाएर पुनः दर्शकमाझ आउने उनको योजना रहेको बुझिएको छ ।