Jagaran Nepal बुधबार, मंसिर २४, २०७७

काठमाडौं । एक अत्यन्तै दुःखद घटना घटेको छ । युरोपको मुलुक साईप्रस लार्नाका सहरमा २३ वर्षीया नेपाली युवतीले आइतबार राति जी’वनत्या’ग ग’रेकी छिन् । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका–८ खरे घर भइ हाल साईप्रसमा घरेलु कामदारको रुपमा कार्यरत शुक्री तामाङले जी’वनत्या’ग ग’रेकी हुन् ।

यस घटनाको पुष्टि गैरआवासीय नेपाली संघ साईप्रसले जनाएको छ । मृतक तामाङ सन् २०१९ को अक्टोबर महिनामा नेपालको काठमाडौँ ईन्टरनेशनल मेनपावरबाट साईप्रसको लार्नाका सहरमा घरेलु कामदारको रुपमा काम गर्न गएकी होनरी कन्सुलेट साईप्रसका प्रमुख डा. रामजीवन पञ्जियरले जानकारी दिनुभयो ।

मृतकको लाश उनकै परिवारको सल्लाह अनुसार स्वदेश पठाउने जनाइएको छ । मृतक तामाङ वैवाहिक सम्बन्धमा बाँधिएको एक वर्ष नपुग्दै साइईप्रसमा आएकी थिइन् । श्रीमान् सुबिन तामाङ नेपालमा ड्राइभरको पेशामा थिए । आइतबार दुर्घटनामा श्रीमानको मृत्यु भएको खबर पाएपछि सोही रातमा जी’वनत्या’ग ग’रेको बताइएको छ ।

मृतक तामाङले टिकटकमा श्रीमानको दुर्घटनाको भिडियो पोष्ट गर्दै आफ्ना आमा, बुबा, सासू र ससुरासँग माफी माग्दै आफू पनि आफ्नो ‘मुटु’ सँगै जान लागेको उल्लेख गरेकी थिइन् ।