Jagaran Nepal मंगलबार, मंसिर १६, २०७७

काठमाडौँ । कपालको स्टाइलमा केही फरकपन ल्याउन होस् या राम्रो देखिनको लागि होस् कपाल स्ट्रेट गर्ने चलन बढेको छ।

कपाल स्ट्रेट गर्दा विभिन्न केमिकल प्रयोग गरेका प्रसोधित सामग्री प्रयोग गरिन्छ, जसले दिर्घकालिन रुपमा कपाललाई असर गर्छ। यसले कापल रुखो हुने, टुक्रिने, झर्ने समस्या संगै छाला र मानसिक समस्या पनि बढ्ने हुन्छ।

यी समस्याबाट मुक्त भएर पनि कपाल सिधा पार्न वा स्ट्रेट गर्न सकिन्छ। त्यसको लागि आफ्नै भान्साको घरेलु सामान उपयोग गर्न सकिन्छ।

सुरुमा एउटा भाँडोमा थोरै दुध तताउनुहोस् ।

दुधमा नरिवल कोरेर छानेको तेल मिलाउनुहोस् ।

त्यसमा मकै पीठो मिलाउनुहोस् ।

त्यसलाई केही छिन चलाएर पेस्ट बनाउनुहोस् र त्यसमा बदामको तेल राख्नुहोस् ।

अब त्यसमा घ्युकुमारी मिलाउनुहोस् र त्यसपछि कागती पनि राख्नुहोस् ।

त्यसलाई केही चिसो हुन दिएर आफ्नो कपालमा लगाउनुहोस् ।