Jagaran Nepal शुक्रबार, मंसिर १२, २०७७

काठमाडौँ । घर बनाउने समय वास्तुको सिद्धान्तका साथसाथै त्यस घरमा राख्ने बस्तुको संयोजनमा पनि वास्तुको अहम भूमिका रहन्छ।

हामीले घरको जुन ठाउँमा जुन बस्तु राख्छौँ त्यसको प्रत्यक्ष असर आम्रो जीवनमा परेको हुन्छ। आज हामी केही यस्ता बस्तुका बारेमा जानकारी दिदैछौँ, जुन दक्षिण दिशामा भूलेर पनि राख्न हुँदैन्। यस्ता बस्तु उक्त दिशामा राख्दा परिवारले विभिन्न समस्याको सामना गर्नु पर्ने उल्लेख छ।

घडीः घरको दक्षिण दिशामा कहिलै पनि घडी नलगाउनुहोस्। किनकी यसलाई कालको दिशा मान्ने गरिन्छ। जुन घरमा दक्षिण दिशामा घडी लगाएको हुन्छ, त्यस घरको मुख्य सदस्य विरामी हुने विश्वास गरिन्छ।

फ्रिजः वास्तुशास्त्रका अनुसार घरको दक्षिण दिशामा फ्रिज कहिलै पनि नराख्नुहोस्। किनकी दक्षिण दिशा अग्नि तत्वको प्रतिनिधित्व गर्ने भएकाले आगजनीका घटना धेरै सम्भावना रहन्छ। त्यसैले फ्रिजलाई सही दिशा दक्षिण पश्चिमा राख्नुहोस्।

पैसा राख्ने दराजः घरको दक्षिण दिशामा कहिलै पनि पैसा राख्ने भाँडो तथा दराज नराख्नुहोस्। दक्षिण दिशामा पैसा राख्ने दराज राख्दा धन कहिलै पनि तपाईसँग रहदैन्। तपाईले जति कमाएपनि पैसा सधै अपुग हुने गर्दछ।

दक्षिण दिशामा यी चिज राख्नुहोस्
जुन दिशामा कुनै बस्तु राख्दा अशुभ मानिन्छ। भने त्यसही दिसामा अर्को कुनै बस्तु राख्दा शुभ मानिने गर्दछ। वास्तुका अनुसार दक्षिण दिशामा ऐक्वेरियम राख्दा शुभ मानिन्छ। यसो गर्दा घरमा कहिलै पैसाको कमी नहुने विश्वास गरिन्छ।