Jagaran Nepal शुक्रबार, मंसिर १२, २०७७

प्रत्येक मानिसहरुले जन्मदा आफ्नो भाग्य साथ मै लिएर जन्मिएको हुन्छ भन्ने जनबिश्वाश रहेको छ। यो कुरा कति सम्म साँचो छ भन्ने कुराको कुनै प्रमाण त छिन तर पनि रही आएको परम्परालाई मान्नै हुन्छ।

बच्चाको जन्मपश्चात उ भविष्यमा कति धनवान हुन्छ भन्ने कुरा हातमा भएको रेखाले जनाउछ। हातमा भएको रेखाबाट जीवनमा आइपर्ने हरेक घटनाको बारेमा थाहा पाउन सकिन्छ। हातको रेखामा किस्मतको रहस्य लुकेको हुन्छ।

हातको रेखा हेरेर नै पुरै जीवनको भबिस्यबाणी समेत गरिने गरिएको छ। अधिकांश मानिसहरु जीवनमा आफु कति सम्म धनवान हुन्छु भन्ने कुरामा चिन्तित हुने गर्छन।

त्यसैले आज हामी हस्तरेखा हेरेर नै भविष्यमा तपाई कत्तिको धनवान हुनुहुन्छ भन्ने कुराको जानकारी दिन गईरहेकाछौंः

१) यदि हातको हत्केला बाक्लो र औलाहरु पनि बराबर छन भने उक्त व्यक्तिको भाग्यमा अधिक धन प्राप्त हुने र जीवनभर सुख मिल्नेछ।

२) कसैको हातको भाग्यरेखा मोटो बाट पातलो हुदै जान्छ। जीवनरेखा गोलो र शनि पर्वत रेखा अलि अग्लो भएको मानिसले उद्योग व्यवसायमा प्रगति गर्ने र करोडपति सम्म बन्न सक्ने हुन्छ।

३) कसैको हत्केला मोटो र जीवन रेखासंगै मंगल रेखा छ भने त्यो उनीहरुको करोडपति बन्ने संकेत हो।यस्ता व्यक्तिहरुको पैतृक सम्पतिमा समेत अधिक लाभ मिले देखिन्छ।

४) हातको भाग्यरेखा यदि जीवन रेखादेखि टाढा र चन्द्र पर्वत रेखाबाट एक पातलो रेखा उत्पति भई भाग्य रेखामा मिलेको मानिसले भविष्यमा बैदेशिक रोजगारमा गइ अत्यधिक धन लाभ गर्ने देखिन्छ। साथै यस्ता मानिसको विवाह पश्चात अझै भाग्योदय हुनेछ।

५) चन्द्रमा एक रेखाबाट निस्किएर भाग्य रेखामा मिलेको र भाग्य रेखा पनि पातलो भई सिधै शनि रेखामा गएर जोडिएको छ भने यो तपाइको करोडपति बन्ने योग हुन सक्छ।

६) हातको औंला सिधा र जीवन रेखा गोलो भई शुक्र पर्वतमा कोठी छ भने यो तपाईको जिवनमा धन बर्षण गर्ने योग हुन सक्छ।

७) भाग्यरेखा, बुध रेखा र मस्तिष्क रेखाबाट त्रिकोणको आकार बनेको छ भने यो जीवनमा अत्याधिक धनवान बन्ने लक्षन हुन सक्छ।