Jagaran Nepal बिहिबार, मंसिर ११, २०७७

एजेन्सी । चार वर्ष सम्म अमेरिकाको राष्ट्रपति बनेका मिसेल ओबामाले आफ्नो ब्यक्तिगत जिवनका बारेमा केही कुरा सार्वजनिक गरेका छन् । उनले आफुले हालसालै प्रकाशन गरेको पुस्तकका बारेमा कुरागर्दै केही नयाँ कुरा पनि खुलाएका छन् । उनको नयाँ किताब ‘अ प्रमिस्ड ल्याण्ड’ सार्वजनिक भएको छ जसमा उनले आफ्नो जिवनका ब्यक्तिगत कुरा उल्लेख गरेका छन् ।

निकै चर्चित भएको यो पुस्तकका उनले आफ्नो जिवनका बारेमा उल्लेख वगरेका छन् । उनले पुस्तकका बारेमा मिडियासँगको कुराकानीमा वैवाहिक जिवनको बारेमा पनि कुराकानी गरिरहेका थिए । उनले भर्खर निर्वाचित भएका जोय वाइडेनको मन्त्रीमण्डलमा सहभागी हुने नहुने बारेमा सोधेको पत्रकारको प्रश्नको जवाफमा उनले अब मन्त्री बने उनलाई श्रीमतिले छोडिदिने अभिब्यक्ति दिएका छन् ।

चार वर्ष राष्ट्रपति बन्दा उनको श्रीमति मिशेल ओवामा निकै त ना व मा रहेको र आफुहरुको ब्यक्तिगत जिवन प्रभावित भएका कारण अब फेरी त्यो अवस्थामा नजाने बताएका छन् । ओबामाले राष्ट्रपति रहँदा श्रीमती मिशेल सबैकुरा उत्कृष्ट गर्ने कोसिसमा त ना व र दबाब महसुस गर्ने गरेको बताए ।

जब म राष्ट्रपति थिइन् हामीबीच सबैकुरा निकै सहज थिए, जब उनी लगातार हाँसिरहेकी हुन्थिन् र हामीबीचको प्रेममा कम दबाब थियो । तर जव राष्ट्रपति बनेँ त्यसपछि ती दिन नफर्कने हुन् कि भनेर मेरो मन ढुङ्गाले थिचिए जसरी भारी हुन्थे,’ उनले आफ्नो नयाँ किताबमा लेखेका छन् । कहिलेकाँही उनले आफ्नो भावना आफैंमा मात्रै सिमित राख्थिन्, मलाई कुनै समस्या नहोस् भनेर ।

‘हामीबीच त्यस्ता समय पनि आए जब मलाई उनी केही समस्यामा छन् जस्तो लाग्थ्यो तर म उनको समस्याका बारेमा जान्ने समय पाउँदिनथे । मेरो चिन्ताको विषय भने अफगानिस्तान र आर्थिक संकट हुने गर्दथ्यो,’ उनले पिपल म्यागजिनलाई भने । ‘त्यसैले उनी आफैंले यी कुरा दबाउने गर्थिन् ।’

तर हामीले अफिस छोडेपछि दुबैले रिल्याक्स गर्ने मौका पाएका छौं । ‘हामीले अफिस छोडेपछि मिशेल असाध्यै रिल्याक्स छिन् र निकै खुसी पनि,’ उनले थपे । यसले हामीलाई लामो विवाहपछिको हाम्रो गहिरो मायामा रमाउने मौका दिएको छ । हामीलाई पुनः साथी बन्न दिएको छ ।’ उनले अन्त्यमा भनेका छन्, ‘मैले मन्त्रीको पद सम्हाले मिशेलले मलाई छोडिदिनेछिन् ।’