Jagaran Nepal शुक्रबार, मंसिर ०५, २०७७

काठमाडौं । एक वडाध्यक्ष अर्कैकी पत्नी लिएर भागेका छन् । यसले स्थानीय जनप्रतिनिधिहरुको इज्जतमा नै दाग लागेको छ भने जनता निरास बनेका छन् । सल्यानको बन्गाडकुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष इन्द्र कुमाई दुई पत्नी हुँदाहुँदै अर्कैकी पत्नी लिएर भागेका हुन् ।

उनी गाउँकै गौरी बोहरालाई भगाएर फरार भएको प्रहरीले जानकारी दिएको छ । दुवैको खोजीका लागि सबै नाकाहरुमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले बताउनुभयो ।

उहाँका अनुसार यसअघिका पत्नीहरुले प्रहरीमा उजुरी दिएपछि बहुविवाहको मुद्दा अघि बढाउने तयारी गरिएको छ । ५२ वर्षीय वडाध्ययक्ष कुमाईकी पहिलो पत्नीबाट दुई छोरी र दोस्रोबाट दुई छोरा छन् ।

प्रतिकात्मक तस्विर