Jagaran Nepal शुक्रबार, मंसिर ०५, २०७७

काठमाडौं । भारतका चर्चित अभिनेताले बलिउड छाडेका छन् । बलिउड अभिनेता इमरान खानले अभिनय छोड्ने निर्णय लिएका हुन् । खानका नजिकका साथी तथा अभिनेता अक्षय ओबरोयले एक सञ्चारमाध्यमसँग कुरा गर्दै यो कुराको जानकारी दिएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिइरहेका छन् ।

सञ्चारमाध्यमहरुका अनुसार, ‘मेरो मिल्ने साथी इमरान खान अब कलाकार रहेनन् । उनले अभिनय छोडिदिएका छन् । उनी मेरो सबैभन्दा नजिकका साथी हुन् । म उसलाई बिहान चार बजेपनि फोनमा कुरा गरिरहेको हुन्छु । हामी एकअर्कालाई १८ वर्षदेखि चिन्दछौं ।’

इमरान अभिनेता आमिर खानका भान्जा हुन् । ‘देली बेली’ जस्तो फिल्ममा काम गरेका उनले यो फिल्मबाट निकै तारिफ पाएका थिए । लामो समयदेखि फिल्मी पर्दाबाट टाढिएका इमरानले ‘जाने तू या जाने न’बाट अभिनयको शुरुवात गरेका हुन । अभिनय छाडेर फिल्म निर्देशन गर्नसक्ने बताइएको छ ।