Jagaran Nepal शुक्रबार, मंसिर ०५, २०७७

सिरहा । २२ वर्षीया म’हिलालाई क’रणी ग’रेको भि’डियो बनाई बारम्बार नदिए भाइरल बनाउँने चे’तवानी दिएको अभियोगमा कल्याणपुर नगरपालिका–४ बस्ने २० वर्षीय अजय महरालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई सोही नगरपालिका–४ बस्ने २३ वर्षीय जितन रा’मले क’रणी ग’रेको भि’डियो अजयले खिचेको र सो भि’डियो देखाई ती महिलालाई बारम्बार सोही कार्य ग’रिरहने योजना बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कल्याणपुर सिरहाबाट खटिएको प्रहरीले अजयलाई पक्राउ गरेको हो । हाल फरार रामको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसैगरी राजधानी काठमाडौंमा २३ वर्षीया म’हिलालाई क’रणी ग’रेको खबर आएको छ । उक्त अभियोगमा अभियोगमा चन्द्रागिरी नगरपालिका–१४ नैकाप डेरा गरी बस्ने दोलखा भिमेश्वर नगरपालिका–१३ भएका ३८ वर्षीय बीर बहादुर मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । मगरले ती महि’लालाई क’रणी ग’रेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यता काठमाडौकै गोकणेश्वर नगरपालिका–८ शिवपुरी बस्ने ३९ वर्षीया खड्क कुमारी मगरको घरबाट नगद १ लाख ५० हजार रुपैयाँ र सुनका बिभिन्न गहना समेत गरी करिब १९ लाख ९५ हजार रुपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

उता झापाको बिर्तामोड नगरपालिका–६ बुट्टाबारी बस्ने ४९ वर्षीय रत्न दर्नाल बुधबार साँझ मृत अवस्थामा फेला परेका छन् । अर्जुनधारा नगरपालिका–१ मदनपुरस्थित बहिनीको घरमा तिहारको टिका लगाउन गई घुम्न जान्छु भन्दै निस्किएका उनी घर फिर्ता नआएपछि खोजी गर्ने क्रममा सोही ठाउँस्थित खेतको आलीमा लाश फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । स्रोत नेपाल प्रहरी