Jagaran Nepal शुक्रबार, मंसिर ०५, २०७७

काठमाडौं । भारतमा कोरोना संक्रमण भयावह बन्दै गइरहेको छ । यो बीचमा बलिउड अभिनेता सलमान खान पनि कोरोना संक्रमित भएको आशंका गरिएको छ । अभिनेता खान १४ दिनको लागि आइसोलसनमा बसेका छन् । वास्तवमा उनको निजी सवारी चालक अशोक कोरोना पोजिटिभ भएको पत्ता लागेपछि खान आइसोलेसनमा बसेका हुन् ।

यस बाहेक सलमान खानको घरमा काम गर्ने दुई कर्मचारी सदस्यहरू पनि संक्रमित भएका छन् । यी कुरालाई ध्यानमा राख्दै, सलमान खानले आफुलाई १४ दिनको लागि आइसोलेसनमा राख्ने निर्णय गरेका हुन् । सलमान खान मात्र होईन, सम्पूर्ण खान परिवार नै १४ दिनको लागि होम आइसोलेसनमा बसेका छन् ।

रिपोर्टका अनुसार सलमान खानका कर्मचारीहरूलाई मुम्बईको अस्पतालमा भर्ना गरिएको छ । यद्यपि सलमान खान र उनको परिवारबाट अहिलेसम्म कुनै बयान आएको छैन । अभिनेतासँग नजिकको एक स्रोतले सलमान खानले आफ्नो कर्मचारीको उत्तम उपचार सम्भव भएको सुनिश्चित गरेका छन् ।

सलमान खान र परिवारले हालै बुवा सलीम खान र आमा सल्मा खानको विवाह जयन्ती मनाउन आएका थिए । बुकिङ्ग र तयारीहरू भइसकेका थिए, तर कर्मचारीहरू कोरोना संक्रमित पाएको कारण बैवाहिक उत्सवहरू रोकिएको छ ।

तपाईंलाई जानकारी गराउँ सलमान खान यस हप्ता ‘बिग बोस–१४’ को एपिसोड शूट गर्न सक्षम हुन्छन् वा हुँदैनन् भन्ने कुरा खुलेको छैन । केही समय अगाडि सलमान खानले ‘राधेः एवर मोस्ट वान्टेड भाई’ फिल्मको शुटिङ्ग पूरा गरिसकेका छन । यस फिल्ममा उनी अभिनेत्री दिशा पाटनीसँग देखा पर्न लागेका छन् । यस बाहेक, ज्याकी श्रफ र रणदीप हुडाले मुख्य भुमिका निभाएका छन् ।