Jagaran Nepal बिहिबार, मंसिर ०४, २०७७

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) लाई लिएर विश्वका लागि एकदम खुःशीको खबर आएको छ । फार्मास्यूटिकल प्रमुख फाइजरले बुधबार अन्तिम विश्लेषण गर्दै कोभिड–१९ खोप ९५ प्रतिशत प्रभावकारी पाएको छ ।

कम्पनीले यो एक दिन भित्र आवश्यक अनुमोदनको लागि आवेदन दिने भएको छ । अनुमोदन पाउनासाथ उसले खोप विश्वभरी बेच्ने आधिकारीक निर्णय सुनाएको छ । अन्तिम विश्लेषण भन्दा केहि दिन अघि, औषधि कम्पनी फाइजरले यसको खोपको विश्लेषणले कोभिड–१९ लाई रोक्न ९० प्रतिशतसम्म प्रभावकारी हुन सक्ने देखाएको छ ।

यसले संकेत गर्छ कि खोप सम्बन्धी कम्पनीको परीक्षण राम्रो चलिरहेको छ । फाइजरलाई यस खोपका लागि अमेरिकी चुनिएका राष्ट्रपति जो बाइडेनलेबाटपनि बधाई पाए । यस अध्ययनमा अमेरिका र पाँच अन्य देशका करीव ४४,००० व्यक्तिहरू समावेश थिए ।

फाइजर र यसको जर्मन सहायक बायोनोटेक पनि कोभिड–१९ बाट बचाउन खोपहरू उत्पादन गर्ने दौडमा छन् । अर्को अमेरिकी कम्पनी मोडर्नाले पनि यो महिनाको नियामक फूड एन्ड ड्रग एडमिनिस्ट्रेशनमा आवेदन दिने सम्भावना रहेको बताएका छन।