Jagaran Nepal बिहिबार, मंसिर ०४, २०७७

काठमाडौं । चर्चित बलिउड अभिनेता शाहरुख खानको दर्शन पाउनका लागि विश्वभरका मान्छेहरु जे पनि गर्न पछि पर्दैनन् । बलिउडमा रोमान्स किङ्गको परिचय बनाएका खान करोडौंको मुटुको धडकनमा बसेका छन् । शाहरुख खानको मुम्बईको घर बाहिर लाग्ने भीड उनको लोकप्रियताको प्रमाण हो ।

अब यदि हामी तपाईंलाई भन्छौं कि तपाईं शाहरुखको घरमा बस्न सक्नुहुन्छ । सुन्दा अच्चम लागेको भए पनि यो समाचार नक्कली होईन, यो वास्तवमै हुँदैछ । शाहरुख खान र गौरी खानले एयरबिएनबको साथ मिलेर एक काम गरेका छन । एक प्रतिस्पर्धाको माध्यमबाट व्यक्तिहरू उनीहरूको घरमा बस्न सक्छन् । प्रतियोगिताका २ विजेताले दक्षिण दिल्लीको पञ्चशील पार्कमा रहेको शाहरुखको घरमा बस्न पाउनेछन् ।

यस प्याकेजमा विजेता शाहरुखको घरमा १३ फेब्रुअरी २०२१ मा रहनेछन् । इन्डिया टुडेको रिपोर्टका अनुसार यस प्रतियोगितामा भाग लिनको लागि तपाईले एक आवेदन फारम भर्नु पर्छ र १०० भन्दा कम शब्दमा भन्नुपर्दा उनीहरूको लागि परफेक्ट ‘ओपन आर्म वेलकम’ के हो ?

शाहरुख खानको दिल्ली घर गौरी आफैंले डिजाइन गरेकी हुन् । यो आफ्नै प्रकारको पहिलो प्रतिस्पर्धा हो, जब कुनै सेलिब्रटिले साधारण मानिसहरूलाई उनीहरूको घरमा बस्न मौका दिइरहेको हुन्छ ।

विजेताहरु लाई यो परिवारको मनपर्ने भाँडाहरु दिइनेछ, जुन पछि शाहरुखको मनपर्ने फिल्महरु देखाइनेछ । अतिथिहरूले यस परिवारबाट पर्सनलाइज्ड किपसेक्स पनि पाउने छन् । यस स्किमबारे थप जानकारीका लागि यहाँ थिच्नुहोला । विश्वभरबाट अनलाइन आवेदनका लागि यहाँ थिच्नुहोला ।