Jagaran Nepal मंगलबार, मंसिर ०२, २०७७

काठमाडौ । धेरैलाई सानै उमेरमा ढाड कम्बर दुख्ने समस्या छ । यसले धेरैलाई निक्कै नै समस्या बनाएको हुन्छ । आज हामी ढाड दुख्ने समस्या नै नआउँने वा आइहाले निको हुने समाधानका उपाय बताउँदैछौ । कपुरको प्रयोग पूजापाठको लागि धेरैले प्रयोग गर्ने गरेका छन् ।

यसलाई औषधिको रुपमा सहि तरिकाले प्रयोगमा ल्याउन सकिएमा विभिन्न बिरामीको उपचार सजिलै गर्न सकिन्छ । यदि कसैलाई दम रोगमा यो अचूक औषधि साबित हुनेछ ।

रुघा खोकी लागेमा त यो अचुक औषधी नै हो । एक भाग फुराएको हिङमा एक भाग कपुर मिसिएर केराउको दाना जत्रो गोली बनाउने र दुई–दुई गोली तातो पानीसँग बिहान–बेलुका सेवन गर्ने तथा तारपिनको तेल छातीमा लगाउनाले दम रोग केही महिनामा नै ठीक हुन्छ ।

यस्तै ढाड दुखेमा पनि यसले फाइदा गर्दछ । दुई पुरिया कपुरमा एउटा कागतीको रस मिसाएर मनतातो पारी दुखेको ठाँउमा लगाउनाले ठीक हुन्छ । यति मात्र हैन गाईको घिउमा कपुर फुराएर नियमित लगाउनाले ढाड दुख्ने समस्या कहिलै आउँदैन । यसको साथै कपुरको महत्वपूर्ण फाइदाको बारेमा आज हामी चर्चा गदैछौं ।

१, पुरानो खोकीमा : सूठो, पिप्ला र मरिच एक्एक भाग तथा ३ भाग कपुर पानी हालेर केराउको गेडा जत्रो गोली बनाउने एक्एक गोली दिनमा खिनमा तीन–चार पटक चुस्ने गरेमा पुरानो खोकी ठीक हुन्छ ।

२, खोकी लागेमा : साधारण खोकीमा कपुर बालेर धूवाँ सुँघ्नाले ठीक हुन्छ ।

३, आउँ बाथ भएमा : दुई चक्की कपुर र आधा चम्चा सूठो एक ग्लास पानीमा पकाएर खाने बेलामा खाने गरेमा जीर्ण, आउँ, बाथ सबै ठीक हुन्छ ।

४, पुरानो बाथमा : एक डाडु रायोको तेलमा एक चम्चा कपुर तताएर मालिस गर्दा पुरानो गठिया बाथ आदि ठीक हुन्छ ।

५, निद्रा नलाग्नेमा, मुर्छा पर्ने रोगमा : फुराएको हिङ एक भागमा कपुर एक भाग मिसाएर केराउ जत्रो गोली बनाएर दुई्दुई गोली तातोपानीसंग खाँदा निद्रा लाग्छ र उन्माद् मुर्छा पनि ठीक हुन्छ ।