Jagaran Nepal शुक्रबार, कार्तिक २८, २०७७

काठमाडौँ । मलेशियामा एक नेपाली महिलालाई प्रेमीले ज्यान लिएका छन् । ज्यान लिने ती प्रेमी पनि नेपाली नै रहेको मलेशियाको प्रहरीले जनाएको छ । ज्यान जाने युवतीको बे होस अवस्थामा भेटिएको स्थानीय प्रहरीले जानकारी दिएको छ । उनलाई उपचारको लागि अस्पताल पुर्याइएको थियो ।

मृतक महिला दार्जिलिङ भारतको भएपनि उनको राहधानी भने नेपाली रहेको बताइएको छ । उनको नाम आइतमाया मगर आरती रहेको छ । घटना मलेशियको केलाङ स्थित एक रेष्टुरेन्टमा भएको हो । ती युवती सोही रेष्टुरेन्टमा काम गर्ने गर्दै आएको खुलेको छ । ती युवक र युवतीबीच प्रेम सम्बन्ध रहेको त्यहाँ रहेका नेपालीहरुले बताएका छन् । बिगत लामो समयदेखि रेष्टुरेन्टमा काम गर्दै आइरहेकी आरती मगरको गणेश बहादुर कार्कीले ज्यान लिएको खुल्नमा आएको छ ।

उनिहरु बिच पुरानो प्रेमसम्बन्ध रहेको पनि चर्चा चलिरहेको छ । तर, कार्कीको उपचार भइरहेको कारण थप बिबरण भने आउन बाकि । कार्कीको नेपाल घर धनकुटा रहेको खुल्नमा आएको छ । सामान्य वि वाद बाट शुरु भएको त नाब अन्तत मृत्युमा परिणत भएको छ । उक्त नेपाली रेस्टुरेन्टमा प्राय निरन्तर ग्राहकको रुपमा आइरहने गणेशले ज्यान लिएका हुन् ।

अत्याधिक मापसे गरेको अवस्था रहेको नेपाली ग्राहकले के कति कारणले मगरको ज्यान लिए भन्ने बारे आधिकारिक पुष्टि हुन सकेको छैन। यद्दपी प्रतक्ष्यदर्शीका अनुसार दुवै जना प्रेम सम्बनधमा रहेका खुल्न आएको छ र यो घटनाको कारण पनि त्यहि हुन् सक्ने अनुमान रहेको श्रोतको भनाइ छ ।

मलेशियन प्रहरीले हाल मृतकको शब मुचुल्का उठाउने काम गरीरहेका छन् भने गणेश गर्ने ब्यक्ती बेहोसी अवस्थामै अस्पतालमा प्रहरीको निगरानीमा रहेको जानकारी प्राप्त भएको छ